सतानन्द

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सतानन्द अथवा शतानन्द वैद्धिककालका सप्तर्षिहरू मध्यका एक महर्षि गौतमका कान्छा छोरा हुन् । शतानन्दकी आमाको नाम अहिल्या थियो । महर्षि गौतमले अहिल्यासँग विवाह गर्नु पूर्व दुई पुत्र वामदेवनोधासलाई मन्त्रद्वारा रचना गरेका थिए ।

शतानन्दको बारेमा पौराणिक चर्चा[सम्पादन गर्ने]

रामायणले अहिल्या र महर्षि गौतमका सन्तान शतानन्दको बारेमा प्रसस्त उल्लेख गरेको छ । रामायणले बताएको कुरालाई भारतीय इन्साइक्लोपीडियाले यसरी उल्लेख गरेको छ :- [१]

"अहिल्या पुत्र शतानन्दले एक दिन ऋषि विश्वामित्रसँग आफ्नी आमा अहिल्याको के गर्दा राम्रो होला र उनको सामाजिक प्रतिष्ठा कसरी सुदृढ होला भनी सोधेका थिए ।"

यसबाट यो पुष्टी हुन्छ कि वास्तवमा अहिल्या र इन्द्रबीचको अवैध सम्बन्धबाट अहिल्यालाई जुनप्रकारको सामाजिक समस्या र बेइज्जती भएको थियो त्यस प्रति शतानन्द निकै चिन्तित थिए र उनी आफ्नी आमाको सामाजिक प्रतिष्ठा बचाउन वा फेरी सुदृढ बनाउने तिर निकै लागि परेका थिए । शतानन्द पछी गएर कर्मकाण्डका महर्षि बनेका थिए । उनको यही योग्यताका कारण मिथिलाका राजा जनकले शतानन्दलाई आफ्नो राज्यको राज पुरोहित बनाएका थिए । यो कुरा रामायणमा उल्लेख गरिएको छ [१]:-

" अहिल्या पुत्र शतानन्दलाई मिथिलाका राजा जनकले आफ्नो पारिवारिक पुरोहितका रुपमा राखेका थिए ।"

यस तथ्यबाट पुष्टी हुन्छकी वास्तवमा शतानन्द निकै विद्वान पुरोहित र कर्मकाण्डका ज्ञाता थिए ।

शतानन्दका सन्ततिहरू[सम्पादन गर्ने]

हिन्दू धर्ममा प्रचलित गोत्र प्रणाली अन्तरगतको एक गोत्र गौतम गोत्रका ब्राह्मणहरू शतानन्दका नै सन्तती हुन् । यो कुरालाई रामायण र ब्रह्माण्ड पुराणले स्विकार गरेका छन् ।[१] यस तथ्यमा विश्वास गर्ने हो भने महर्षि गौतमका दुई छोराहरू वामदेव पट्टीका सन्ततीहरू गौतम गोत्री क्षेत्रीय र शतानन्द पट्टीका सन्ततिहरू गौतम गोत्री ब्राह्मण भएका थिए । तर, कालान्तरमा शतानन्द पट्टीका सन्तति गौतम गोत्री ब्राह्मणहरूबाट जातिय व्यवस्था अनुसार खसेर खत्री भएकाहरू पनि क्रमशः गौतम गोत्री क्षेत्रीय बन्दै गए । आखिर गौतम गोत्री क्षेत्रीय भित्रको मुल क्षेत्रिय अर्थात वामदेवको सन्तति को हो भन्ने छुट्ट्याउन पुस्तावलीको अध्यायन गर्नु पर्ने हुन्छ तर गौतम गोत्री ब्राह्मणहरू भने सबै महर्षि गौतम र अहिल्याका छोरा शतानन्दका सन्तति हुन् भन्नेमा कुनै संका छैन ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ गौतम गोत्र एकता समाज नेपालद्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण लेखक- राजेश कुमार बटाला

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]