सामग्रीमा जानुहोस्

सन् २०२५-२०२६ को इरानी आन्दोलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०२५–२०२६ को इरानी आन्दोलन
इरान सरकार विरुद्धको आन्दोलन, इरानी आर्थिक सङ्कट र विश्वव्यापी जेनजी आन्दोलनको भाग
विरोध प्रदर्शनहरू भइरहेका इरानी सहरहरू, सन् २०२६ जनवरी ८
मिति२८ डिसेम्बर २०२५ – हाल (१ महिना र १५ दिन)
स्थान
इरानका ३१ प्रदेशका १८० सहरहरू अन्तर्गत छुट्टाछुट्टै ५१२ स्थानहरूमा[][][]
कारणराजनीतिक समस्य
  • सत्तावाद
  • मानवअधिकार उल्लङ्घन
  • राजनीतिक भ्रष्टाचार
  • इन्टरनेट सेवा बन्द

प्रणालीगत र सैद्धान्तिक समस्या

  • विदेशी प्रतिनिधिको सक्रियता
  • हिजाब लगाउन अनिवार्य
  • जातीयताको आधारमा भेदभाव
  • धार्मिक उत्पीडित

आर्थिक समस्या

  • आर्थिक सङ्कट
  • अन्तर्राष्ट्रिय प्रतिबन्ध
  • खाद्यान्नमा उच्च मूल्य वृद्धि
  • मुद्रा सङ्कट – इरानी रियालको गम्भीर मूल्यह्रास
  • खानेपानी र उर्जा अभाव
लक्ष्य
  • इस्लामी प्रजातान्त्रिक सरकारको पतन[][]
  • रेजा पहलवी फिर्ता भई सङ्क्रमणकालीन सरकारको नेतृत्व (केही गुटहरू)[]
  • आर्थिक दुरव्यवस्थापनको अन्त्य
    • विनिमय दरको स्थिरीकरण
    • सर्वसाधारण तथा व्यवसायीहरूको समस्या समाधान
विधि
  • सडक प्रदर्शन, जुलुस र आगजनी
  • सरकार विरोधी नारा
  • हड्ताल तथा पसल बन्द (बजारका व्यापारी तथा व्यवसायीहरूद्वारा गरिएको)
  • अनलाइन सक्रियता
  • विद्यार्थी सक्रियता
  • दङ्गा
  • विद्रोह
  • क्रान्ति
स्थितिजारी
  • प्रदर्शनीकारीहरूलाई दमन गर्न प्रहरी बलको प्रयोग
  • देशव्यापी रूपमा टेलिफोन र इन्टरनेट सेवा बन्द
नागरिक द्वन्द्वका पक्षहरू

इरानी प्रतिपक्ष

  • सरकार विरोधी प्रदर्शन
  • विद्यार्थी आन्दोलन
  • प्रहरी र सैन्य जागीर छाडेका व्यक्तिहरूद्वारा समर्थित:
राजनीतिक समूहहरू:
  • स्वतन्त्र निर्वाचनका लागि इरानी राष्ट्रिय परिषद्[][][]
  • इरानी नागरिकको मोजाहेदिन सङ्गठन []
  • इरानमा धर्मनिरपेक्ष लोकतान्त्रिक गणराज्यका लागि सहकार्य[]
पृथकतावादी समूहहरू:
    • कुर्दीस्तानी पृथकतावादी
      • इरानी कुर्दिस्तानको गणतान्त्रिक पार्टी[१३][१४]
      • कुर्दिस्तान स्वतन्त्रता पार्टी[१३][१४]
      • कुर्दिस्तान स्वतन्त्र जीवन पार्टी[१३][१४]
      • इरानी कुर्दिस्तान सङ्घर्ष सङ्गठन[१३][१४]
      • इरानी कुर्दिस्तान कोमला पार्टी[१३][१४]
      • क्रान्तिकारी श्रमिक सङ्गठन [१३][१४]
      • कुर्दिस्तान श्रमिक सङ्गठन[१३][१४]
      • कुर्दिस्तान राष्ट्रिय सुरक्षा बल
        • याग्रोस टोर्नाडो युनिट्स[१५]
    • बलोच पृथकतावादी
    • दक्षिण अजरबैजानी पृथकतावादी
      • दक्षिण अजरबैजान सहयोग सङ्गठन[२०]
      • इरानमा अजरबैजान पार्टीहरूको समन्वय परिषद्[२१]
श्रमिक, नागरिक र अवकाशप्राप्त समूहहरू:
  • इरान स्वतन्त्र श्रमिक सङ्घ[२२]
  • इरानी लेखक सङ्घ[२२]
  • इरानी शिक्षक व्यापार सङ्घहरूको समन्वय परिषद्[२२]
  • हाफ्त तापेह उखु व्यवसायी श्रमिक सङ्गठन[२२]
  • स्वतन्त्र श्रम सङ्घ गठनका लागि समन्वय समिति[२२]
  • खुजेस्तान अवकाशप्राप्त श्रमिकहरू[२२]
  • अवकाशप्राप्त कर्मचारीहरूको सङ्घ[२२]
  • कुर्दिस महिला सङ्गठन[२२]
  • अवकाशप्राप्त कर्मचारी परिषद्[२३]
  • केर्मान्साह विद्युत् तथा धातु सङ्घ[२३]
  • "इरानमा हत्या रोक"[२३]
  • "न्याय साधक"[२३]
  • तेल मजदुरहरूको आन्दोलनका लागि समन्वय परिषद्[२३]
  • असङ्गठित तेल मजदुरहरूको आन्दोलनका समन्वय परिषद्[२३]
  • नेदे जनाने इरान[२३]
  • विश्व इरानी इसाई सङ्घ[२४]
  • इरान इरान सरकार
    • सशस्त्र बल
    • सरकार समर्थक प्रदर्शनकारी[२६] र सादा पोशाक लगाउने प्रहरी बल
    • सरकार समर्थित विदेशी शिया सैनिक[१९]
      • कुवात अल-हसद अस साबी
        • कताइब हजबुल्लाह
        • हरकत अल-नुजुबा
        • कताइब सइद उल-सुहादा
        • बदर सङ्गठन
      •  हिजबुल्लाह
      • लिवा फतेमियुन
      • लिवा जैनबियुन
नेतृत्व आंकडा
* "नेतृत्व विहीन" [२७][२८][२९][३०] * इरान अली खामेनेई
(इरानका सर्वोच्च नेता)
अन्य:
सङ्ख्या
१० लाख (इरान इन्टरनेसनलको अनुसार)[३३]
व्यापक रूपमा परिचालन
८०० देखि ५,००० इरानका इराकी सैनिक (इरानी प्रतिपक्षका अनुसार)[१९]
प्रदर्शनकारीहरू विरुद्ध खटिएका हजारौँ मानिसहरू[३४]
हाताहात
मृत्यु(हरू)३०,००० सम्म प्रदर्शनकारीहरू
( सिबिएन अनुसार)
१२,०००–२०,००० प्रदर्शनकारीहरू
(सिबिएस न्युज अनुसार )[३५]
१२,००० प्रदर्शनकारीहरू
(इरान इन्टरनेसनलको अनुसार)
३,०९०–६,९७२
(इरानमा कार्यरत मानवअधिकार कार्यकर्ताहरूको अनुसार)[]
~२,०००–३,०००
(इरान सरकारका अधिकारीहरूका अनुसार)[]
पक्राउ२२,१०४ []
सरकारले ८ जनवरी सन् २०२६ जनवरी ८ का दिनबाट लागू हुनेगरी गरिएको इन्टरनेट र टेलिफोन बन्दका वास्तविक हताहतको सङ्ख्या अनिच्छित छ।

सन् २०२५-२०२६ को इरानी आन्दोलनले (फारसी: اعتراضات دی ۱۴۰۴ ایران) सन् २०२५ को अन्तिम दिनहरूबाट इरानी सरकार विरुद्ध गरिएको जनविद्रोहको शृङ्खलालाई जनाउँदछ। डिसेम्बर २८ देखि गहिरो आर्थिक सङ्कट र सरकारप्रति व्यापक असन्तोषको पृष्ठभूमिमा इरानका थुप्रै सहरहरूबाट जनआन्दोलन सुरु भएको थियो। यी आन्दोलनहरूलाई १९७९ को इस्लामिक क्रान्तिकापछि सबैभन्दा ठूलो विद्रोहको रूपमा वर्णन गरिएको छ।[४०][४१][४२][४३][४४] यस आन्दोलनको प्रमुख कारणहरूमा मुद्रास्फीति, खाद्यान्नहरूमा अत्याधिक मूल्य वृद्ध‍ि र इरानी रियालको तीव्र अवमूल्यन रहेतापनि केही समयमै आन्दोलन अझ व्यापक बन्दै जाँदा इस्लामी प्रजातान्त्रिक शासनको अन्त्यको गर्न जोडदार रूपमा माग उठेको थियो। तेहरानका व्यापारी र बजार व्यवसायीहरूको सहभागिताबाट सुरु भएको यो आन्दोलन छिट्टै विश्वविद्यालयहरूमा फैलिन पुग्दा देशभरीबाट ठूलो सङ्ख्यामा विद्यार्थीहरू पनि यसमा सहभागी हुन आउँछन्।[४५][४६][४७][४८][४९] प्रदर्शनकारीहरूले "तानाशाहको मृत्यु", "पाहलवी फर्कनेछन्" र "शाह दीर्घायु रहून"—जस्ता सरकारविरोधी नाराहरू लगाएका थिए। यी नाराहरू मार्फत उनीहरूले आर्थिक सङ्कटका लागि जिम्मेवारहरूप्रति रिस व्यक्त गर्नुका साथै अझ व्यापक राजनीतिक माग पनि उठाएका थिए। अली खामेनेईको प्रत्यक्ष आदेशअनुसार प्रदर्शनकारीहरूमाथि प्रत्यक्ष रूपमा गोली प्रहार गरिएको र त्यसपछि भएको दमनले दर्जनौँ हजार प्रदर्शनकारीहरूको मृत्यु भएसँगै यो दमनलाई आधुनिक इरानी इतिहासमा सबैभन्दा ठूलो हत्याकाण्डहरू मध्ये एकको रूपमा हेरिएको छ।[५०][३५][५१]

सर्वसाधारणहरूद्वारा सरकार विरुद्ध गरिएको जनआन्दोलन धेरै हदसम्म नेतृत्वविहीन भएतापनि जनवरी ८ का दिनबाट पूर्व राजकुमार रेजा पहलावी र इरानी कुर्दिस्तानका सात राजनीतिक दलहरूले प्रदर्शन र हड्तालको आह्वान गरेपछि प्रदर्शनहरू उग्र बन्दै गएको देखिन्छ।[५२][५३] थुप्रै प्रदर्शनकारीहरूले पहलावी शाह वंशले इरानको शासनसत्ता सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्।[५४] उनीहरूले शान्तिपूर्ण रूपान्तरण र भविष्यको राजनीतिक प्रणाली कस्तो रहने भन्ने कुरालाई निर्णय गर्न जनमत सङ्ग्रहको पनि आह्वान गर्दै आएका छन्। इरानी सरकारले प्रदर्शनकारीहरूलाई सङ्गठित हुनबाट रोक्न इन्टरनेट र टेलिफोन जस्ता सेवाहरू बन्द गर्दै संयुक्त राज्य अमेरिकाइजरायलले प्रदर्शनलाई प्रोत्साहित गरेको आरोप लगाएको थियो।[१९]

९ जनवरीसम्म देशका सबै ३१ प्रदेशबाट लाखौँ मानिसहरू प्रदर्शनका लागि सडकमा निस्किएका थिए। इरान इन्टरनेसनलले १० जनवरीका दिन सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार देशमा इन्टरनेट पहुँच कटौतीको बीच र पछिल्ला ४८ घण्टामा इरानी सुरक्षा बलले प्रदर्शनकारीहरूमा प्रत्यक्ष गोली प्रहारको प्रयोग बढाउँदा कम्तीमा २,००० प्रदर्शनकारीहरू मारिएका थिए।[५५] तेहरान र सिराजका अस्पतालहरू घाइते प्रदर्शनकारीहरूले भरिएको र धेरैलाई गोली प्रहारबाट चोट लागेको थियो। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सुरक्षा बलहरूले प्रदर्शनकारीहरूमाथि गोली चलाएको पुष्टि गर्दा यसले मानव अधिकारको विषयमा अन्तर्राष्ट्रिय चिन्ता बढाएको थियो।[५६] त्यस्तै, हिंसात्मक दमनको क्रममा हजारौँलाई पक्राउ गरिएको थियो।[५७] इन्टरनेट र टेलिफोनको बन्दका बाबजुद पनि १० जनवरीका दिन द गार्डियन नामक एक पत्रिकाले निकालेको एक प्रतिवेदन अनुसार सुरक्षा बलले प्रदर्शनहरूमाथि ठूलो मात्रामा गोली चलाएको थियो भने एक प्रत्यक्षदर्शीले तेहरानभरि सयौँ शवहरू देखेको बताएका थिए। ११ जनवरीमा सार्वजनिक टाइम्स पत्रिकाको एक प्रतिवेदनले मृत्यु सङ्ख्या ६,००० अनुमान गरेको थियो।[५८] १३ जनवरीका दिन इरान इन्टरनेसनलले कम्तीमा १२,००० जनाको मृत्यु भएको भनिरहँदा सोही दिन सिबिएस न्युजले कम्तीमा १२,००० सम्भवतः २०,००० जनाको मृत्यु भएको भनी प्रतिवेदन निकालेको थियो।[३५]

  1. २,८८५ प्रदर्शनकारीहरू, १६५ सरकार सम्बन्धित व्यक्ति (सैनिक वा गैर-सैनिक), २१ प्रदर्शनीमा नउत्रिएका नागरिक, १९ नाबालक सहित पुष्टि गरिएको ३,८८२ मृत्युहरू समावेश छन्।[३६]
  2. हताहतको अनुमानित सङ्ख्याका बारेमा रोइटर्ससँग कुरा गर्ने एक अधिकारीले हताहत सङ्ख्या दुई हजारको हाराहारीमा रहेको बताएतापनि द न्युयोर्क टाइम्ससँग कुरा गर्ने एक अधिकारी हताहत सङ्ख्या तीन हजारको हाराहारीमा रहेको बताएका थिए। [३७][३८] इरानी राज्य सञ्चारमाध्यमका अनुसार १२१ सुरक्षा बलका सैनिकहरू सहित[३९]
  3. मृत्युदण्डको सजाय पाएका ८०० व्यक्तिहरू सहित[३६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Day Thirteen of the Protests: Nighttime Demonstrations Continue Amid Internet Shutdown", HRANA, ९ जनवरी २०२६, अन्तिम पहुँच १० जनवरी २०२६ 
  2. "Mapping the ongoing protests in Iran (UPDATED)", faytuksnetwork.com, अन्तिम पहुँच ७ जनवरी २०२६ 
  3. See also the map made by the Spiegel: Cieschinger, Almut; Kornfeld, Anna-Lena; Martin, Anna Sophia; Riedmann, Bernhard; Schneider, Anna-Sophie (९ जनवरी २०२६), "(S+) Iran: So breiten sich die regimekritischen Proteste aus", Der Spiegel (जर्मनेलीमा)। 
  4. "Day four of Iran protests sees rallies spread and regime change calls grow", Iran International (अङ्ग्रेजीमा), १ जनवरी २०२६, अन्तिम पहुँच २ जनवरी २०२६ 
  5. Parent, Deepa; Christou, William (३ जनवरी २०२६), "'No future for us': disaffected Iranians say it's now or never to topple regime", The Guardian (अङ्ग्रेजीमा)। 
  6. ६.० ६.१ "Reza Pahlavi, the exiled son of Iran's last shah at centre of protest chants", London: BBC News, ९ जनवरी २०२६, अन्तिम पहुँच ९ जनवरी २०२६ 
  7. "Protesters in Marvdasht chant 'Pahlavi will return' on fifth day of protests", Iran International, १ जनवरी २०२६, अन्तिम पहुँच ७ जनवरी २०२६ 
  8. Teller, Neville (३० जुन २०२५), "Is there a chance for regime change in Iran? – opinion", The Jerusalem Post, अन्तिम पहुँच ५ जनवरी २०२६ 
  9. ९.० ९.१ Shamim, Sarah, "Which are Iran's main opposition groups?", Al Jazeera English (अङ्ग्रेजीमा), अन्तिम पहुँच १२ जनवरी २०२६ 
  10. Jones, David (८ जनवरी २०२६), "If we don't ban Iran's terror gang now we never will", The Telegraph (अङ्ग्रेजीमा), आइएसएसएन 0307-1235, अन्तिम पहुँच ९ जनवरी २०२६ 
  11. Karim, Matin (४ जनवरी २०२५), "PMOI Resistance Units: "From Zahedan to Tehran, down with the oppressor"", People's Mojahedin Organization of Iran (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ जनवरी २०२६ 
  12. "Iran Braces for More Protests. Here's What to Know.", The New York Times, अन्तिम पहुँच ११ जनवरी २०२६ 
  13. १३.० १३.१ १३.२ १३.३ १३.४ १३.५ १३.६ "Call for general strike against repression in Kurdistan, in solidarity with protesters in Iran", Hengaw (अङ्ग्रेजीमा), ७ जनवरी २०२६, अन्तिम पहुँच ७ जनवरी २०२६ 
  14. १४.० १४.१ १४.२ १४.३ १४.४ १४.५ १४.६ "Iranian Kurdish groups support nationwide economic protests", Shafaq News (अङ्ग्रेजीमा), ७ जनवरी २०२६, अन्तिम पहुँच ७ जनवरी २०२६ 
  15. १५.० १५.१ Sleiman, Nadia (११ जनवरी २०२६), "Iran Update, January 10, 2026", Institute for the Study of War (अङ्ग्रेजीमा), अन्तिम पहुँच १२ जनवरी २०२६ 
  16. "Iran: Police officer shot dead in Iranshahr", caliber.az (अङ्ग्रेजीमा), ८ जनवरी २०२६, अन्तिम पहुँच ७ जनवरी २०२६ 
  17. "خبرگاه؛ علی اردستانی به اتهام "جاسوسی" برای اسرائیل اعدام شد", Deutsche Welle (फारसीमा), अन्तिम पहुँच ७ जनवरी २०२६ 
  18. "Iranian Baloch group calls for protests and strikes across Iran", Iran International, ७ जनवरी २०२६। 
  19. १९.० १९.१ १९.२ १९.३ "Iran Update, January 11, 2026", Institute for the Study of War, अन्तिम पहुँच १३ जनवरी २०२६ 
  20. "Iran is Cut off from Internet as Protests Calling for Regime Change Intensify", The New York Times, जनवरी २०२६। 
  21. "Iran's protests no longer speak language of reform [OPINION]", Azernews.Az, ९ जनवरी २०२६। 
  22. २२.० २२.१ २२.२ २२.३ २२.४ २२.५ २२.६ २२.७ "Iranian Authorities Intensify Crackdown on Protests with Live Fire, Arbitrary Arrests, and Attacks on Hospitals", Center for Human Rights in Iran (अङ्ग्रेजीमा), ६ जनवरी २०२६। 
  23. २३.० २३.१ २३.२ २३.३ २३.४ २३.५ २३.६ "Iranian labor, civil and retiree groups voice support for protests", Iran Insight (अङ्ग्रेजीमा), ४ जनवरी २०२६। 
  24. "Iranian Christian alliance urges restraint as protests continue across Iran - Premier Christian News | Headlines, Breaking News, Comment & Analysis", premierchristian.news 
  25. Bern, Stefaniia (१० जनवरी २०२६), "Iran Update, January 9, 2026", Institute for the Study of War (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० जनवरी २०२६ 
  26. Thousands participate in pro-government rallies across Iran (अङ्ग्रेजीमा), अन्तिम पहुँच १२ जनवरी २०२६ – Youtubeद्वारा। 
  27. "Iranian protests escalate as authorities cut internet and crackdown intensifies", Euronews, अन्तिम पहुँच ९ जनवरी २०२६ 
  28. "Protests in Iran sparked by economic woes now nationwide, activists say", ABC News, ८ जनवरी २०२६। 
  29. Dehghanpisheh, Babak; Austin, Henry (८ जनवरी २०२६), "Video shows security forces firing tear gas at protesters as Iran crackdown kills dozens", NBC News 
  30. "In Iran, no internet and surging protests urged on by an exiled prince", Global News, ८ जनवरी २०२६। 
  31. "استقبال گسترده از فراخوان شاهزاده رضا پهلوی برای قیام ملی", ایندیپندنت فارسی (फारसीमा), ८ जनवरी २०२६, अन्तिम पहुँच ९ जनवरी २०२६ 
  32. "Internet and phones cut in Iran as protesters heed exiled prince's call for mass demonstration", Politico, ८ जनवरी २०२६। 
  33. "Millions of Iranians take to the streets as protest death toll hits 42", Iran International, ९ जनवरी २०२६, अन्तिम पहुँच ९ जनवरी २०२६ 
  34. Christou, William; Parent, Deepa (१२ जनवरी २०२६), "Iran holds pro-government rally as regime seeks to downplay protests", The Guardian (अङ्ग्रेजीमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच १२ जनवरी २०२६ 
  35. ३५.० ३५.१ ३५.२ "Over 12,000 feared dead after Iran protests, as video shows bodies lined up at morgue", CBS News, १३ जनवरी २०२६, अन्तिम पहुँच १३ जनवरी २०२६ 
  36. ३६.० ३६.१ "Day 20 of Protests: Continued Internet Blackout and Human Rights Groups Focus on Documenting the Crackdown", HRANA, १६ जनवरी २०२६, अन्तिम पहुँच १६ जनवरी २०२६ 
  37. "About 2,000 killed in Iran protests, official says", Reuters, १३ जनवरी २०२६, अन्तिम पहुँच १३ जनवरी २०२६ 
  38. "'Shoot to Kill': Accounts of Brutal Crackdown Emerge From Iran", The New York Times, १३ जनवरी २०२६, अन्तिम पहुँच १३ जनवरी २०२६ 
  39. "Iran Says It's Quelled Protests After Hundreds Reported Killed", Bloomberg News, १२ जनवरी २०२६। 
  40. "Protests erupt in Iran over currency's plunge to record low", AP News (अङ्ग्रेजीमा), २९ डिसेम्बर २०२५, अन्तिम पहुँच ३० डिसेम्बर २०२५ 
  41. Salem, Mostafa (३० डिसेम्बर २०२५), "Iran's ailing supreme leader resorts to his only playbook as crises mount and protests erupt", CNN (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ डिसेम्बर २०२५ 
  42. Barin, Mohsen (३१ डिसेम्बर २०२५), "Iran's economic crisis, political discontent threaten regime", डोयचे भेले, अन्तिम पहुँच ३१ डिसेम्बर २०२५ 
  43. "Iran Nationwide Protests Challenge Regime Amid Economic Crisis", mezha (अङ्ग्रेजीमा), ८ जनवरी २०२६, अन्तिम पहुँच ८ जनवरी २०२६ 
  44. Sparks, John (९ जनवरी २०२६), "Iran's leaders facing most serious threat since 1979 revolution", Sky News (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ जनवरी २०२६ 
  45. "گزارشگر منوتو از خرم‌آباد ویدیویی از سردادن شعار«این آخرین نبرده، پهلوی برمی‌گرده»" (फारसीमा), Manoto, डिसेम्बर २०२५, अन्तिम पहुँच १ जनवरी २०२६ 
  46. "Protesters in Isfahan chant 'death to the dictator'", Iran International, ३० डिसेम्बर २०२५, अन्तिम पहुँच १ जनवरी २०२६ 
  47. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Iran International-2025d नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  48. Chouire, Tarek (९ जनवरी २०२६), "Iran downplays risk of military escalation, accuses US, Israel of fueling unrest", Anadolu Agency, अन्तिम पहुँच ११ जनवरी २०२६ 
  49. "Iran's top judge warns protesters of 'no leniency' as unrest persists", Reuters, ७ जनवरी २०२६, मूलबाट ७ जनवरी २०२६-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जनवरी २०२६ 
  50. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Iran International-2026j नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  51. "Khamenei ordered killings with approval of top state bodies, sources say", www.iranintl.com (अङ्ग्रेजीमा), १३ जनवरी २०२६, अन्तिम पहुँच १४ जनवरी २०२६ 
  52. "Iranians protest for 12th day as Kurdish opposition calls for general strike", France 24 (अङ्ग्रेजीमा), ८ जनवरी २०२६, अन्तिम पहुँच ११ जनवरी २०२६ 
  53. Parent, Deepa; Christou, William (७ जनवरी २०२६), "'They are killing us': authorities use force against protesters in Kurdish regions of Iran", The Guardian (अङ्ग्रेजीमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच ११ जनवरी २०२६ 
  54. Gritten, David (९ जनवरी २०२६), "Huge anti-government protests in Tehran and other Iranian cities, videos show", BBC News (London), अन्तिम पहुँच १० जनवरी २०२६ 
  55. "Mass killings reported as security forces use live fire on Iran protesters", Iran International, १० जनवरी २०२६, मूलबाट ११ जनवरी २०२६-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जनवरी २०२६ 
  56. "سخنگوی وزارت خارجه جمهوری اسلامی «شلیک مستقیم» به شهروندان معترض را تایید کرد", Iran International (फारसीमा), १२ जनवरी २०२६, अन्तिम पहुँच १२ जनवरी २०२६ 
  57. Christou, William; Parent, Deepa (१० जनवरी २०२६), "New protests erupt in Iran as supreme leader signals upcoming crackdown", The Guardian (अङ्ग्रेजीमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच १० जनवरी २०२६ 
  58. Vick, Karl; Serjoie, Kay Armin (११ जनवरी २०२६), "Death Toll in Iran May Already Be in the Thousands", Time (magazine), अन्तिम पहुँच १२ जनवरी २०२६ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]