सामग्रीमा जानुहोस्

सगाइन क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सगाइ क्षेत्रबाट अनुप्रेषित)

सगाइन क्षेत्र म्यानमारको उत्तर-पश्चिमी भागमा अवस्थित छ र यसको राजधानी मोन्वा सहर हो। यसको क्षेत्रफल करिब ९३,७०४ वर्ग किलोमिटर छ र यो म्यानमारको दोस्रो ठूलो प्रशासनिक क्षेत्र हो। उत्तर तिर चिन राज्य र भारतका नागाल्याण्ड, मणिपुर र अरुणाचल प्रदेशले सीमाना बनाउँछन् भने पूर्वतिर काचिन राज्य, सान राज्यमन्डले क्षेत्र, दक्षिणतिर मन्डले क्षेत्रमग्वे क्षेत्रले घेरिएको छ। यसैगरी एयावाडी नदीले पूर्वी र दक्षिणी सीमा निर्धारण गरेको छ।[]

सगाइन क्षेत्रको जनसंख्या २०१४ मा करिब ५,३२५,३४७ रहेको थियो। यहाँको मुख्य जातीमा बर्मेली, सान, चिन, नागा र खाम्ती पर्छन। धार्मिक दृष्टिले, यहाँ ९२.२ प्रतिशत बौद्ध, ६.५ प्रतिशत ईसाइ, १.१ प्रतिशत मुस्लिम, ०.१ प्रतिशत हिन्दु र ०.१ प्रतिशत अन्य धर्मावलम्बी रहेका छन्।[]

पहिलो शताब्दीदेखि १३औं शताब्दी

[सम्पादन गर्नुहोस्]

सगाइन क्षेत्रको पहिलो बासिन्दा प्यु समुदाय थिए। पहिलो शताब्दीमा उनीहरूले यहाँ बसोबास थालेको इतिहासमा उल्लेख छ। नवौं शताब्दीमा बर्मेलीहरू माथिल्लो म्यानमारमा आउन सुरु गरे। राजा अनावरहता (१०४४–१०७७) ले बगान साम्राज्य स्थापना गरे पछि, ११औं शताब्दीको मध्यसम्ममा यो क्षेत्र बगान साम्राज्यको अधीनमा आयो ।[]

१३औं–१९औं शताब्दी

[सम्पादन गर्नुहोस्]

१२८७ मा बगानको पतनपछि उत्तर-पश्चिमी माथिल्लो म्यानमार सगाइन राज्यको अधीनमा आयो। १३१५–१३६४ बीच यहाँ बर्मेली र सान राजाहरूले शासन गरे।

१३६४ देखि १५५५ सम्म अवा राज्यका राजा, १५५५ देखि १७५२ सम्म टाउङ्गू राजाले यहाँ शासन गरेका थिए।

१७५२ देखि १८८५ सम्म कोनबाउङ्ग वंशको अन्तिम शासन रह्यो।

१९४८ मा म्यानमार स्वतन्त्र भएपछि यो क्षेत्र सगाइन क्षेत्रको रूपमा परिणत भयो।

२०२१ को म्यानमार सैनिक कु पछि, सगाइन क्षेत्र बर्मेली क्षेत्रको रूपमा सैनिक शासनको बिरूद्ध प्रतिरोधको केन्द्र बन्यो। सेना र स्थानीय बासिन्दाबीच हिंसात्मक संघर्ष भइरहेका छन्। सगाइन क्षेत्रमा २०२२ मा लेत येट कोने र २०२३ मा तार ताइङ घटनाहरू जस्ता सैन्य अत्याचार भएका थिए। []

२०२५ मार्चमा राजधानी नजिकै ७.७–७.९ म्याग्निच्युडको भूकम्पले ठूलो क्षति पुऱ्याएको थियो।

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

सगाइन क्षेत्र १३ जिल्लामा विभाजित छ र एक स्वशासित नागा क्षेत्र पनि छ। कुल ३४ टाउनशिप, १९८ वड र गाउँहरू छन्। प्रमुख शहरहरू सगाइन, श्वेबो, मोन्वा, ये उ, काठा, काले, तमु, मावलाइक र खाम्ती पर्छन्। []

सगाइन क्षेत्र हाल म्यानमारको सैनिक प्रशासनको नियन्त्रणमा छ।

जनसांख्यिकी

[सम्पादन गर्नुहोस्]

२०१४ मा सगाइन क्षेत्रको जनसंख्या करिब ५.३ मिलियन थियो। बर्मेली ८७.५ प्रतिशत, सान ४.८ प्रतिशत, चिन ४ प्रतिशत, नागा २.६ प्रतिशत र अन्य १.१ प्रतिशत छन्। बर्मेली मुख्य रूपमा मध्य क्षेत्र र मन्डले–म्यित्क्यिना रेल मार्गका वरिपरि बसोबास गर्छन्। सान माथिल्लो चिन्दविन नदी उपत्यकामा बस्छन्। थाडौ र कुकि समुदाय दक्षिण र भारत–म्यानमार सीमा क्षेत्रमा बसोबास गर्छन्।

सगाइन क्षेत्रमा ९२.२ प्रतिशत बौद्ध धर्मावलम्बी, ६.५ प्रतिशत ख्रीष्टियन, १.१ प्रतिशत मुस्लिम, ०.१ प्रतिशत हिन्दु र ०.१ प्रतिशत अन्य धर्मावलम्बी छन्। २०१६ अनुसार, बौद्ध भिक्षुको संख्या ५५,०४१ थियो।[]

सगाइनका दुई मुख्य नदी, एयावाडी नदी र चिन्दविन यहाँको प्रमुख नदी यातायात हो। भित्री सगाइन क्षेत्रमा सडक र रेल मार्गहरू कमजोर छन् र प्रायः बिग्रिएका छन्।

सगाइनको मुख्य पेशा कृषि हो। प्रमुख खेती धान हो, र यसले कृषि योग्य जमिनको ठूलो हिस्सा ओगट्छ। गहुँ, तिल, बदाम, दाल, कपास र तम्बाकु पनि मुख्य खेती हो। भारतसँगको सिमा नजिक भएकोले निर्यात–आयात व्यवसायमा यो क्षेत्र महत्वपूर्ण मानिन्छ।[]

खनिजमा सुन, कोइला, नुन र सानो मात्रामा पेट्रोलियम पाइन्छ।

उद्योगमा कपडा, तामा परिशोधन, सुन गलाउने र डिजेल इन्जिन उत्पादन केन्द्रि रहेका छन्। स्थानीय उद्योगमा माटोका भाँडो, चाँदी, कांस्य, फलाम र काठका सामानहरू उत्पादन हुन्छन्।

वन्यजन्य क्षेत्रमा तिक्तक र अन्य काठको उत्पादन हुन्छ।

सगाइन क्षेत्रमा कयौँ संरक्षित क्षेत्रहरू पनि छन्। प्रमुखमा आलाउङदाव कथापा राष्ट्रिय उद्यान, चथ्थिन वन्यजन्तु आरक्षण, महाम्याइङ्ग वन्यजन्तु आरक्षण र होमालिनको हटामन्थी वन्यजन्तु आरक्षण पर्दछन्।

सगाइन क्षेत्रमा शिक्षाको अवसर सीमित छन्। प्राथमिक विद्यालयका विद्यार्थीमध्ये १० प्रतिशतभन्दा कम उच्च विद्यालयसम्म पुग्छन्। []

सगाइनमा तीन राष्ट्रिय विश्वविद्यालय छन्: मोन्वा विश्वविद्यालय, सगाइन शिक्षण विश्वविद्यालय र सगाइन शिक्षण संस्थान। मोन्वा विश्वविद्यालय यो क्षेत्रको प्रमुख कला र आर्थिक शिक्षा केन्द्र हो।

स्वास्थ्य सेवा

[सम्पादन गर्नुहोस्]

सगाइनमा स्वास्थ्य सेवा अवस्था कमजोर छ। अस्पतालहरूमा आधारभूत सुविधा र उपकरणको कमी छ। बिरामीले औषधि र उपचारको खर्च आफैं व्यहोर्नुपर्छ। राजधानी बाहेक ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा अझ कमजोर छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "The 2014 Myanmar Population and Housing Census Highlights of the Main Results Census Report Volume 2 – A", The 2014 Myanmar Population and Housing Census - The Union Report - Census Report Volume 2 [EN/MY], Department of Population Ministry of Immigration and Population, २९ मे २०१५, पृ: ६, अन्तिम पहुँच २०२२-०९-०१ 
  2. "The 2014 Myanmar Population and Housing Census- The Union Report: Religion", myanmar.unfpa.org, Department of Population Ministry of Labour, Immigration and Population MYANMAR, मूलबाट २९ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मे २०२१ 
  3. Ko Ko Thett (३० अगस्ट २०१८), "Ask a Local: Ko Ko Thett, Sagaing, Myanmar", The Common 
  4. Maung Shwe Wah (२०२३-०३-११), "In Myanmar's heartland, new horrors from a junta struggling for control", Myanmar NOW (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-११ 
  5. "တိုင်းခုနစ်တိုင်းကို တိုင်းဒေသကြီးများအဖြစ် လည်းကောင်း၊ ကိုယ်ပိုင်အုပ်ချုပ်ခွင့်ရ တိုင်းနှင့် ကိုယ်ပိုင်အုပ်ချုပ်ခွင့်ရ ဒေသများ ရုံးစိုက်ရာ မြို့များကို လည်းကောင်း ပြည်ထောင်စုနယ်မြေတွင် ခရိုင်နှင့်မြို့နယ်များကို လည်းကောင်း သတ်မှတ်ကြေညာ", Weekly Eleven (बर्मेलीमा), २०१०-०८-२०, अन्तिम पहुँच २०१०-०८-२३ 
  6. "The 2014 Myanmar Population and Housing Census Highlights of the Main Results Census Report Volume 2 – A", The 2014 Myanmar Population and Housing Census - The Union Report - Census Report Volume 2 [EN/MY], Department of Population Ministry of Immigration and Population, २९ मे २०१५, पृ: ६, अन्तिम पहुँच २०२२-०९-०१ 
  7. Frontier (२०२३-०३-२७), "'No one can stop it': Illegal logging surges in Myanmar's conflict zones", Frontier Myanmar (en-USमा), अन्तिम पहुँच २०२३-०३-२७ 
  8. "Education statistics by level and by State and Division", Myanmar Central Statistical Organization, मूलबाट २०११-०९-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०४-०९  वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-२४ मिति
  9. Yasmin Anwar (२००७-०६-२८), "Burma junta faulted for rampant diseases", UC Berkeley News।