संयुक्त राज्य अमेरिकाको क्याबिनेट

संयुक्त राज्य अमेरिकाको क्याबिनेट संयुक्त राज्यका राष्ट्रपतिको प्रमुख आधिकारिक सल्लाहकार निकाय हो। क्याबिनेटले सामान्यतया ह्वाइट हाउसको वेस्ट विङमा रहेको ओभल अफिसको छेउमा रहेको कोठामा राष्ट्रपतिसँग भेट गर्छ। राष्ट्रपतिले बैठकको अध्यक्षता गर्छन् तर औपचारिक रूपमा क्याबिनेटको सदस्य हुँदैनन्। संयुक्त राज्यका उपराष्ट्रपतिले कानुन अनुसार क्याबिनेटमा सेवा गर्छन्। डिपार्टमेन्ट प्रमुखहरूको नियुक्ति राष्ट्रपतिद्वारा हुन्छ र सिनेटद्वारा अनुमोदन गरिन्छ। डिपार्टमेन्ट प्रमुखहरू क्याबिनेटका सदस्यहरू हुन्छन्, र कार्यवाहक डिपार्टमेन्ट प्रमुखहरू पनि सिनेटबाट अनुमोदित भएपनि वा नभएपनि क्याबिनेट बैठकहरूमा भाग लिन पाउँछन् । क्याबिनेटका सदस्यहरू राजनीतिक नियुक्ति हुन् र प्रशासनिक रूपमा आफ्ना डिपार्टमेन्टहरू सञ्चालन गर्छन्। संघीय एजेन्सीहरूको नेतृत्व गर्ने नियुक्त अधिकारीहरूको रूपमा, यी क्याबिनेट सेक्रेटरी हरू आफ्ना सम्बन्धित विभागहरूमा पूर्ण प्रशासनिक नियन्त्रण भएका अधिकारी हुन्। राष्ट्रपतिले अन्य निकायका प्रमुख र राष्ट्रपतिको कार्यकारी कार्यालयका सिनेटबाट अनुमोदन नभएका सदस्यहरूलाई क्याबिनेटको सदस्यको रूपमा तोक्न सक्नेछन्।
अनुमोदन प्रक्रिया
[सम्पादन गर्नुहोस्]कार्यकारी डिपार्टमेन्टका प्रमुखहरू र अन्य सबै संघीय एजेन्सीका प्रमुखहरूलाई राष्ट्रपतिद्वारा मनोनीत गरिन्छ र त्यसपछि साधारण बहुमतद्वारा अनुमोदन वा अस्वीकारको लागि सिनेटमा प्रस्तुत गरिन्छ । यदि स्वीकृत भएमा, तिनीहरूले आफ्नो आयोग स्क्रोल प्राप्त गर्छन्, शपथ ग्रहण गरी आफ्नो कर्तव्यहरू सुरु गर्छन्।
निर्वाचित उप-राष्ट्रपतिलाई सिनेट अनुमोदन आवश्यक पर्दैन। राष्ट्रपतिको कार्यकारी कार्यालयको नियुक्त कर्मचारी पद ह्वाइट हाउस चीफ अफ स्टाफलाई पनि सिनेट अनुमोदन आवश्यक पर्दैन।
कार्यालय | समकक्षी | अनुमोदन गर्ने सिनेट कमिटी |
---|---|---|
सेक्रेटरी अफ स्टेट | विदेश मन्त्री | Foreign Relations Committee |
सेक्रेटरी अफ द ट्रेजरी | अर्थमन्त्री वित्तमन्त्री | Finance Committee |
सेक्रेटरी अफ डिफेन्स | रक्षा मन्त्री | Armed Services Committee |
एटर्नी जनरल | महान्यायवादी
महान्यायाधिवक्ता |
Judiciary Committee |
सेक्रेटरी अफ द इन्टेरिअर | गृहमन्त्री | Energy and Natural Resources Committee |
सेक्रेटरी अफ अग्रिकल्चर | Agriculture, Nutrition, and Forestry Committee | |
सेक्रेटरी अफ कमर्स | Commerce, Science, and Transportation Committee | |
सेक्रेटरी अफ लेबर | Health, Education, Labor, and Pensions Committee | |
सेक्रेटरी अफ हेल्थ एन्ड ह्युमन सर्भिस | Finance Committee (official) Health, Education, Labor, and Pensions Committee (consult) | |
सेक्रेटरी अफ हाउजिङ एन्ड अर्बान डेभलपमेन्ट | Banking, Housing, and Urban Affairs Committee | |
सेक्रेटरी अफ ट्रान्सपोर्टेसन | Commerce, Science, and Transportation Committee | |
सेक्रेटरी अफ इनर्जी | Energy and Natural Resources Committee | |
सेक्रेटरी अफ एजुकेसन | Health, Education, Labor, and Pensions Committee | |
सेक्रेटरी अफ भेट्रान अफेयर्स | Veterans Affairs Committee | |
सेक्रेटरी अफ होमल्यान्ड सेकुरिटी | Homeland Security and Governmental Affairs Committee | |
ट्रेड रेप्रिजेन्टेटिब्स | Finance Committee | |
डाइरेक्टर अफ नेसनल इन्टिलिजेन्स | Select Committee on Intelligence | |
डाइरेक्टर अफ द अफिस अफ म्यानेजामएन्ट एन्ड बजेट | Budget Committee Homeland Security and Governmental Affairs Committee | |
डाइरेक्टर अफ द अफिस अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसी | Commerce, Science, and Transportation Committee | |
एड्मिनिस्ट्रेटर अफ द Environmental Protection Agency | Environment and Public Works Committee | |
एड्मिनिस्ट्रेटर अफ द Small Business Administration | Small Business and Entrepreneurship Committee |
नाम परिवर्तन भएका डिपार्टमेन्ट
[सम्पादन गर्नुहोस्]- सेक्रेटरी अफ फरेन अफेयर्स: १७८१ मा सिर्जना भएको र १७८९ मा सेक्रेटरी अफ स्टेट बनाइयो [१]
- सेक्रेटरी अफ वार :१७८९ मा सिर्जना गरिएको , १९४७ मा सेक्रेटरी अफ आर्मी बनाइयो र १९४९ मा सेक्रेटरी अफ डिफेन्स बन्यो
- सेक्रेटरी अफ कमर्स एन्ड लेबर: १९०३ मा सिर्जना भएको १९१३ मा सेक्रेटरी अफ कमर्स र सेक्रेटरी अफ लेबर गरी अलग गरियो ।
- सेक्रेटरी अफ हेल्ड एजुकेसन, एन्ड वेलफेयर: १९५३ मा सिर्जना गरिएको, १९७९ मा सेक्रेटरी अफ हेल्थ एन्ड ह्युमन सर्भिस र सेक्रेटरी अफ एजुकेसन गरी अलग गरियो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The office of Secretary of Foreign Affairs existed under the Articles of Confederation from October 20, 1781, to March 3, 1789, the day before the Constitution came into force.