सन् २०२५ को बोन्डाई समुद्री तट गोलीकाण्ड
| सन् २०२५ को बोन्डाई समुद्री तट गोलीकाण्ड | |
|---|---|
दुई संदिग्ध हतियारधारीहरू गोली लिएर दौडिँदै गर्दाको दृश्य | |
![]() सिड्नीमा घटना घटेको स्थान | |
| स्थान | आर्चर पार्क, बोन्डाई समुद्री तट, सिड्नी, न्यु साउथ वेल्स, |
| मिति | १४ डिसेम्बर २०२५ अन्दाजी १८:४७[१] (अस्ट्रेलियाली समय, युटिसी+११:००) |
| लक्ष्य | हानुका पर्व मनाउँदै गरेका यहुदीहरू विरुद्ध |
आक्रमणको प्रकार | साङ्घातिक गोलीकाण्ड |
| हतियारहरू | |
| मृत्यु | १६ (एक हतियारधारीसहित) |
| घाइते | ४० (एक हतियारधारीसहित) |
| हमलावरहरू | |
| उद्देश्य | इस्लामी राज्यवादद्वारा प्रेरित यहुदीविरोधी भावना[४][५] |
सन् २०२५ को बोन्डाई समुद्री तट गोलीकाण्ड (अङ्ग्रेजी: 2025 Bondi Beach shooting) हनुका पर्व मनाउन भेला भएका मानिसहरूमाथि गरिएको एक आतङ्ककारी हमलाको एक घटना थियो।[६] यो घटना सन् २०२५ डिसेम्बर १४ का दिन अस्ट्रेलियाको सिड्नी सहरमा अवस्थित आर्चर पार्क नजिक पर्ने बोन्डाई समुद्री तटमा घटेको थियो जहाँ हजार जनाको सहभागिता रहेको समूहमाथि ठूलो परिमाणमा गोली चलाई गरिएको थियो।[७] यस घटनामा दुई जना बन्दुकधारी आतङ्कवादीहरूले भीडमा अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित १५ सर्वसाधारणहरूको मृत्यु भएको थियो। प्रहरीले र अस्ट्रेलियाली गुप्तचर आयोगहरूले यसलाई इस्लामी राज्यसँग सम्बन्धित आतङ्कवादी घटना भनि घोषणा गरेको थियो। थुप्रै विश्व नेता, समाचार माध्यम र अस्ट्रेलियाली अधिकारीहरूले यस गोलीकाण्डलाई यहुदी-विरोधी भावनाबाट प्रेरित भएको बताएका थिए।[८]
घटना लगत्तै न्यु साउथ वेल्स प्रहरी बलले एक आक्रमणकारीलाई घटनास्थलमै गोली हानी हत्या गरी अर्का आरोपित हतियारधारीलाई गम्भीर घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो। प्रहरीले जनाए अनुसार दुवै संदिग्ध बुबा र छोरा थिए। यस घटनामा कम्तीमा दुई प्रहरी अधिकारीसहित ४० जना घाइते भए भने उनीहरूलाई विभिन्न अस्पतालमा लगिएको थियो। प्रहरीले आक्रमणकारीहरू मध्ये एकको कारमा रहेको शङ्कास्पद, घरमै बनाइएको बम फेला पारी निष्क्रिय पारेको थियो। अस्ट्रेलियाली प्रधानमन्त्री एन्टोनी अल्बानेजले बताए अनुसार, यो हमला हनुका पर्वको पहिलो दिन यहुदी समुदायमाथि विचारपूर्वक गरिएको एक साङ्घातिक आक्रमण थियो। यो गोलीकाण्ड अस्ट्रेलियाली इतिहासको सबैभन्दा घातक आतङ्कवादी घटना मध्ये एक थियो भने यो घटनम आधुनिक इतिहासमा, सन् १९९६ को पोर्ट आर्थर नरसंहारपछि दोस्रो सबैभन्दा बढी हताहत भएको सामूहिक गोलीकाण्ड थियो जसले देशमा विश्वकै कडा हतियार कानून लागू गराएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ McGarvey, Emily; Moon, Jenna; Yeung, Tinshui (१४ डिसेम्बर २०२५), "Twelve killed in shooting targeting Jewish community at Australia's Bondi Beach, police say", BBC News, अन्तिम पहुँच १४ डिसेम्बर २०२५।
- ↑ २.० २.१ Gilbody-Dickerson, Claire; Parker, Adam (१५ डिसेम्बर २०२५), "Timeline of Bondi Beach shooting: Videos show how terror attack unfolded", Sky News, अन्तिम पहुँच १५ डिसेम्बर २०२५।
- ↑ ३.० ३.१ Spencer, Thomas (१५ डिसेम्बर २०२५), "What type of weapons did the Bondi Beach attackers use?", BBC News (BBC), अन्तिम पहुँच १६ डिसेम्बर २०२५।
- ↑ "'Act of evil antisemitism': Terrorist incident declared after 12 killed in Bondi Beach shooting — as it happened", SBS News, १४ डिसेम्बर २०२५, अन्तिम पहुँच १४ डिसेम्बर २०२५।
- ↑ "Sydney Hanukkah massacre appears motivated by 'Islamic State ideology' — Australian PM", The Times of Israel (अङ्ग्रेजीमा), Agence France-Presse, १५ डिसेम्बर २०२५, आइएसएसएन 0040-7909, अन्तिम पहुँच १६ डिसेम्बर २०२५।
- ↑ "अस्ट्रेलियाको बोन्डी समुद्रतटमा हनुक्का उत्सव चलिरहेका बेला बाबुछोराले चलाए गोली, १५ जनाको मृत्यु", हाम्रो पात्रो, १४ डिसेम्बर २०२५, अन्तिम पहुँच १४ डिसेम्बर २०२५।
- ↑ "अस्ट्रेलिया गोलीकाण्डका सन्दिग्ध आक्रमणकारीमध्ये मृत बुवा 'भारतीय नागरिक', छोराविरुद्ध मुद्दा दर्ता", बीबीसी नेपाली, १४ डिसेम्बर २०२५, अन्तिम पहुँच १४ डिसेम्बर २०२५।
- ↑ "अस्ट्रेलियाको बोन्डाइ बीच गोलीकाण्ड 'इस्लामिक स्टेट विचारधारा'बाट प्रेरित: अस्ट्रेलियाका प्रधानमन्त्री", बीबीसी नेपाली, १४ डिसेम्बर २०२५, अन्तिम पहुँच १४ डिसेम्बर २०२५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा सन् २०२५ को बोन्डाई समुद्री तट गोलीकाण्डसँग सम्बन्धित मिडिया छन्
