सकुन्तला लेप्चा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सकुन्तला लेप्चा

देशमा करीब चार हजारको संख्यामा रहेका लेप्चा जातिको उत्थान र विकास नै संविधानसभामा आफ्नो मूल एजेण्डा रहेको बताउने शकुन्तला लेप्चा समानुपातिक तर्फ नेकपा ― एमालेका सभासद हुनुहुन्छ। इलाम जिल्लाको जिर्मले निवासी ३० वर्षीया लेप्चाले कुनै पनि संसदीय निर्वाचनमा सहभागिता जनाउनुभएको छैन। एमालेसँग पहिले देखि आवद्ध रहे पनि उहाँ २०५६ सालदेखि मात्र राजनीतिमा सक्रिय हुनुभएको हो। नेकपा-एमालेका जिर्मले गाउँ उपसचिव तथा क्षेत्रीय कमिटि सदस्य रहेकी लेप्चाले यसअघि ग्रामीण विकास केन्द्र (बचत संस्था)को संयोजकको जिम्मेदारी पूरा गरिसक्नभएको छ।

समाजसेवामा रुचि राख्‍ने लेप्चाले आठ कक्षा सम्म अध्ययन गर्नुभएको छ। उहाँ व्यक्तिगत तवरमा तथा सामाजिक सङ्गठनहरू मार्फत सामाजिक क्रियाकलापहरूमा सक्रिय रहँदै आउनुभाएको छ। उहाँ २ छोरी र १ छोराकी आमा हुनुहुन्छ। सीमान्तीकृत जाति र वर्गहरूको उत्थान नभए नयाँ नेपालको निर्माण हुन नसक्ने बताउने सभासद लेप्चाले संविधानसभामा गएर उठाउने अठोट गरेका दुई प्रमुख मुद्दा हुन्― क. जातीय उत्थानका लागि सक्रिय रहने, ख. आदिवासी, जनजाति र सीमान्तीकृत वर्गलाई राज्यको मूलधारमा ल्याउने।[१]

सन्दर्भ[सम्पादन गर्ने]