सन् २०२५ डिसेम्बरको बङ्गलादेशी हिंसा
| सन् २०२५ डिसेम्बरको बङ्गलादेशी हिंसा | |
|---|---|
| जुलाई क्रान्तिको परवर्ती घटनाक्रम र विद्यार्थी–जनताको विद्रोपपछिको हिंसाको एक भाग | |
उस्मान हादीका समर्थकहरू उनको निधनको विरोधमा शहबाग, ढाकामा प्रदर्शन गर्दै, १९ डिसेम्बर २०२५ | |
| स्थान | देशव्यापी रूपमा |
| मिति | १८ डिसेम्बर २०२५ – हाल |
| लक्ष्य |
|
आक्रमणको प्रकार |
|
| घाइते | २ |
| पीडितहरू |
|
| उद्देश्य |
|
सन् २०२५ डिसेम्बरको बङ्गलादेशी हिंसाले (बङ्गाली: ডিসেম্বর ২০২৫-এ বাংলাদেশে সহিংসতা) डिसेम्बर महिनाको मध्यतिरबाट देशव्यापी रूपमा फैलिएका दङ्गासहितका हिंसा, आगजनी, तोडफोड र राजनीतिक अस्थिरतालाई जनाउँछ। इन्किलाब मञ्चका प्रवक्ता तथा जुलाई विद्रोहका नेता, सरिफ उस्मान हादीको सन् २०२५ डिसेम्बर १८ का दिन सिङ्गापुरको एक अस्पतालमा निधन भएसँगै यो हिंसा देशव्यापी रूपमा भड्किएको थियो। ढाकाको पुराना पल्टन क्षेत्रमा टाउकोमा गोली लागेपछि उनलाई एयर एम्बुलेन्समार्फत सिङ्गापुर लगिएको थियो।[१][२]हत्या गर्ने उद्देश्यले उनीमाथि गोली चलाइएको र उनको मृत्यु पश्चात् सिर्जित घटनाले सर्वसाधारणमा ठूलो परिमाणमा शोकसँगै यसले सर्वसाधारणहरूलाई आन्दोलित बनाएको थियो।
हादीको मृत्युको घोषणा पश्चात् उनका समर्थकहरूले देशका विभिन्न स्थानहरूमा तोडफोड र आगजनीसहित हिंसात्मक घटना घट्नुका साथै देशका प्रमुख राष्ट्रिय दैनिकहरू; प्रथोम आलो र द डेली स्टारको कार्यालयमा आन्दोलनकारीहरूले तोडफोड र आगजनी गरेका थिए।[३][४][५]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]उस्मान हादी एक बङ्गलादेशी राजनीतिज्ञ तथा राजनीतिक कार्यकर्ता थिए जो भारत र अवामी लिग विरोधी दृष्टिकोणका साथै राजनीतिक व्यवस्थाप्रति जनपक्षीय समर्थनका लागि परिचित थिए। उनी इन्किलाब मञ्चका स्थापक नेता थिए भने यस सङ्गठनलाई सन् २०२४ को जुलाई क्रान्ति पछिका आन्दोलन आदर्शहरू संरक्षण गर्न स्थापना गरिएको थियो।
सन् २०२५ डिसेम्बर १२ का दिन हादीलाई अज्ञात आक्रमणकारीहरूको एक समूहले उनलाई गोली हानेको थिए। सन् २०२४ देखिनै सरकारले अवैध घोषणा गरेको अवामी लिग पार्टीका कार्यकर्ताहरूले उनीमाथि गोली बर्साएका थिए थिए भने उनीहरू अवामी लिगको विद्यार्थी शाखा, छत्र लिगका सदस्यहरू रहेको अनुसन्धानबाट पत्ता लागेको थियो। तथ्याङ्क अनुसार आक्रमणकारीहरू भारतमा शरण लिन बङ्गलादेशबाट भागेका थिए। १८ डिसेम्बरमाका दिन हादीको सिङ्गापुर जनरल अस्पतालमा मृत्यु भएको थियो। हिंसाको भड्कनुअघि देशका विभिन्न स्थानहरूमा देशव्यापी प्रदर्शनहरू सुरु भइसकेको थियो।
हिंसा
[सम्पादन गर्नुहोस्]सञ्चारमाध्यमका भवनहरूमा आक्रमण
[सम्पादन गर्नुहोस्]सन् २०२५ डिसेम्बर १८ का दिन इन्किलाब मञ्चका प्रवक्ता सरिफ उसमान हादीको मृत्यु पश्चात् ढाकाको कार्वान बजार क्षेत्रमा अवस्थित प्रथोम आलोको मुख्य कार्यालय (प्रगति भवन) तोडफोड र आगजनीको शिकार बन्न पुगेको थियो।[६] त्यस रात प्रदर्शनकारीहरूको एक समूह शाहबागबाट नाराजुलुसका कार्वान बजार क्षेत्र प्रवेश गरी पत्रिकाको कार्यालयमा आतङ्ककारी हमला गरेको थियो। प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार, कट्टरपन्थी युवाहरूको एक समूह भवनको ग्रिल तोडी भित्र प्रवेश गरेर सोधपुछ कक्षमा तोडफोड गरेका थिए। त्यसपछि उनीहरूले झ्यालका सिसा फुटाउँदै भवनको प्रवेशद्वारको अगाडि राखिएका फर्निचर र कागजातहरूमा आगजनी गरेका थिए।[७] यस समयमा उनीहरूले 'इन्किलाब इन्किलाब, जिन्दाबाद जिन्दाबाद', 'नारे तकबीर', 'अल्लाहु अकबर' लगायत विभिन्न प्रकारका नाराहरू लगाएका थिए। यसैबीच प्रहरीहरूको एक समूह परिस्थितिलाई नियन्त्रणमा लिन असफल हुन्छ।[८]
प्रथम आलोको कार्यालयमा आगजनीपछि डेली स्टारको कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका थिए।[९] आक्रमणकारीहरूले डेली स्टाको भवनमा आगो लगाउँदा विषाक्त धुँवा फैलिएपछि त्यहाँ कार्यरत २५ देखि २८ जना पत्रकार र कर्मचारीहरू भवनको छतमा फसेका थिए।[१०] पछि दमकल र सेनाको सहयोगमा भवनमा फरेका पत्रकारहरूलाई उद्धार गरिएको थियो। राति करिब साढे २ बजे सम्पादक परिषद्को अध्यक्ष र न्यु एज पत्रिकाका सम्पादक नुरुल कबीर आक्रमणको विरोध जनाउन डेली स्टार भवनअगाडि आइपुग्छन्। यसबेला उनमाथि आक्रमणको प्रयास गरी उनलाई उत्पीडित गरिएको थियो। स्थित सम्हाल्न सेनाको सहयोगमा उनलाई उद्धार गरिएको थियो।[११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "শাহবাগ মোড়ে অবস্থান নিয়ে ছাত্র-জনতার হাদি হাদি স্লোগান"। বাংলা আউটলুক (बङ्गाली भाषा)। सङ्ग्रह मिति २०२५-१२-१९।
- ↑ "ওসমান হাদির মৃত্যুকে কেন্দ্র করে দেশের বিভিন্ন স্থানে ভাঙচুর-অগ্নিসংযোগ"। বিবিসি বাংলা (बङ्गाली भाषा)। २०२५-१२-१९। सङ्ग्रह मिति २०२५-१२-१९।
- ↑ "ওসমান হাদির মৃত্যুকে কেন্দ্র করে দেশের বিভিন্ন স্থানে ভাঙচুর-অগ্নিসংযোগ", बीबीसी बाङ्ला (बङ्गालीमा), १९ डिसेम्बर २०२५।
- ↑ "Violent protests in Bangladesh after pro-democracy figure dies in hospital", The Guardian, १९ डिसेम्बर २०२५, अन्तिम पहुँच १९ डिसेम्बर २०२५।
- ↑ "Riots Erupt in Bangladesh After the Killing of a Student Leader", New York Times, अन्तिम पहुँच १९ डिसेम्बर २०२५।
- ↑ "ভাঙচুর-আগুনে ধ্বংসস্তূপ প্রথম আলো ও ডেইলি স্টার"। বাংলা ট্রিবিউন (बङ्गाली भाषा)। सङ्ग्रह मिति १९ डिसेम्बर २०२५।
- ↑ "প্রথম আলো-ডেইলি স্টারের অফিসে ক্ষুব্ধ বিক্ষোভকারীদের ভাঙচুর-আগুন"। দ্য বিজনেস স্ট্যান্ডার্ড। १९ डिसेम्बर २०२५। सङ्ग्रह मिति १९ डिसेम्बर २०२५।
- ↑ "প্রথম আলো ও ডেইলি স্টার কার্যালয়ে হামলা-অগ্নিসংযোগ, প্রকাশনা বন্ধ"। দৈনিক গণকণ্ঠ। सङ्ग्रह मिति १९ डिसेम्बर २०२५।
- ↑ "ডেইলি স্টার, প্রথম আলো কার্যালয়ে নজিরবিহীন হামলা ভাঙচুর আগুন"। দৈনিক কালবেলা। सङ्ग्रह मिति १९ डिसेम्बर २०२५।
- ↑ "নীচে আগুন, রাতভর অফিসের ছাদে সিঁটিয়ে ২৮ কর্মী, পাইপ বেয়ে নামতেই গণধোলাই! কী ঘটে দুই সংবাদপত্রের দফতরে"। আনন্দবাজার পত্রিকা। सङ्ग्रह मिति १९ डिसेम्बर २०२५।
- ↑ "নিউ এজ সম্পাদক নূরুল কবীর হেনস্তার শিকার"। দৈনিক আমার দেশ (बङ्गाली भाषा)। १९ डिसेम्बर २०२५। सङ्ग्रह मिति १९ डिसेम्बर २०२५।