सामग्रीमा जानुहोस्

सत्यभामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सत्यभामा
अष्टभार्याको सदस्य
सत्यभामा
सत्यभामाको १२औँ-१३औँ शताब्दीको मूर्ति
अन्य नामहरूसत्राजिती
देवनागरीसत्यभामा
आबद्धदेवी, लक्ष्मी, भूदेवीकी अवतार, अष्टभार्या
वासस्थानद्वारका
धर्मग्रन्थहरूविष्णु पुराण, महाभारत, हरिवंश, भागवत पुराण, गर्ग संहिता
लिङ्गमहिला
चाडपर्वहरूनरक चतुर्दशी
वंशावली
अभिभावकहरू
रानीकृष्ण
सन्तानहरूभानु
वंशयदुवंश

सत्यभामा (जसलाई सत्राजिती पनि भनिन्छ) एक हिन्दु देवी तथा भगवान कृष्णकी तेस्रो रानी हुन्। सत्यभामालाई लक्ष्मीको एक स्वरूप भूदेवीको अवतार मानिन्छ। उनी पृथ्वीको देवी र मानवीय रूप हुन्।[][] केही परम्पराहरूका अनुसार, उनले असुर नरकासुरलाई पराजित गर्न कृष्णलाई सहयोग गरेको मानिन्छ।[]

कृष्णसँगको विवाह

[सम्पादन गर्नुहोस्]
सत्यभामाको विवाह


सत्यभामा द्वारकाका शाही कोषाध्यक्ष र प्रसिद्ध स्यमन्तक मणिका मालिक तथा यादव राजा सत्राजितकी छोरी हुन्।

सत्राजितले सूर्यदेवबाट यो मणि प्राप्त गरेका हुन्छन्। द्वारकाका राजा कृष्णले उक्त मणि आफूसँग सुरक्षित हुने बताएतापनि सत्राजितले उक्त मणि कृष्णलाई सुम्पिन मानेका थिएनन्। त्यसको केही समयपछि, सत्राजितका भाइ प्रसेन त्यो मणि लगाएर शिकार खेल्न जाँदा उनलाई एउटा सिंहले मारिदिन्छ। रामायणमा आफ्नो भूमिकाका लागि प्रसिद्ध जाम्बवानले उक्त सिंहको बध गरि सध मणि आफ्नी छोरी जाम्बवतीलाई दिन्छन्। प्रसेन नफर्किएपछि कृष्णले नै मणि चोर्नका लागि प्रसेनको हत्या गरेको आरोप लगाइन्छ।

आफ्नो प्रतिष्ठामा लागेको दाग हटाउन कृष्ण आफ्ना मानिसहरूसहित मणिको खोजीमा निस्किए र जाम्बवानको गुफामा उनकी छोरीसँग मणि फेला पार्छन्। जाम्बवानले कृष्णलाई आफ्नो मणि खोस्न आएको घुसपैठिया ठानेर आक्रमण गर्छन्। उनीहरूबीच २८ दिनसम्म युद्ध चल्छ। अन्ततः कृष्णको तरबारको प्रहारबाट शरीर क्षतविक्षत भई कमजोर भएपछि जाम्बवानले कृष्णलाई रामको रूपमा पहिचान गरे र आत्मसमर्पण गर्छन्।

आफ्नो गल्तीको प्रायश्चित स्वरूप जाम्बवानले कृष्णलाई मणि फिर्ता गरे र आफ्नी छोरी जाम्बवतीसँग विवाह गर्न अनुरोध गर्छन्। कृष्णले उक्त मणि लिएर सत्राजितलाई फिर्ता गरिदिन्छन्। सत्राजितले लज्जित हुँदै कृष्णसँग माफी मागे र मणिका साथै आफ्नी छोरी सत्यभामालाई विवाहका लागि प्रस्ताव गर्दा कृष्णले सत्यभामालाई स्वीकार गरेतापनि मणि लिन भने उनले अस्वीकार गर्छन्।[]

सत्यभामाबाट कृष्णका १० छोराहरू; भानु, सुभानु, स्वरभानु, भानुमान, प्रभानु, अतिभानु, प्रतिभानु, श्रीभानु, वृहद्भानु र चन्द्रभानुको जन्म हुन्छ।[][]

कृष्ण र सत्यभामा नरकासुरको अक्षौहिणी सेनासँग लड्दै गर्दाको चित्र

नरकासुर एक दानव तानाशाह हुन्छन् जसले प्राग्ज्योतिष नगरलाई कब्जा गरी शासन गरेका थिए (असमी परम्परा अनुसार यो वर्तमान असममा अवस्थित रहेको मानिन्छ)। उनी पृथ्वीकी देवी भूदेवीका पुत्र हुन्। नरकासुर आफ्नो क्रूर शासन र देवता तथा महिलाहरूप्रति गर्ने अपमानका लागि कुख्यात थिए।

नरकासुरले इन्द्रलाई पराजित गरी १६,००० महिलाहरूलाई अपहरण गरेर आफ्नो दरबारमा बन्दी बनाएका हुन्छन्। उनले स्वर्गकी माता अदितिका कुण्डलहरू चोरी गरेर उनका केही क्षेत्रहरू पनि हडपेका हुन्छन्। यसपछि, देवराज इन्द्रले कृष्णलाई ती असुरको बध गर्ज र देवलोकलाई उनको अत्याचारबाट मुक्त गर्न अनुरोध गर्छन्। इन्द्रको अनुरोधमा, कृष्णले आफ्नो वाहन गरुड र पत्नी सत्यभामाको सहयोगमा नरकासुरको नगरलाई घेरा हाल्छन्।

कृष्ण र नरकासुरबीच भयानक युद्ध हुन्छ जसको अन्त्यमा भगवानको सुदर्शन चक्रद्वारा असुरको वध गरिन्छ।[] त्यसपछि, कृष्णले देवमाता अदितिका चोरी भएका कुण्डलहरू प्राप्त गर्छन्। अदिति सत्यभामाको आफ्नो पतिप्रतिको समर्पणबाट प्रसन्न भइन् र उनलाई सदा जवान रहने (चिरयौवन) वरदान दिइन्। यस विजयलाई नरक चतुर्दशीको रूपमा मनाइन्छ, जुन दीपावली पर्वको पहिलो दिनमा पर्दछ।

नरकासुर विरुद्ध कृष्ण र सत्यभामाको विजयले असुरका बन्दीहरूलाई मुक्त गरिन्छ। ती १६,००० महिलाहरूलाई उद्धार गरेपछि, उनीहरूको समाजमा सम्मान पुनःस्थापना गर्नका लागि उनीहरूकै अनुरोधमा कृष्णले उनीहरूसँग विवाह गरे र उनीहरूलाई आफ्ना कनिष्ठ पत्नीहरू बनाउँछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. https://www.vyasaonline.com/encyclopedia/satyabhama/
  2. www.wisdomlib.org (२०२०-११-१४), "An Account of Svyamantaka Jewel [Chapter 38]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०५-०२
  3. Vemsani, Lavanya (२०१६-०६-१३), Krishna in History, Thought, and Culture: An Encyclopedia of the Hindu Lord of Many Names (अङ्ग्रेजीमा), Bloomsbury Publishing USA, पृ: 191, आइएसबिएन 978-1-61069-211-3
  4. "Harivamsa ch.38, 45-48"
  5. "The 80 Sons of lord Krishna and Their Names- Krishna Facts", १८ सेप्टेम्बर २०१७, मूलबाट १० सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०२० अभिलेखिकरण १० सेप्टेम्बर २०१९ वेब्याक मेसिन
  6. Sinha, Purnendu Narayana (१९५०), A Study of the Bhagavata Purana: Or, Esoteric Hinduism (अङ्ग्रेजीमा), Library of Alexandria, आइएसबिएन 978-1-4655-2506-2
  7. www.wisdomlib.org (२०१३-०५-२५), "The Killing of Narakasura", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०४-०५