संयुक्त राष्ट्रसंघका महासचिव
नेपाली विकिपीडियाबाट
| संयुक्त राष्ट्रसंघको महासचिव | |
|---|---|
| निवास | सटन प्लेस, म्यानह्याटन, न्यू योर्क,संयुक्त राज्य अमेरिका |
| पदावधी | पाँच बर्ष |
| सुरुवाती बहालवाला |
|
| स्थापना | संयुक्त राष्ट्र संघ बडापत्र, २६ जुन १९४५ |
| वेबसाइट | आधिकारिक वेबसाइट |
महासचिव संयुक्त राष्ट्रसंघको सबैभन्दा प्रमुख अधिकारी हुन्छ । यसको नियुक्ति सुरक्षा परिषदको सिफारिसमा महासभाद्वारा ५ बर्षको लागि गरिन्छ । महासचिव पुन: अथवा दोश्रो पटक पनि निर्वाचित हुन सक्दछ । संयुक्त राष्ट्रसंघ अधिकारपत्रको अनुसार, महासचिवले आफ्नै रोहवारमा आफ्नो सहयोगी दक्ष, योग्य र सत्यपरायण कर्मचारीको अन्तर्राष्ट्रिय समूह बनाउँछ । संयुक्त राष्ट्रसंघको वर्तमान महासचिव बान कि मुन हुन् । उनी दक्षिण कोरियाका हुन्, उनले आफ्नो पदको जिम्मेवारी १ जनवरी २००७ देखि सम्हाल्दै आएका छन् । ३१ डिसेम्बर २०११ मा उनको पहिलो कार्यकाल सकियो । पुन सन् २०११ मा वहाँलाई फेरी यस पदमा निर्वाचित गरेर पदमा बहाल गरियो ।
कुन क्षेत्रबाट कति महासचिब[सम्पादन गर्ने]
| संयुक्त राष्ट्र क्षेत्रीय संगठन | महासचिब | नियम |
|---|---|---|
| दक्षिणी युरोप र अन्य | ४ | ७ |
| पूर्वी युरोपियन समुह | ० | ० |
| ल्याटिन अमेरिका र क्यारिबियन समुह | १ | २ |
| एसिया-प्रशान्त समुह | २ | ४ |
| अफ्रिकन समुह | २ | ३ |
संयुक्त राष्ट्र संघका महासचिब[सम्पादन गर्ने]
| क्रम संख्या | चित्र | महासचिब | पदमा बहाल मिति | देश | संयुक्त राष्ट्रिय क्षेत्रीय संघ | पद त्याग गर्नुका कारण | सन्दर्भ |
|---|---|---|---|---|---|---|---|
|
|
ग्ल्याडवाइन जेव | २४ अक्टोबर १९४५ देखि १ फेब्रुअरी १९४६ |
दक्षिणी युरोप र अन्य | नयाँ महासचिबको निर्वाचन सम्म पदमा बहाल | [१] | ||
| दोश्रो विश्व युद्ध पश्चात अगस्त १९४५ मा उनलाई नयाँ संयुक्त राष्ट्र को गठन गर्नका लागि तैयारी समितिको कार्यवाहक सचिव नियुक्त गरियो । अक्टोबर १९४५ देखि फेब्रुअरी १९४६ सम्म वहाँले संयुक्त राष्ट्र संघको कार्यवाहक महासचिवको रुपमा कार्य सम्भाल्नु भएको थियो । | |||||||
|
|
ट्रेग्भी लाई | २ फेब्रुअरी १९४६ देखि १० नोभेम्बर १९५२ |
दक्षिणी युरोप र अन्य | राजिनामा | [२] | ||
| ट्रेग्भी लाई विदेश मंत्री र भुतपूर्व श्रमिक नेता थिए, वहाँले सोभियत संघको रिक्त पदलाई भर्ने सिफारिस गर्नुभएको थियो । कोरियाई युद्ध मा संयुक्त राष्ट्र को भागिदारी पश्चात, सन् १९५१ मा सोभियत संघले ट्रेग्भी लाईको पुनर्नियुक्तिमा भिटोको प्रयोग गर्यो । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रको महासभामा ट्रिग्वे लीको पुनर्नियुक्तिको पक्षमा भोट हाल्यो त्यसको काराण ट्रेग्भी लाई ५ का बिरुद्ध ४५ मतले विजयी भए र महासचिवको पदमा पुनर्नियुक्त भए । सोभियत संघको लगातार अनबनका कारण वहाँले सन् १९५२ मा आफ्नो पदबाट राजिनामा दिए ।[३] | |||||||
|
|
rowspan="2" | ड्याग ह्यामरसोल्ड | १० अप्रिल १९५३ देखि १८ सेप्टेम्बर १९६१ |
दक्षिणी युरोप र अन्य | हवाईजहाज दुर्घटनामा मृत्यु उत्तरी रोडेसिया (अहिले जाम्बिया), कंगो शान्ति अभियानमा जाने क्रममा | [४] | |
| उम्मेदवारहरुको एउटा लामो शृंखला पछि जब कुनै पनि प्रतिनिधिको टुंगो लाग्न सकेन त्यस समयमा संयुक्त राष्ट्र सुरक्षा परिषद द्वारा ड्याग ह्यामरसोल्डलाई विकल्पको रुपमा महासचिब नियुक्त गरिएको थियो , तर पछि उनी सन् १९५७ मा निर्विरोध महासचिबमा नियुक्त भए । सोभियत संघ वहाँकै नेतृत्वमा कंगो समस्या निराकरण गर्ने समयमा रिसाएको थियो र वहाँलाई सुझाव दिएको थियो कि यस समस्यालाई सुल्झाउन त्रिकोणीय उम्मेदवारको गठन गरिनुपर्छ । यसको बिरोध पश्चिमी देशले गर्दा सोभियत संघले यस सुझावलाई मन्जुरी दिएको थियो । ड्याग ह्यामरसोल्डको मृत्यु हवाई दुर्घटनामा भएको थियो जति बेला वहाँ कंगो मा शान्ति अभियानमा लागि अरेका थिए ।[३] संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोन एफ क्यानेडी ले ड्याग ह्यामरसोल्ड "शताब्दि पुरुष" भनेका थिए ।[५] | |||||||
|
|
यु थाँट | ३० नोभेम्बर १९६१ देखि ३१ डिसेम्बर १९७१ |
एसियाली | तेश्रो चुनावमा उम्मेदवार नहुने घोषणा | [६] | ||
| ड्याग ह्यामरसोल्डको स्थानमा नयाँ महासचिवको नियुक्तिको लागि सबैभान्दा बढी जोर गैर यूरोपीयन र गैर अमेरिकनलाई हटाएर विकासशिल देशहरुको प्रतिनिधि माथि थियो । त्यसको फलस्वरूप यु थाँट महासचिब पदमा निर्वाचित भए । यु थाँट मात्रै ड्याग ह्यामरसोल्ड को स्थानमा नयाँ महासचिब मात्रै नभएर वहाँ महासचिब पदमा नियुक्त हुने पहिलो एसियाली महासचिब पनि हुन् भएको थियो । पाँच बर्ष उनको कार्यकाल सकिए पश्चात उनलाई पुन: सर्वसम्मतिमा महासचिब बनाइयो । यसै प्रकार वहाँ सन् १९६६ मा पुन: दोश्रो कार्यकालको लागि निर्वाचित भए ।[३] | |||||||
|
|
कर्ट वॉल्डहाइम | १ जनवरी १९७२ देखि ३१ डिसेम्बर १९८१ |
दक्षिणी युरोप र अन्य | चाइनाले तेश्रो पटक निर्वाचनमा भाग लिंदा भिटोको प्रयोग गर्यो | [७] | ||
| कर्ट वॉल्डहाइम महासचिव बन्नका लागि एउटा प्रभावाशाली तर बिचारशाली अभियानको सुरुवात गर्नु भयो । तेश्रो चरणमा चाइना तथा संयुक्त अधिराज्यको प्रारम्भिक भिटो प्रयोग गरेपनि वहाँ महासचिब बनेका थिए । सन् १९७६ मा चाइनाले वहाँको प्रतिनियुक्तिको विरोध गरेको थियो,तर दोश्रो चरणको मत पत्रको कारण चाइना शान्त भएको थियो । सन् १९८० मा वहाँको तेश्रो कार्यकालको चुनावमा चाइनाले पुन: भिटोको प्रयोग गर्यो र त्यसको फलस्वरूप: वहाँ निर्वाचित हुन सक्नुभएन ।[३] | |||||||
|
|
ज्याभियर पेरिज डी कुईलर | १ जनवरी १९८२ देखि ३१ डिसेम्बर १९९१ |
ल्याटिन अमेरिका र क्यारिबियन | तेश्रो कार्याकालको लागि अस्विकार | [८] | ||
| पाँच हफ्ताको लगातार चुनावी गतिरोध पछि तान्जानियाको सलीम अहमद सलीम को बिरुद्ध जेवियर पेरिज डी कुईलर निर्वाचित भएका थिए । जेवियर पेरिज डी कुईलर यस पदमा निर्वाचित हुने पहिलो अमेरिकन महादेशको निवासी थिए । वहाँ सन् १९८६ मा पुन: चुनिएका थिए ।[३] | |||||||
|
|
बुत्रोस बुत्रोस-घाली | १ जनवरी १९९२ देखि ३१ डिसेम्बर १९९६ |
अफ्रिकन | संयुक्त राज्य अमेरिकाले वहाँको दोश्रो कार्यकालमा भिटोको प्रयोग गरेको थियो | [९] | ||
| "गुटनिरपेक्ष आंदोलन" मा १०२ राष्ट्रको सदस्यले अघिल्लो महासचिब अफ्रिका बाट हुनुपर्छ भने मत जाहेर गरे । महासभामामा बहुमतका कारण तथा चाइनाको समर्थनको फलस्वरूप गुटनिरपेक्ष आंदोलनसँग आबद्ध रहेका सदस्य राष्ट्रले अने कुनै पनि बिपक्षी उम्मेदवारलाई उठ्न नदिन पर्याप्त भोट थियो । सुरक्षा परिषदद्वारा गरिएको जनमत संग्रहमा पाँच वटा नाम नखोलिएको भोट संगै बुत्रोस बुत्रोस-घाली ११ मतले बिजयी भए । सन् १९९६ मा संयुक्त राज्य अमेरिकाले बुत्रोस बुत्रोस-घालीको पुनर्नियुक्तिको बिरुद्ध भिटोको प्रयोग गर्यो र भन्यो कि वहाँले संयुक्त राष्ट्रका लागि आवश्यक सुधार लागु गर्न विफल रहे ।[३] | |||||||
|
|
कोफी अन्नान | १ जनवरी १९९७ देखि ३१ डिसेम्बर २००६ |
अफ्रिकन | दुई कार्यकाल पश्चात राजिनामा | [१०] | ||
| सन् १९९६ डिसेम्बर १३ का दिन संयुक्त राष्ट्र सुरक्षा परिषदले कोफी अन्नानको नाम सिफारिश गर्यो जसले गर्दा वहाँलाई पुर्व महासचिव डॉ॰बुत्रोस बुत्रोस-घालीलप स्थान लिन सकोस । बुत्रोस बुत्रोस-घालीलाई दोश्रो कार्यकालमा संयुक्त राज्य अमेरिकाको भिटोको सामना गर्नु परेको थियो । चार दिन पश्चात महासभाको चुनावमा वहाँले आफ्नो पहिलो कार्यकाल १ जनवरी १९९७ देखि सुभारम्भ गर्नुभयो ।[[११][१२][१३] | |||||||
|
|
वान कि मुन | १ जनवरी २००७ देखि हाल सम्म |
एसिया-प्रशान्त | पदासिन | [१४] | ||
| वान कि मुन संयुक्त राष्ट्रको आठौँ तथा वर्तमान महासचिव हुनुहुन्छ । सन् २००६ अक्टोबर १३ मा वहाँ संयुक्त राष्ट्र महासभाद्वारा आठौँ महासचिव चुनिएका थिए । वहाँको कार्यकालको एक अवधि सकिए पश्चात वहाँ पुन: सन् २०११ मा आगामी अवधिका लागि चुनिए । महासचिब बन्नु भन्दा पुर्व वहाँ दक्षिण कोरियाका विदेश मामिलाका मंत्रालयमा एउटा राजनयिक हुनुहुन्थे । वहाँ जनवरी २००४ देखि नोभेम्बर २००६ सम्म कोरिया गणराज्यका विदेश मंत्री थिए ।[१५] | |||||||
संदर्भ[सम्पादन गर्ने]
- ↑ Stout, David. "Lord Gladwyn Is Dead at 96; Briton Helped Found the UN", NY Times, 26 October 1996. अन्तिम पहुँच मिति:31 October 2008.
- ↑ The United Nations: Trygve Haldvan Lie (Norway). Accessed 13 December 2006.
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ "An Historical Overview on the Selection of United Nations Secretaries-General". UNA-USA. Archived from the original on 25 October 2007. पहुँच मिति 30 September 2007.
- ↑ The United Nations: Dag Hammarskjöld (Sweden). Accessed 13 December 2006.
- ↑ Linnér, S. (2007). Dag Hammarskjöld and the Congo crisis, 1960–61. Page 28. Uppsala University. (22 July 2008).
- ↑ United Nations: U Thant (Myanmar). Accessed 13 December 2006.
- ↑ The United Nations: Kurt Waldheim (Austria). Accessed 13 December 2006.
- ↑ The United Nations: Javier Pérez de Cuéllar (Peru). Accessed 13 December 2006.
- ↑ The United Nations: Boutros Boutros-Ghali (Egypt). Accessed 13 December 2006.
- ↑ The United Nations: The Biography of Kofi A. Annan. Accessed 13 December 2006.
- ↑ United Nations (13 December 1996), Kofi Annan of Ghana recommended by Security Council for appointment as Secretary-General of United Nations, प्रेस रिलीज़, <http://www.un.org/News/Press/docs/1996/19961213.bio3051.html>. Retrieved on १२ डिसेम्बर २००६
- ↑ Traub, James (2006), The Best Intentions, New York: Farrar, Straus and Giroux, pp. 66–67, ISBN 978-0-374-18220-5, <http://books.google.com/books?id=chP1YnYFTKYC>
- ↑ United Nations (17 December 1996), General Assembly appoints Kofi Annan of Ghana as seventh Secretary-General, प्रेस रिलीज़, <http://www.un.org/News/Press/docs/1996/19961217.ga9208.html>. Retrieved on १२ डिसेम्बर २००६
- ↑ "Ban Ki-moon is sworn in as next Secretary-General of the United Nations". United Nations.
- ↑ "Ban Ki-moon gets second term as UN chief", Globe and Mail, 22 June 2011.
| विकिमिडिया कमन्समा अरु धेरै सामग्रीहरू छन्: United Nations Secretary-General |