सखरखण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सखरखण्ड
सखरखण्डको फूल
सखरखण्ड
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
I. batatas
वैज्ञानिक नाम
Ipomoea batatas
(लिनिअस) लेमार्क
सखरखण्डबाट मीठो

सखरखण्ड एक प्रकारको कन्दमूल अथवा तरुल हो । यसलाई नेपालको पूर्वी तराई भेगमा सुठुनी पनि भन्ने गरिन्छ । सख्खरखण्ड खाँदा जति गुलियोे हुन्छ यो त्यतिनै स्वस्थकर पनि छ । यो प्राक्रितिक रूपले गुलियो हुनुका साथै यसमा अध्यधिक चिनीको मात्रा पनि हुँदैन । यसमा क्यालोरी समेत लुकेको हुन्छ । सख्खरखण्ड स्वस्थकर, सस्तो, अनि अन्धो हुनबाट जोगाउने तथा शरीरको तौल घटाउन अति सहयोगी साबित हुन्छ । सख्खरखण्ड खानाले अन्धोपनाबाट बच्नुका साथै शरीरको तौल समेत नियन्त्रण हुन्छ ।

सखरखण्ड को प्रचलित नामहरु :

१. सुठुनी 

२. अलुवा 

३. गन्जी 


सखरखण्डबाट पाइने फाइदाहरू[सम्पादन गर्नुहोस्]

  • सखरखण्डको सेवनले अन्धो हुनबाट यसले बचाउछ ।
  • यसमा भिटामीन ए लुकेको हुन्छ जुन अन्धो हुनबाट जोगिनका लागि अति आवश्यक छ । दक्षिण अफ्रिकामा सखरखण्डलाई जैविकीकरण गरेर उत्पादन गरिन्छ । किनकि त्यहाँ यसलाई मुख्य खानाको रूपमा समेत प्रयोग गर्ने गरिन्छ । यसमा बेटाक्यारोटीन अर्थात भिटामीन ए को मात्रा प्रसस्त हुन्छ ।
  • सखरखण्डले तौल घटाउँछ
  • सखरखण्डले मधुमेह रोगलाई नियमित बनाउँछ किनकि यो गुलियो भएता पनि यसमा उच्च स्तरमा चिनीको मात्रा भने हुँदैन ।
  • सख्खरखण्ड बेटाक्यारोटीन तथा अन्य स्वस्थकर पोषणले भरपुर्ण हुन्छ । आफ्नो खोराकमा सख्खरखण्डलाई सामेल गर्नुहोस् । यसले अन्धोपनालाई परै राख्छ, शरीरको तौल घटाउँछ, छाला सुकोमल बनाउँछ, आँखा, हड्डी लाई बलियो बनाउँछ ।
  • कांचो सख्खरखण्ड र गाजरलाई ग्राइन्डरमा पिन्नुहोस् । अनि यो सुप बिहानको खानाको रूपमा पनि सेवन गरर्नाले शरिरलाई आराम मिल्दछ ।
  • सख्खरखण्ड सेवन गर्नाले छाला सफा हुने, आँखा जन्य समस्याबाट छुटकारा मिल्ने, इम्यून सिस्टम बलियो हुने, हड्डी बलियो हुने गर्दछ ।
  • सख्खरखण्डले ब्लड सुगरलाई नियमित बनाउँछ किनकि यो गुलियो भएता पनि यसमा उच्च स्तरमा चिनीको मात्रा भने हुँदैन । यसमा कार्बोहाइडे्रटको मात्रा पनि लुकेको हुन्छ । यसमा एक प्रकारको हरमन लुकेको हुन्छ जसले ब्लड सुगरलाई नियन्त्रण गर्ने कार्य गर्छ ।
  • पोलेको भन्दा उसिनेको सख्खरखण्डमा पोषण तथा भिटामीन पाइन्छ जुन अन्य फलफुल तथा हरियो सागसब्जिमा जत्तिकै लाभदायक हुन्छ ।
  • सखरखण्डमा पाचन प्रक्रियालाई बलियो बनाउन सक्ने शक्ति हुनुका साथै यसले लामो समय सम्म भोक मेटाउने काम समेत गर्छ ।
  • एउटा ठीक्कको सखरखण्डमा चार ग्राम फाइबर उपलब्ध हुन्छ जुन लामो समय सम्म भोक मेटाउन सहयोगी हुन्छ ।


यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]