सन्देश
| परिकार | मिठाई |
|---|---|
| उत्पत्ति स्थान | बङ्गाल |
| क्षेत्र वा राज्य | कलकत्ता, बसिरहाट, ढाका, नाटोर (भारतीय उपमहाद्वीपको बङ्गाल क्षेत्रको एक हिस्सा) |
| सम्बन्धित राष्ट्रिय व्यञ्जन | बङ्गलादेश, भारत |
| मुख्य सामग्रीहरू | छेना, चिनी, गुढ, लामो समयसम्म पकाइएको दूध |
| विभिन्नता | नोलेन गुरेर सन्देश, नोरोम पक सन्देश, कोरा पाक सन्देश तथा विभिन्न स्वादका सन्देशहरू |
सन्देश (बङ्गाली: সন্দেশ) भारतीय उपमहाद्वीपको पूर्वी भागमा रहेको बङ्गाल क्षेत्रबाट उत्पत्ति भएको मिठाई हो जुन दूध र चिनीबाट बनाइन्छ।[१] सन्देशका केही व्यञ्जनहरूमा दूधको सट्टा छेना वा पनीर (जुन दूधलाई दही बनाएर र त्यसबाट मही छुट्याएर बनाइन्छ।) प्रयोग गर्ने गरिन्छ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]मध्ययुगीन बङ्गाली साहित्यमा सन्देश नामको मिठाईको उल्लेख गरेको भेटिन्छ। जसमा कृतिवासको रामायण र चैतन्य महाप्रभुको गीतहरू समावेश छन्। तथापि यस मूल व्यञ्जनका अवयवहरू अहिले सम्म थाहा भएको छैन्।[३] यो मिठाई सम्भवतः ठोस खिरबाट बनाइन्थ्यो, जसले आधुनिक छेनामा आधारित सन्देशसँग भिन्नता देखाउँछ।[४][५] कहिले देखि सन्देश मुख्यत: खिर आधारित मिठाईको सट्टा छेना-आधारित मिठाई बनाउन थालियो भन्ने निर्धारण गर्न कठिन छ। तर यो ज्ञात छ कि १९औँ शताब्दीको दोस्रो आधामा, सन्देश सामान्यतया छेना-आधारित मिठाईको रूपमा चिनिन थालियो।[६] सन्देशका लागि बङ्गलादेशको सातखीरा जिल्ला पनि उल्लेखनीय मानिन्छ। त्यहाँको प्रसिद्ध सन्देशको ख्याति अहिले देश छाडेर विदेशसम्म फैलिएको छ। सातखिराको क्षिरसन्देश, सरपुरी, सेतो सन्देश, गुडको सन्देश र पेढा सन्देशको स्वाद अत्यन्तै उत्कृष्ट मानिन्छ। यसका साथै बङ्गालादेशको नउगाँ जिल्लाको पेढा सन्देश र यशोर तथा नडाइल जिल्लाको नलेन गुडको पेढा सन्देश पनि प्रसिद्ध छन्। बङ्गालादेशको टाङ्गाइल जिल्लाको मिर्जापुरस्थित जामुरकीको सन्देशलाई भौगोलिक संकेत उत्पादनको मान्यता प्राप्त भएको छ।[७]
तयारी
[सम्पादन गर्नुहोस्]सन्देश छेना वा पनीरको प्रयोग गरेर बनाउन सकिन्छ। बङ्गालमा सबैभन्दा सरल प्रकारले बनाइने सन्देश माखा सन्देश (माखा, जसको अर्थ 'मुछिएको' भन्ने हुन्छ) हो। यो छेनालाई कम आगोको आँचमा हल्का चिनी राखेर तयार गरिन्छ। जब गोला डल्लाहरूमा आकार दिइन्छ, यसलाई काच्चागोल्ला (काच्चा, जसको अर्थ 'काँचो' र गोल्ला जसको अर्थ 'बल' भन्ने हुन्छ) भनिन्छ। थप जटिल र विस्तृत रूपमा तयार पारिएको सन्देशको लागि छेनालाई सुकाएर थिचिएपछि फलफूलको स्वाद दिइन्छ। कहिलेकाहीँ रङ्ग थप गरि थुप्रै फरक शैलीहरूको प्रयोग गरि पकाइन्छ। कहिलेकाहीँ यसलाई चास्नीले भरिन्छ र नरिवल वा खीरसँग मिसाइन्छ भने शङ्खको खोल, हात्ती र माछा जस्ता विभिन्न आकार प्रकारहरूमा ढालिन्छ।
आवश्यक सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]सन्देश बनाउन प्रयोग हुने मुख्य सामग्रीहरू;
- दूध (पूर्ण धृतांस भएको) - छेना (दूधको छाल) बनाउन प्रयोग गरिने
- चिनी वा गुड - मिठासका लागि
- कागतीको रस वा सिरका - दूध फाड्न प्रयोग गरिने
वैकल्पिक वा थप सामग्रीहरू
- अलैचिँको धूलो - सुगन्ध र स्वादका लागि
- गुलाबजल वा केवडा जल - सुगन्धका लागि
- केसर - रंग र विशेष स्वादका लागि
- कन्डेन्स्ड मिल्क वा मावा/खोवा - केही क्षेत्रीय प्रकारमा प्रयोग हुने
- पनीर वा दही - विशेष प्रकारका सन्देशमा प्रयोग हुने
- नलेन गुड (खजुरको गुड) - बङ्गाली शैलीका सन्देशमा लोकप्रिय
- सुख्खा मेवा (पिस्ता, काजू, बदाम) - सजावटका लागि
- फलको रस वा पल्प(आँप, स्ट्रबेरी, नरिवल, अनानास) - आधुनिक स्वादयुक्त सन्देशमा प्रयोग हुने।[८]
क्षेत्रीय भिन्नता
[सम्पादन गर्नुहोस्]सन्देश विभिन्न क्षेत्रका खाद्य–परम्परा, स्वाद, रुचि र उपलब्ध सामग्री अनुसार केही भिन्न–भिन्न शैलीमा तयार गरिन्छ। दक्षिण एसियाभरि यसको बनावट, मीठोपन तथा मसला–प्रयोगमा स्पष्ट क्षेत्रीय विशिष्टता देखिन्छ।
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]- बिभिन्न प्रकारका सन्देशहरू
- दिलखुश सन्देश
- भापा सन्देश
- अमृतकुम्भा सन्देश
- नोलेन सन्देश
- सन्देश
- जलभरा सन्देश
- चीनीको प्रयोग नरहेको सन्देश - कोलकाता
- सन्देश - दम दम
- चकलेट सन्देश
- सन्देश
- आबर खाबो सन्देश
- बटरस्कच आइस क्रिम सन्देश - राजारहाट, परगनास
- सजावटी डिजाइनहरूमा आकार दिइएका सन्देश मिठाइहरू
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The Oxford Companion to Sugar and Sweets, Oxford University Press, १ अप्रिल २०१५, पृ: 592–, आइएसबिएन 978-0-19-931361-7।
- ↑ Sinha, Nirmal (२००७), "Chhana", in Hui, Y. H., Handbook of Food Products Manufacturing, 2 Volume Set 2, John Wiley & Sons, पृ: ६४३, आइएसबिएन 978-0-470-11354-7।
- ↑ Gupta, Meenakshi Das; Bunny Gupta; Jaya Chaliha (२०००), Calcutta Cookbook: A Treasury of Recipes From Pavement to Place, Penguin UK, पृ: ३३८, आइएसबिएन 978-93-5118-149-1।
- ↑ Walker, Harlan, सम्पादक (२०००), Milk - Beyond the Dairy: Proceedings of the Oxford Symposium on Food and Cookery 1999, Oxford Symposium, पृ: ५७, आइएसबिएन 978-1-903018-06-4।
- ↑ Krondl, Michael (२०११), Sweet Invention: A History of Dessert, Chicago Review Press, पृ: 55–59, आइएसबिएन 978-1-55652-954-2।
- ↑ Banerji, Chitrita (२००६), The Hour of the Goddess: Memories of Women, Food, and Ritual in Bengal, Penguin, पृ: 117–120, आइएसबिएन 978-0-14-400142-2।
- ↑ "জিআই পণ্যের স্বীকৃতি পেল জামুর্কির সন্দেশ", সমকাল।
- ↑ "Sandesh Recipe", indianhealthyrecipes, अगस्ट ३१, २०२२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
सन्देशसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।- सन्देश बाङ्लापिडियामा (अङ्ग्रेजी वा बङ्गालीमा)