सतासीधाम
सतासीधाम | |
|---|---|
पूर्व गाविस | |
| निर्देशाङ्क: २६°२८′N ८७°५०′E / 26.47°N 87.84°E | |
| देश | |
| प्रदेश | कोशी प्रदेश |
| जिल्ला | झापा जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | ५५.६३ किमी२ (२१.४८ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | २६,१७१ |
| • घनत्व | ४७०/किमी२ (१२००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सतासीधाम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २६,१७१ रहेको थियो जसमध्ये १२,०५८ पुरुष र १४,११३ महिला रहेका थिए भने यहाँ ६,०७२ घरधुरी रहेको थियो।[१][२] यो झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा पर्ने एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल समेत हो।[३]
यसको साविकका १-५ नम्बर वडाहरू शिवसताक्षी नगरपालिकाको वडा नम्बर ८ हो भने ७ नम्बर वडा वडा नम्बर ९, ८ नम्बर वडा वड नम्बर १० र ६,९ वडाहरू वडा नम्बर ११ हो।
झिलझिले बजारबाट करिब ४ कि. मी. उत्तर चुरेपहाडको फेदीमा इलामको सिमानासँग जोडिएको यस स्थानमा रहेका प्राकृतिक मूर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरु, सतासी खोलाको एक स्थानको बीच भागमा करिब २० मिटरभित्र मात्र निस्कने गन्धक – पानी, फेदीमा रहेका अन्य मूर्तिहरूले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ । यहाँ जाने भक्तजनहरु आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले पूजा आराधना गर्दछन् । सतासीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन शतबीज छर्नको निम्ति दर्शनार्थीहरूको घुँइचों लाग्ने गर्दछ । यसलाई पवित्र धार्मिकस्थल मानिन्छ।[४]
नामाकरण
[सम्पादन गर्नुहोस्]सतासीधामको नामाकरणको बारेमा निम्नानुशार विभिन्न किम्बदन्तीहरू रहेका छन।
- हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई लिने गरिन्छ।
- अर्को किम्बदन्ती अनुसार पाण्डवहरूको वनबासको अन्तिम समयमा एक वर्षको गुप्तबास बस्नु पर्ने भएको र सो गुप्तबास सफल होस् भनेर यस स्थानमा पाण्डवहरूले सत्ताक्षी देवीको आराधना गरेको हुँदा यस धामको नाम सत्ताक्षीबाट सतासी रहनगएको हो भन्ने भनाई छ।
- पृथ्वीमा सुख्खा लागेपछि सतीदेवीले आफ्नो सयवटा आखाबाट एकैचोटि अश्रुवर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सतासी हुदै सतासीधाम रहेको भन्ने धार्मिक विश्वास छ।
- भारतको तेजपुर (दिनाजपुर)बाट किराँती लिम्बु राजाले ८७ जना ऋषीमुनीहरूलाई गुरुको रूपमा लिएर पहाड तर्फ जान लाग्दा पहाडी क्षेत्रको जाडो ठाउँमा पुग्न गाह्रो भएकोले गुरुहरू यसै सतासीधामका गुफाहरूमा बसेर देवीको तपस्या गर्नु भएकोले ८७ जना ऋषीमुनीहरूको नामबाट सतासीधाम नाम रहन गएको हो।
- अर्को किम्बदन्ती अनुसार सन्त हरितिल बाबाले सताक्षीधाम पत्तालगाई सकेपछि विसं १९८७ सालामा श्री ३ भीमसम्शेरको दरवारमा विन्ती पत्र चढाएकोले पनि ८७ सालबाट सतासीधाम नाम रहन गएको भन्ने गरेको पाइएको छ।[५]
स्थिति
[सम्पादन गर्नुहोस्]झिलझिले बजारबाट करिब ७ कि. मी. उत्तर चुरेपहाडको फेदीमा इलाम जिल्लाको सिमानासँग जोडिएको यस स्थानमा रहेका प्राकृतिक मूर्तिका स्वरूपहरू, भित्तामा रहेका गाईका थुन आकारका शिलाहरू, सतासी खोलाको एक स्थानको बीच भागमा करिब २० मिटरभित्रबाट निस्कने गन्धक–पानी, फेदीमा रहेका अन्य मूर्तिहरूले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ। यहा जाने भक्तजनहरू आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले पूजा आराधना गर्दछन्। सतासीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन सतविउ छर्नको निम्ति दर्शनार्थीहरूको घुइचों लाग्ने गर्दछ। यसलाई पवित्र धार्मिकस्थलको रूपमा लिइन्छ। उक्त धार्मिक पर्यटकियस्थलको महत्त्वलाई ध्यानमाराखेर जिविस झापाले ७ कि.मी. ग्राभेल सडक निर्माणको थालनी गरेको छ।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ राष्ट्रिय जनगणना २०६८, नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
- ↑ "नेपालको दोस्रो प्रमुख धाम : झापाको सतासीधाम"।
- ↑ "जिल्ला विकास समितिको कार्यालय, झापा"। अभिलेखिकरण २०१४-०६-२६ वेब्याक मेसिन
- ↑ "अस्तव्यस्त सतासिधाम"। अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
- ↑ "सतासीधाम खानेपानीमा करोडौको योजना सञ्चालन", हिमालीपोष्ट.कम, हिमालीपोष्ट.कम, २०७२, अन्तिम पहुँच माघ १३। अभिलेखिकरण २०१५-०४-०७ वेब्याक मेसिन