संयुक्त राष्ट्रसंघका महासचिव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संयुक्त राष्ट्रसंघको महासचिव
Emblem of the United Nations.svg
António Guterres November 2016.jpg
बहालवाला
पोर्चुगल एन्टोनियो गुट्रेस
१ जनवरी २०१७ देखि
निवाससटन प्लेस, म्यानह्याटन, न्यू योर्क,संयुक्त राज्य अमेरिका
मनोनयनकर्तासंयुक्त राष्ट्र सुरक्षा परिषद
नियुक्तिकर्तासंयुक्त राष्ट्र महासभा
अवधिपाँच वर्ष
प्रथम पदाधिकारी
गठनसंयुक्त राष्ट्र सङ्घ बडापत्र, २६ जुन १९४५
वेबसाइटआधिकारिक वेबसाइट

महासचिव संयुक्त राष्ट्रसंघको सबैभन्दा प्रमुख अधिकारी हुन्छ । यसको नियुक्ति सुरक्षा परिषदको सिफारिसमा महासभाद्वारा ५ वर्षको लागि गरिन्छ । महासचिव पुन: अथवा दोश्रो पटक पनि निर्वाचित हुन सक्दछ । संयुक्त राष्ट्रसंघ अधिकारपत्रको अनुसार, महासचिवले आफ्नै रोहवारमा आफ्नो सहयोगी दक्ष, योग्य र सत्यपरायण कर्मचारीको अन्तर्राष्ट्रिय समूह बनाउँछ । संयुक्त राष्ट्रसंघको वर्तमान महासचिव एन्टोनियो गुटेरेस हुन् । उनी पोर्चुगलका हुन्, उनले आफ्नो पदको जिम्मेवारी १ जनवरी २०१७ देखि सम्हाल्दै आएका छन् । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ ।

कुन क्षेत्रबाट कति महासचिब[सम्पादन गर्नुहोस्]

संयुक्त राष्ट्र क्षेत्रीय सङ्गठन महासचिब नियम
दक्षिणी युरोप र अन्य
पूर्वी युरोपियन समुह
ल्याटिन अमेरिका र क्यारिबियन समुह
एसिया-प्रशान्त समुह
अफ्रिकन समुह
कुन क्षेत्रबाट महासचिबहरु भएका छन्

संयुक्त राष्ट्र संघका महासचिब[सम्पादन गर्नुहोस्]

क्रम संख्या चित्र महासचिब पदमा बहाल मिति देश संयुक्त राष्ट्रिय क्षेत्रीय सङ्घ पद त्याग गर्नुका कारण सन्दर्भ
Sr. Gladwyn Jebb.jpg ग्ल्याडवाइन जेव २४ अक्टोबर १९४५ देखि
१ फेब्रुअरी १९४६
 संयुक्त अधिराज्य दक्षिणी युरोप र अन्य नयाँ महासचिबको निर्वाचन सम्म पदमा बहाल [१]
दोश्रो विश्व युद्ध पश्चात अगस्त १९४५ मा उनलाई नयाँ संयुक्त राष्ट्र को गठन गर्नका लागि तैयारी समितिको कार्यवाहक सचिव नियुक्त गरियो । अक्टोबर १९४५ देखि फेब्रुअरी १९४६ सम्म वहाँले संयुक्त राष्ट्र संघको कार्यवाहक महासचिवको रूपमा कार्य सम्भाल्नु भएको थियो ।
Trygve Lie.jpg ट्रेग्भी लाई २ फेब्रुअरी १९४६ देखि
१० नोभेम्बर १९५२
 नर्वे दक्षिणी युरोप र अन्य राजिनामा [२]
ट्रेग्भी लाई विदेश मंत्री र भुतपूर्व श्रमिक नेता थिए, वहाँले सोभियत संघको रिक्त पदलाई भर्ने सिफारिस गर्नुभएको थियो । कोरियाई युद्ध मा संयुक्त राष्ट्र को भागिदारी पश्चात, सन् १९५१ मा सोभियत संघले ट्रेग्भी लाईको पुनर्नियुक्तिमा भिटोको प्रयोग गर्यो । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रको महासभामा ट्रिग्वे लीको पुनर्नियुक्तिको पक्षमा भोट हाल्यो त्यसको काराण ट्रेग्भी लाई ५ का बिरुद्ध ४५ मतले विजयी भए र महासचिवको पदमा पुनर्नियुक्त भए । सोभियत संघको लगातार अनबनका कारण वहाँले सन् १९५२ मा आफ्नो पदबाट राजिनामा दिए ।[३]
rowspan="2" ड्याग ह्यामरसोल्ड १० अप्रिल १९५३ देखि
१८ सेप्टेम्बर १९६१
 स्विडेन दक्षिणी युरोप र अन्य हवाईजहाज दुर्घटनामा मृत्यु उत्तरी रोडेसिया (अहिले जाम्बिया), कंगो शान्ति अभियानमा जाने क्रममा [४]
उम्मेदवारहरूको एउटा लामो शृङ्खला पछि जब कुनै पनि प्रतिनिधिको टुंगो लाग्न सकेन त्यस समयमा संयुक्त राष्ट्र सुरक्षा परिषद द्वारा ड्याग ह्यामरसोल्डलाई विकल्पको रूपमा महासचिब नियुक्त गरिएको थियो , तर पछि उनी सन् १९५७ मा निर्विरोध महासचिबमा नियुक्त भए । सोभियत सङ्घ वहाँकै नेतृत्वमा कंगो समस्या निराकरण गर्ने समयमा रिसाएको थियो र वहाँलाई सुझाव दिएको थियो कि यस समस्यालाई सुल्झाउन त्रिकोणीय उम्मेदवारको गठन गरिनुपर्छ । यसको बिरोध पश्चिमी देशले गर्दा सोभियत संघले यस सुझावलाई मन्जुरी दिएको थियो । ड्याग ह्यामरसोल्डको मृत्यु हवाई दुर्घटनामा भएको थियो जति बेला वहाँ कंगो मा शान्ति अभियानमा लागि अरेका थिए ।[३] संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोन एफ क्यानेडी ले ड्याग ह्यामरसोल्ड "शताब्दि पुरुष" भनेका थिए ।[५]
U Thaant.jpg यु थाँट ३० नोभेम्बर १९६१ देखि
३१ डिसेम्बर १९७१
 बर्मा एसियाली तेश्रो चुनावमा उम्मेदवार नहुने घोषणा [६]
ड्याग ह्यामरसोल्डको स्थानमा नयाँ महासचिवको नियुक्तिको लागि सबैभान्दा बढी जोर गैर यूरोपीयन र गैर अमेरिकनलाई हटाएर विकासशिल देशहरूको प्रतिनिधि माथि थियो । त्यसको फलस्वरूप यु थाँट महासचिब पदमा निर्वाचित भए । यु थाँट मात्रै ड्याग ह्यामरसोल्ड को स्थानमा नयाँ महासचिब मात्रै नभएर वहाँ महासचिब पदमा नियुक्त हुने पहिलो एसियाली महासचिब पनि हुन् भएको थियो । पाँच वर्ष उनको कार्यकाल सकिए पश्चात उनलाई पुन: सर्वसम्मतिमा महासचिब बनाइयो । यसै प्रकार वहाँ सन् १९६६ मा पुन: दोश्रो कार्यकालको लागि निर्वाचित भए ।[३]
Bundesarchiv Bild 183-M0921-014, Beglaubigungsschreiben DDR-Vertreter in UNO new.png कर्ट वॉल्डहाइम १ जनवरी १९७२ देखि
३१ डिसेम्बर १९८१
 अस्ट्रिया दक्षिणी युरोप र अन्य चीनले तेश्रो पटक निर्वाचनमा भाग लिंदा भिटोको प्रयोग गर्यो [७]
कर्ट वॉल्डहाइम महासचिव बन्नका लागि एउटा प्रभावाशाली तर विचारशाली अभियानको सुरुवात गर्नु भयो । तेश्रो चरणमा चाइना तथा संयुक्त अधिराज्यको प्रारम्भिक भिटो प्रयोग गरेपनि वहाँ महासचिब बनेका थिए । सन् १९७६ मा चाइनाले वहाँको प्रतिनियुक्तिको विरोध गरेको थियो,तर दोश्रो चरणको मत पत्रको कारण चाइना शान्त भएको थियो । सन् १९८० मा वहाँको तेश्रो कार्यकालको चुनावमा चाइनाले पुन: भिटोको प्रयोग गर्यो र त्यसको फलस्वरूप: वहाँ निर्वाचित हुन सक्नुभएन ।[३]
Javier Pérez de Cuéllar (1982).jpg ज्याभियर पेरिज डी कुईलर १ जनवरी १९८२ देखि
३१ डिसेम्बर १९९१
 पेरु ल्याटिन अमेरिका र क्यारिबियन तेश्रो कार्याकालको लागि अस्विकार [८]
पाँच हफ्ताको लगातार चुनावी गतिरोध पछि तान्जानियाको सलीम अहमद सलीम को बिरुद्ध जेवियर पेरिज डी कुईलर निर्वाचित भएका थिए । जेवियर पेरिज डी कुईलर यस पदमा निर्वाचित हुने पहिलो अमेरिकन महादेशको निवासी थिए । वहाँ सन् १९८६ मा पुन: चुनिएका थिए ।[३]
Naelachohanboutrosghali-2.jpg बुत्रोस बुत्रोस-घाली १ जनवरी १९९२ देखि
३१ डिसेम्बर १९९६
 मिश्र अफ्रिकन संयुक्त राज्य अमेरिकाले वहाँको दोश्रो कार्यकालमा भिटोको प्रयोग गरेको थियो [९]
"गुटनिरपेक्ष आन्दोलन" मा १०२ राष्ट्रको सदस्यले अघिल्लो महासचिब अफ्रिकाबाट हुनुपर्छ भने मत जाहेर गरे । महासभामामा बहुमतका कारण तथा चाइनाको समर्थनको फलस्वरूप गुटनिरपेक्ष आन्दोलनसँग आबद्ध रहेका सदस्य राष्ट्रले अने कुनै पनि बिपक्षी उम्मेदवारलाई उठ्न नदिन पर्याप्त भोट थियो । सुरक्षा परिषदद्वारा गरिएको जनमत संग्रहमा पाँच वटा नाम नखोलिएको भोट संगै बुत्रोस बुत्रोस-घाली ११ मतले बिजयी भए । सन् १९९६ मा संयुक्त राज्य अमेरिकाले बुत्रोस बुत्रोस-घालीको पुनर्नियुक्तिको बिरुद्ध भिटोको प्रयोग गर्यो र भन्यो कि वहाँले संयुक्त राष्ट्रका लागि आवश्यक सुधार लागु गर्न विफल रहे ।[३]
Kofi Annan.jpg कोफी अन्नान १ जनवरी १९९७ देखि
३१ डिसेम्बर २००६
 घाना अफ्रिकन दुई कार्यकाल पश्चात राजिनामा [१०]
सन् १९९६ डिसेम्बर १३ का दिन संयुक्त राष्ट्र सुरक्षा परिषदले कोफी अन्नानको नाम सिफारिश गर्यो जसले गर्दा वहाँलाई पुर्व महासचिव डा बुत्रोस बुत्रोस-घालीलप स्थान लिन सकोस । बुत्रोस बुत्रोस-घालीलाई दोश्रो कार्यकालमा संयुक्त राज्य अमेरिकाको भिटोको सामना गर्नु परेको थियो । चार दिन पश्चात महासभाको चुनावमा वहाँले आफ्नो पहिलो कार्यकाल १ जनवरी १९९७ देखि सुभारम्भ गर्नुभयो ।[[११][१२][१३]
Ban Ki-moon by UNDP.jpg वान कि मुन १ जनवरी २००७ देखि
३१ डिसेम्बर २०१६
 दक्षिण कोरिया एसिया-प्रशान्त दुई कार्यकाल [१४]
वान कि मुन संयुक्त राष्ट्रको आठौँ महासचिव हुन् । सन् २००६ अक्टोबर १३ मा वहाँ संयुक्त राष्ट्र महासभाद्वारा आठौँ महासचिव चुनिएका थिए । वहाँको कार्यकालको एक अवधि सकिए पश्चात वहाँ पुन: सन् २०११ मा आगामी अवधिका लागि चुनिए । महासचिब बन्नु भन्दा पुर्व वहाँ दक्षिण कोरियाका विदेश मामिलाका मंत्रालयमा एउटा राजनयिक हुनुहुन्थे । वहाँ जनवरी २००४ देखि नोभेम्बर २००६ सम्म कोरिया गणराज्यका विदेश मंत्री थिए ।[१५]
António Guterres November 2016.jpg एन्टोनियो गुटेरेस
(born 1949)
Assinatura António Guterres.svg
१ जनवरी २०१७ –
हालसम्म
 पोर्चुगल पश्चिम युरोप तथा अन्य पदासिन
गुट्रेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीका रूपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रूपमा कार्यरत रहेका थिए ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Stout, David (२६ अक्टोबर १९९६), "Lord Gladwyn Is Dead at 96; Briton Helped Found the UN", NY Times, अन्तिम पहुँच ३१ अक्टोबर २००८ 
  2. The United Nations: Trygve Haldvan Lie (Norway). Accessed 13 December 2006.
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ "An Historical Overview on the Selection of United Nations Secretaries-General", UNA-USA, मूलबाट २५ अक्टोबर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० सेप्टेम्बर २००७ 
  4. The United Nations: Dag Hammarskjöld (Sweden). Accessed 13 December 2006.
  5. Linnér, S. (2007). Dag Hammarskjöld and the Congo crisis, 1960–61. Page 28. Uppsala University. (22 July 2008).
  6. United Nations: U Thant (Myanmar). Accessed 13 December 2006.
  7. The United Nations: Kurt Waldheim (Austria). Accessed 13 December 2006.
  8. The United Nations: Javier Pérez de Cuéllar (Peru). Accessed 13 December 2006.
  9. The United Nations: Boutros Boutros-Ghali (Egypt). Accessed 13 December 2006.
  10. The United Nations: The Biography of Kofi A. Annan. Accessed 13 December 2006.
  11. "Kofi Annan of Ghana recommended by Security Council for appointment as Secretary-General of United Nations" (प्रेस विज्ञप्ति), United Nations, १३ डिसेम्बर १९९६, अन्तिम पहुँच २००६-१२-१२ 
  12. Traub, James (२००६), The Best Intentions, New York: Farrar, Straus and Giroux, पृ: 66–67, आइएसबिएन 978-0-374-18220-5 
  13. "General Assembly appoints Kofi Annan of Ghana as seventh Secretary-General" (प्रेस विज्ञप्ति), United Nations, १७ डिसेम्बर १९९६, अन्तिम पहुँच २००६-१२-१२ 
  14. "Ban Ki-moon is sworn in as next Secretary-General of the United Nations", United Nations। 
  15. "Ban Ki-moon gets second term as UN chief", Globe and Mail, २२ जुन २०११, मूलबाट २३ जुन २०११-मा सङ्ग्रहित।