संयुक्त राष्ट्र संघ
संयुक्त राष्ट्र संघ الأمم المتحدة 聯合國 Organisation des Nations Unies Организация Объединённых Наций Organización de las Naciones Unidas |
||||||
|---|---|---|---|---|---|---|
|
||||||
| संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू
|
||||||
| मुख्यालय | अन्तर्राष्ट्रिय क्षेत्र, न्यू योर्क | |||||
| आधिकारिक भाषा | ||||||
| सदस्यता | १९३ सदस्य राष्ट्र २ रेखदेख सदस्य |
|||||
| नेताहरू | ||||||
| - | महासचिब | |||||
| - | उप-महासचिब | |||||
| - | महा सभा अध्यक्ष | |||||
| - | आर्थिक तथा सामाजिक परिषद अध्यक्ष | |||||
| - | सुरक्षा परिषद अध्यक्ष | |||||
| स्थापना | ||||||
| - | बडापत्र हस्ताक्षर | २६ जुन १९४५ | ||||
| - | बडापत्र मन्जुर | २४ अक्टोबर १९४५ | ||||
| वेबसाइट un.org |
||||||
संयुक्त राष्ट्र संघ एक अन्तराष्ट्रिय संस्था हो। यसको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो। यसमा हाल १९३ राष्ट्रहरू सदस्य छन्, जसमा संसारका सबैजसो देशहरू पर्छ। सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग मिलोस भन्ने उद्देश्यसाथ संयुक्त राष्ट्र संघको स्थापना भएको हो। मुलत: अन्तर्राष्ट्रिय संघर्षमा हस्तक्षेप गर्ने सहज होस भनि दोस्रो विश्वयु्द्धको विजयी राष्ट्रहरू मिलेर यसको स्थापना भएको हो। तिनको सोचाईमा दोस्रो विश्वयु्द्धमा भोगिएको विध्वसं संसारले फेरी भोग्नु नपरोस भन्ने थियो।
संयुक्त राष्ट्रसँगको औपचारिक कामकाजमा अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, स्पेनी(स्पेनिश) र अरबी भाषाको प्रयोग हुन्छ।
विषयसूची
अङ्गहरू[सम्पादन गर्ने]
संयुक्त राष्ट्रमा ६ प्रमुख अङ्गहरू छन्। ती हुन् -
- महासभा
- सुरक्षा परिषद
- आर्थिक तथा सामाजिक परिषद्
- संयुक्त राष्ट्र जिम्मा जमानी परिषद वर्तमानमा यो संस्था निस्क्रिय छ
- अन्तराष्ट्रिय न्यायालय
- सचिवालय
उद्देश्य[सम्पादन गर्ने]
- अन्तराष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने।
- जनताको समान अधिकार र आत्मनिर्णयको सिद्धान्तको सम्मानको आधारमा राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने।
- आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तराष्ट्रिय समस्याहरूको समाधान गर्नमा तथा जाति, लिङ्ग, भाषा वा धर्मसम्बन्धी भेदभाव नराखी सबैका लागि मानवअधिकारहरू एवं मौलिक स्वतन्त्रताहरूप्रतिको सम्मानलाई बढावा दिनमा र प्रोत्साहित पार्नमा सहयोग प्राप्त गर्ने।
- यी उद्देश्यहरू प्राप्त गर्न सदस्य राष्ट्रहरूको काम कार्यबाहीमा सामञ्जस्यता ल्याउन संयुक्त राष्ट्रसंघलाई केन्द्र बनाउने।
आधारभूत सिद्धान्त[सम्पादन गर्ने]
- सबै सदस्य राष्ट्रहरू सार्वभौमिक सत्तासम्पन्न र समान हुन्।
- बडापत्रअन्तर्गत आफ्ना दायित्वहरू पालन गर्न सबै प्रणबद्ध छन्।
- आफ्ना अन्तराष्ट्रिय कलहहरू शान्तिपूर्ण साधनहरूद्वारा र अन्तराष्ट्रिय शान्तिसुरक्षा एवं न्यायनिसाफ खतरामा नपर्ने तरवले तय गर्ने प्रणबद्ध छन्।
- अन्तराष्ट्रिय सम्बन्धहरूको सन्दर्भमा कुनै पनि सदस्य राष्ट्रले अरू राष्ट्रको प्रदेश तथा राजनीतिक स्वतन्त्रताको विरूद्ध शक्तिको प्रयोग वा धम्की दिने छैन।
- बडापत्रअनुसार संयुक्त राष्ट्रसंघले कुनै कारबाही गरेको बखत यसलाई हरसंभव साहयता दिन र शान्तिको संरक्षण वा पुनर्स्थापना गर्न संयुक्त राष्ट्रसंघले कुनै राष्ट्रको विरुद्ध कारबाही गरिरहँदा त्यस राष्ट्रको सहायता नगर्न पनि सबै प्रणबद्ध छन्।
- जहाँसम्म शान्ति र सुरक्षा बनाइराख्नको निमित्त आवश्यक छ सदस्य नभएका मुलुकहरूले पनि बडापत्रका सिद्धान्त अनुरूप व्यवहार गर्ने छन् भन्ने सुनिश्चित बनाउन संघले प्रबन्ध गर्नेछ।
इतिहास[सम्पादन गर्ने]
स्थायी सदस्य राष्ट्रहरु[सम्पादन गर्ने]
संयुक्त राष्ट्र संघका महासचिव[सम्पादन गर्ने]
| No. | नाम | देश | पद सम्भालेको मिति | पद छोडेको मिति | टिप्पणी |
|---|---|---|---|---|---|
| 1 | ट्रिग्भे ली | २ फेब्रुअरी १९४६ | १० नोभेम्बर १९५२ | त्यागपत्र; पहिलो महासचिव स्केन्डिनेभिया | |
| 2 | ड्याग ह्यामरसोल्ड | १० अप्रेल १९५३ | १८ सेप्टेम्बर १९६१ | मृत्यु (पदमा रहँदा) | |
| 3 | यु थाँट | ३० नोभेम्बर १९६१ | १ जनवरी १९७२ | एसियाबाट प्रथम महासचिव | |
| 4 | कर्ट वॉल्डहाइम | १ जनवरी १९७२ | १ जनवरी १९८२ | ||
| 5 | जेवियर पेरिज डी कुईलर | १ जनवरी १९८२ | १ जनवरी १९९२ | अमेरिकाबाट प्रथम महासचिव | |
| 6 | बुत्रोस बुत्रोस-घाली | १ जनवरी १९९२ | १ जनवरी १९९७ | अफ्रिकाबाट प्रथम महासचिव | |
| 7 | कोफी अन्नान | १ जनवरी १९९७ | १ जनवरी २००७ | ||
| 8 | वान कि मुन | १ जनवरी २००७ | २०१६ डिसेम्बर ३१ | ||
| 9. | एन्टोनियो गुट्रेस | १ जनवरी २०१७ | बहालवाला |
संघका स्वतंत्र संस्थाहरू[सम्पादन गर्ने]
संयुक्त राष्ट्र संघका धेरै कार्यक्रम र एजेंसिहरूको अतिरिक्त १४ स्वतंत्र संस्थाहरूसित यसको व्यवस्था गठित हुन्छ। स्वतंत्र संस्थाहरूमा विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष र विश्व स्वास्थ्य सङ्गठन शामिल छन्। यी संस्थाहरूको संयुक्त राष्ट्र संघसित साथ सहयोग समझौता छ। संयुक्त राष्ट्र संघका आफ्ना केही प्रमुख संस्थाहरू र कार्यक्रम छन्। [२] यो यसप्रकार छ:
- अन्तरराष्ट्रिय परमाणु उर्जा एजेंसी – विएना(भिएना)मा स्थित यो एजेंसीले परमाणु निगरानीको काम गर्छ।
- अन्तरराष्ट्रिय अपराध आयोग – हेगमा स्थित यो आयोग पूर्व यूगोस्लावियामा युद्द अपराधका सदिंग्ध मानिसहरूमाथि मुद्दा चलाउनका लागि बनाइएको हो।
- संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ) – यसले बाल-बालिकाको स्वास्थ्य, शिक्षा र सुरक्षाको देखभाल गर्छ।
- संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) – यसले गरीबी कम गर्नेने, आधारभूत ढाँचाको विकास र प्रजातांत्रिक प्रशासनलाई प्रोत्साहित गर्ने काम गर्छ।
- संयुक्त राष्ट्र व्यापार र विकास सम्मेलन-यो संस्था व्यापार, निवेश र विकासका मुद्दाहरूसित संबंधित उद्देश्य लिएर काम गर्छ।
- संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद (ईकोसक)- यस संस्थाले सामान्य सभालाई अन्तरराष्ट्रिय आर्थिक एवं सामाजिक सहयोग एवं विकास कार्यक्रमहरूमा सहायता एवं सामाजिक समस्याहरूको माध्यमले अन्तरराष्ट्रिय शांतिलाई प्रभावी बनाउनमा प्रयासरत छ।
- संयुक्त राष्ट्र शिक्षा, विज्ञान र सांस्कृतिक परिषद – पेरिसमा स्थित यस संस्थाको उद्देश्य शिक्षा, विज्ञान संस्कृति र सञ्चारका माध्यमबाट शांति र विकासको प्रसार गर्नु हो।
- संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (यूएनईपी) – नैरोबीमा स्थित यस संस्थाको काम पर्यावरण-रक्षालाई वृद्धि गराउनु हो।
- संयुक्त राष्ट्र राजदूत – यसको काम शरणार्थीहरूको अधिकार र उनीहरूको कल्याणको देखरेख गर्नु हो। यो जीनिवामा स्थित छ।
- विश्व खाद्य कार्यक्रम – भोकको विरुद्द लडाईको निम्ति बनाइएको यो प्रमुख संस्था हो। यसको मुख्यालय रोममा छ।
- अन्तरराष्ट्रिय श्रम सङ्गठन- यसले अन्तर्राष्ट्रिय आधारमा मजदूर तथा श्रमिकहरूको हितको रक्षाको निम्ति नियम बनाउँछ।
संरचना[सम्पादन गर्ने]
| संयुक्त राष्ट्र महासभा — सम्पूर्ण राष्ट्र संघ सदस्यको बिचार संसद — |
सचिवालय — संयुक्त राष्ट्रको प्रशासनिक अंग — |
अन्तर्राष्ट्रिय न्यायालय — अन्तर्राष्ट्रिय कानुनको सर्वव्यापी न्यायलय — | ||||
|
|
| ||||
| सुरक्षा परिषद — अन्तर्राष्ट्रिय सुरक्षा मुद्दा ब्यबस्थापनको लागी — |
आर्थिक तथा सामाजिक परिषद् — विश्व आर्थिक तथा सामाजिक मुद्दा हेर्नका लागी — |
जिम्मा जमानी परिषद — आधिकारिक क्षेत्र हेर्नका लागी (हाल निस्क्रिय) — | ||||
|
|
| ||||
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ Former Secretaries-General–United Nations.
- ↑ संयुक्त राष्ट्र - एक परिचय।बीबीसी-हिन्दी
- ↑ "UN Charter: Chapter III", United Nations, अभिगमन मिति २४ मार्च २००८।
| विकिमिडिया कमन्समा United Nations सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
बाह्य कडी[सम्पादन गर्ने]
आधिकारिक वेबसाइड
- [http:// आधिकारिक वेबसाइट] of The United Nations
- The United Nations Regional Information Centre (UNRIC)
- United Nations Volunteers
- United Nations Documentation Research Guide
अन्य
- Searchable archive of UN discussions and votes
- United Nations Association of the UK – independent policy authority on the UN
- Website of the Global Policy Forum, an independent think tank on the UN
- UN Watch – NGO monitoring UN activities
- ढाँचा:Internet Archive author
- ढाँचा:Librivox author