सामग्रीमा जानुहोस्

सदर मुलुकी खाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सदर मुलुकी खाना
सदर मुलुकी खाना
उत्तराधिकारीनेपाल राष्ट्र बैङ्क
गठनवि.सं. १९९० बैशाख ७[]
संस्थापकश्री ३ जुद्ध शमशेर
प्रकारसरकारी अड्डा
लक्ष्यकेन्द्रिय बैङ्क
प्रधान कार्यालयकाठमाडौँ
खजाञ्ची
जनकराज पण्डित
खजाञ्ची
भरतराज पण्डित
खजाञ्ची
नरेन्द्रराज पण्डित

राणाकालीन प्रशासनमा केन्द्रिय बैङ्कको (नेपाल राष्ट्र बैङ्क) काम गर्ने निकायलाई सदर मुलुकी खाना भनिन्थ्यो ।[] मुलुकीखानाको राजस्वको निकासी कौसी तोषाखानाबाट गरिन्थ्यो ।

२०१३ सालमा नेपाल राष्ट्र बैङ्क स्थापना भयो । सदर मुलुकी खानाले प्रकाशित गर्ने नेपाली नोटलाई मोरु (मोहर रुपैयाँ) भनिन्थ्यो ।

नेपालमा पहिलो पटक वि.सं. २००२ असोज १ गते कागजी नोट प्रचलनमा आएको थियो। ५, १० र १ सय मोरु निष्कासन भएको पाइन्छ। नेपाल राष्ट्र बैङ्क मार्फत छापिएका कागजी नोटहरू २०१६ साल फागुन ७ गतेबाट प्रचलनमा ल्याउन थालिएको हो ।

यसको प्रमुखलाई खजाञ्ची भनिन्थ्यो। खजाञ्ची नियुक्ति राजगुरुको खलकबाट हुन्थ्यो ।[]

  1. विभिन्न सरकारी अड्डाबाट जम्मा गरिएको रकम,सुन, चादी र भारतीय मुद्रा नोटको सङ्कलन गर्नु
  2. ब्रिटिस सरकारबाट वार्षिक रूपमा आउने रु. १० लाख दिल्लीमा रहने नेपाली वकिलको माध्यमबाट बुझी लिनु
  3. दिन दैनिक कामको लागि चल्ती ढुकुटीमा रु. १० लाख र रु. पाँच लाख (भारतीय मुद्रा) राख्नु र सबै जगेडा रकम तीन साँचा ढुकुटी मा राख्नु । (यो ढुकुटी मा तीन ताल्चा लगाइएको हुन्थ्यो र यसको साँचो खाजांची, तहबिल डीत्ठा र टहरीरसँग हुन्थ्यो )
  4. कौशी तोषा खानाको आगी हरासंदा आदेश बमोजिम रकम निकासा गर्नु ।
  5. निम्न कोषहरू व्यवस्था गर्नु :
    * गुठि रकम
    * चन्द्रबत्ति प्रकाश बिजुली रकम
    * डेप्रिसियसन् बिजुली रकम
    * निजामति कर्मचारी रकम
    * रोपवे रकम
    * महासमर सभा रकम
    * त्रिचन्द्र हस्पिटल रकम
  6. भारतीय तथा नेपाली मुद्राको सतही कायम गर्नु विनिमय दर १०० भारू=१२४ नेपाली रुपैया र ३% . (सटहीको लागि मुलुकीखानाको सरफखाना फाँटलाई जिम्मेवारी दिइन्थ्यो । )[]
  • जनकराज पण्डित
    गठनको समय पण्डित जनकराज पाण्डेलाई सदर मुलुकी खानाको खजाञ्ची नियुक्ति गरिएको थियो। उनकै समयमा कागजी नोट निकाल्ने तैयारी हुँदै थियो। तर मूल राजपुरोहित बन्न नपाएको हुँदा उनले बि.सं. १९९७ मा राजिनामा दिए। तर उनको समयमा नै नेपालमा कागजी नोट छाप्ने विषयमा तैयारी हुँदै थियो। यसर्थ उनकै सम्मानमा उनकै हस्ताक्षरमा २००२ असोज १ गते रु ५ को २ लाख थान रु ५ को क ०००००१ देखि क २००००० सम्म, रु १० को १ लाख थान क ०००००१ देखि क १००००० सम्म र रु १०० को ५ हजार थान क ०००००१ देखि क ००५००० सम्मको नोट निष्कासन भएको थियो । जनकराजकै हस्ताक्षरित अन्य शृङ्खलाका नोटहरू त्यसपछि विभिन्न मितिमा निष्कासन भएका थिए । जस अनुसार रु ५ को जम्मा ६ लाख ६० हजार, रु १० को ३ लाख २० हजार र रु १०० को ४५ हजार थान नोट निष्कासन भएको थियो ।[]
  • भरतराज पण्डित
    बि.सं. २००४ साल पछि खजाञ्जी भरतराजको हस्ताक्षरमा रु ५, रु १० र रु १०० का नोटहरू निष्कासित भएको थियो
  • नरेन्द्रराज पण्डित
    २००९ सालबाट नरेन्द्रराजको हस्ताक्षरमा रु १, रु ५, रु १० र रु १०० का नोटहरू निष्कासित भए । त्यसपछि निरन्तर २०१३ सालसम्मको नोटमा खजान्चीको हस्ताक्षर हुने गथ्र्यो भने वि स. २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापनापछि गभर्नरको हस्ताक्षरमा नयाँ नोट बजारमा आउन थालेको इतिहास छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 रेग्मी, महेशचन्द्र, "The Mulukikhana", Regmi Research Series 3 (2): 33।
  2. Nepal Rastra Bank: Then, Now and Ahead page 10-11
  3. Acharya 1971, पृष्ठ 33.
  4. "नेपाली नोटको ७९ वर्षे इतिहास", Nepal Khoj (en-USमा), २०२४-०९-१८, अन्तिम पहुँच २०२६-०५-०४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]