संयुक्त राष्ट्र सुरक्षा परिषद
संयुक्त राष्ट्र सुरक्षा परिषद | |
|---|---|
|
संयुक्त राष्ट्र सुरक्षा परिषद कक्ष | |
| संगठन प्रकार | मुख्य अंग |
| अध्यक्ष |
|
| वर्तमान स्थिति | सक्रिय |
| स्थापना | १९४६ |
| वेबसाईट | http://un.org/en/sc/ |
संयुक्त राष्ट्र सुरक्षा परिषद संयुक्त राष्ट्रको छः प्रमुख अंगहरूमध्येको एउटा अंग हो, जसको उत्तरदायित्व हो - अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा बनाई राख्नु । परिषदलाई अनिवार्य निर्णयहरू घोषित गर्ने अधिकारहरू पनि छ । यस्ता कुनै निर्णयलाई संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव भनिन्छ ।
सुरक्षा परिषदमा १५ सदस्य रहनछन् : पाँच स्थाई र दस अल्पकालिन । पाँच स्थाई सदस्यहरू हुन् चीन, फ्रान्स, रूस, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य । यी पाँच देशहरूलाई कार्यविधि मामिलामा नभएर विधिवत मामिलामा प्रतिनिषेध (Veto) शक्ति प्राप्त छ । बाँकी रहेको दस सदस्य क्षेत्रीय आधारको अनुसार दुइ बर्षको अवधिका लागि महासभा द्वारा छानिन्छ । सुरक्षा परिषदको अध्यक्ष प्रति महिना वर्णमालानुसार बदलिन्छ ।
सदस्य[सम्पादन गर्ने]
हरेक समय सुरक्षा परिषदको कुनै न कुनै सदस्य संयुक्त राष्ट्रको मुख्यालयमा रहनु आवश्यक हुन्छ । अन्तर्राष्ट्रिय कानुनद्वारा मात्र सुरक्षा परिषदका पाँच स्थाई सदस्यको नाभिकीय योग्यताहरू अनुमोदित छन् । यी सदस्यहरूलाई प्रतिनिषेध शक्ति (Veto) पनि दिइएकोछ : यसको अर्थ यो हो की सुरक्षा परिषदका बहुमत द्वारा स्वीकृत कुनै पनि प्रस्ताव यी पाँच मध्येका कुनै पनि एक सदस्यले यो शक्ति प्रयोग गरी प्रस्ताव पारित हुनबाट रोक्न सक्छ । सुरक्षा परिषदका अन्य दश सदस्य दुइ बर्षको अवधिका लागि चुनिन्छन् । हर बर्ष यी दशमध्ये पाँच चुनिन्छन् । यसको चुनाव क्षेत्रीय आधारमा हुन्छ । अफ्रिकाबाट तीन सदस्य एसिया, पश्चिम यूरोप, र ल्याटिन अमेरिका र क्यारिबियनबाट दुई-दुई सदस्य छानिन्छन् । पूर्वी यूरोपबाट एक सदस्य छनिन्छ । यसमा कुनै एक सदस्य अरबको हुनु आवश्यक छ ।
सुरक्षा परिषदका स्थाई सदस्यहरूको संख्या बढाउने बारेमा धेरै विवाद छ । चार राष्ट्र (ब्राजिल, भारत, जर्मनी र जापान) जसलाई G४ भनिन्छ । जापान र जर्मनी संयुक्त राष्ट्रलाई धेरै आर्थिक सहायता गर्दछन्, र ब्राजील तथा भारत जनसंख्यामा ठूला भएको कारण संयुक्त राष्ट्रको विश्वशान्तिको लक्ष्यको लागि सैन्य-दलको सबभन्दा ठूलो योगदान गर्नेहरूमा पर्छन् । २१ सेप्टेम्बर २००४ मा G४ राष्ट्रहरूले स्थाई सदस्य बनने बारेमा आपसी समर्थन घोषित गरे । संयुक्त अधिराज्य र फ्रान्सले पनि यस घोषणालाई स्वीकार गरे । पारित हुनका लागि १२८ मतको आवश्यकता हुन्छ ।
| विकिमिडिया कमन्समा United Nations Security Council सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |