संयुक्त युवा तथा विद्यार्थी मञ्च

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

संयुक्त युवा तथा विद्यार्थी मञ्च नेपालका राजनीतिक पार्टीहरु संग आबद्ध युवा तथा विद्यार्थी सङ्गठनहरुको साझा संजाल हो । यसले युवा तथा विद्यार्थीहरुको साझा मुद्धाहरुमाथी जागरणात्मक, अभियानात्मक र सचेतनात्मक अभियानहरु सञ्चालन गर्दै आइरहेको छ । २०६३ चैत्र २४ गते अनौपचारीक रुपमा स्थापना भएको यसले साझा युवा मुद्धा निर्माण गरी पहिलो संबिधानसभाको कार्यकालमा नै सभामुख सुभास नेम्वागंलाई बुभएको थियो । शैक्षिक बहसहरु सञ्चालन गर्ने, पर्यटन र कृषिको विकासमा युवाहरुको सहकार्यलाई अभियानको रुपमा लैजाने, युवा नेतृत्व विकासका निम्ति बिभिनन तालिमहरु सञ्चालन गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । महिला हिंसा बिरुद्धको अभियान, छाउपडि प्रथाको बिरुद्ध सचेतना कार्यक्रम, चेलीवेटी बेचविखन बिरुद्ध अन्तर्राष्टिर्य गोष्ठी, दाईजो प्रथा बिरुद्ध सचेतनामुलक अन्तरक्रिया कार्यक्रम तथा कचहरी नाटक प्रदर्शन, चुनावी हिंसा कम गर्न युवा तथा विद्यार्थीसङ्गठन हरु बिच देशव्यापीरुपमा अन्तरक्रिया, कचहरी नाटक तथा हिंसा नगर्ने प्रतिबद्धताले यसलाई देशव्यापी रुपमा चिनाएको छ ।