सामग्रीमा जानुहोस्

सन् २०२५ पहलगाम नरसंहार

निर्देशाङ्कहरू: ३४°००′१३″उ ७५°२०′०१″पू / 34.00361°N 75.33361°E / 34.00361; 75.33361
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०२५ पहलगाम नरसंहार
को भाग जम्मू र कश्मीरमा विद्रोह
आक्रमण भएको उपत्यकाको दृश्य
पहलगाम is located in जम्मु र कश्मीर
पहलगाम
पहलगाम
पहलगाम (जम्मु र कश्मीर)
भारत प्रशासित जम्मु र कश्मीरमा उक्त आक्रमण भएको थियो।
स्थानबैसरन उपत्यका, पहलगाम, अनन्तनाग जिल्ला, भारत प्रशासित जम्मु र कश्मीर
निर्देशाङ्क३४°००′१३″उ ७५°२०′०१″पू / 34.00361°N 75.33361°E / 34.00361; 75.33361
मिति२२ अप्रिल २०२५
लक्ष्यपर्यटक
आक्रमणको प्रकार
अन्धाधुन्ध गोलीबारी
सामूहिक हत्या
हतियारहरूएमफोर कार्बाइन, एके फोर्टी सेभेन[]
मृत्यु२८[]
घाइते२०+
पीडितहरू#हताहत हेर्नुहोस्
अपराधीहरू
सहभागीहरूको सङ्ख्या
[]
उद्देश्यकश्मीरमा कथित गैर-स्थानीय बस्तीको विरोध[]

२२ अप्रिल २०२५ (९ वैशाख २०८२) मा भारत प्रशासित जम्मु–कश्मीरको अनन्तनाग जिल्लाको पहलगाम नजिकैको बैसरन घाँसे मैदानमा भएको आतङ्कवादी हमलामा कम्तीमा २८ जना पर्यटकको मृत्यु हुनुका साथै अन्य २० जनाभन्दा बढी घाइते भएका थिए।[] जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खारेज गरिएपछि यस क्षेत्रमा सबैभन्दा घातक मध्येको एक यो आक्रमण सर्वसाधारणलाई लक्षित गरी गरिएको थियो र कश्मीर उपत्यकामा जनसाङ्ख्यिकीय परिवर्तनको प्रतिरोध गर्ने उद्देश्यले आक्रमण गरिएको बताइएको थियो।[][] यस आक्रमणमा परि एक नेपालीको पनि मृत्यु भएको थियो।[१०][११]

लस्कर–ए–तैयबा को एक शाखा द रेजिस्टेन्स फ्रन्ट (TRF) ले आक्रमणको जिम्मेवारी लिएको छ।[१२]

सङ्घर्षको इतिहास

[सम्पादन गर्नुहोस्]

सन् १९८९ मा जम्मु र काश्मीरमा इस्लामिक सशस्त्र विद्रोह सुरु भएको थियो र त्यसपछि हालसम्म पनि यो जारी छ र हालैका वर्षहरूमा हिंसामा भारी कमी आएको छ। सन् २०१९ मा भारतले जम्मू–कश्मीरको विशेष राज्यको दर्जा खारेज गर्दै राज्यलाई दुई केन्द्र शासित प्रदेश जम्मू–कश्मीरलद्दाखमा विभाजन गरेको थियो।[१३] यस कदमले स्थानीय अधिकारीहरूलाई पहिले योग्य नभएका व्यक्तिहरूलाई बसोबासको दर्जा जारी गर्न अधिकार दियो, जसले उनीहरूलाई विवादित क्षेत्रमा जग्गा किन्न र रोजगारी प्राप्त गर्न अनुमति दियो।[१४] १० अप्रिल २०२५ मा, राजस्व मन्त्रीले पछिल्लो दुई वर्षमा ८३,००० व्यक्तिहरूलाई नयाँ नियम अन्तर्गत निवास प्रमाणपत्र जारी गरिएको खुलासा गरेका थिए।[१५] फोर्ब्सका अनुसार, कश्मीर पहिले नै विश्वको सबैभन्दा सैन्यीकृत क्षेत्र थियो।[१६]

यस क्षेत्रको सीमित स्वायत्तता खारेज भएपछि भारतले व्यापक दमन सुरु गरेको थियो। यसले कश्मीर विवादका बीच पाकिस्तानसँगको सम्बन्ध बिग्रिएको थियो।[१७][१८]

२२ अप्रिल २०२५ मा १४:५० बजे, कम्तीमा चार जना लडाकूहरू पहलगाम सहरबाट लगभग ७ किलोमिटर टाढा रहेको बैसरन उपत्यकाको घाँसे मैदानमा प्रवेश गरेका थिए।[१९] यो क्षेत्र चारैतिरबाट घना पाइन जङ्गलले घेरिएको छ, यस क्षेत्रलाई "सानो स्विट्जरल्यान्ड"को रूपमा चिनिन्छ र यो पिकनिकको लागि एक लोकप्रिय स्थान हो।[२०] लडाकूहरूले एम ४ कार्बाइन र एके-४७ बोकेका थिए र सैन्य शैलीको पोशाक लगाएका थिए।[२१][२२]


आक्रमणकारीहरूले गोली चलाउनु अघि पीडितहरूको नाम र धर्म मागेका थिए।[२३] कोही-कोहीले उनीहरूलाई छ कलिमा पाठ गर्न भनिएको थियो।[२४][२५] एक स्थानीय कश्मीरी शिया मुस्लिम, सैयद आदिल हुसेन शाहले पर्यटकहरूको रक्षा गर्न र आक्रमणकारीहरू मध्ये एकको हातबाट राइफल निकालेर आक्रमण रोक्न प्रयास गरेका थिए तर यस प्रयासमा उनको मृत्यु भएको थियो। प्रत्यक्षदर्शी भिडियोहरूमा आतङ्कित र घाइते पीडितहरूले सहयोगको याचना गरेको दृश्यहरू देखाइएको थियो।[२६][२७][२८] एउटी महिला आफ्ना पतिका लागि सहयोगको लागि चिच्याइरहेकी देखिन्थिन् भने अन्यहरू घाँसे मैदानमा अचेत अवस्थामा भेटिएका थिए। आक्रमणको खबर जिल्ला सदरमुकाममा पुगेको केही बेरमै आपतकालीन सेवा घटनास्थलमा पुगेको थियो। गम्भीर घाइते भएका दुई जनालाई साढे १६ बजेतिर अनन्तनाग जिल्ला अस्पतालमा लगिएको थियो भने अन्यलाई नजिकैको मेडिकल सेन्टरमा लगिएको थियो। केहीलाई हेलिकप्टरबाट थप उपचारका लागि श्रीनगर स्थित सैनिक अस्पतालमा लगिएको थियो।[२९]

स्थानीयहरूले पनि उद्धार गरी पीडितलाई आश्रय दिएका थिए। स्थानीय पोनी ह्यान्डलर्स एसोसिएसनका सदस्यहरूले लगभग ११ जना घाइते पर्यटकहरूलाई स्ट्रेचरमा राखेर उद्धार गरेका थिए। प्रत्यक्षदर्शीहरूले अधिकांश पीडितहरू पुरुष रहेको बताएका थिए। धेरै पीडितहरूलाई नजिकैबाट गोली हानिएको थियो र घटनास्थलको भिडियो फुटेजमा रगताम्य व्यक्तिहरू भुइँमा लडेको र अरूले मद्दतको लागि बिन्ती गरेको देखाइएको थियो।[३०]

आक्रमणकारीहरूले लश्करे तैयबाको प्रोपोगान्डासँग जोडिएको यस आक्रमणलाई रेकर्ड गर्न शारीरिक क्यामेराको प्रयोग गरेको विश्वास गरिएको छ। सेना, अर्धसैनिक बल र जम्मू–कश्मीर प्रहरीले संयुक्त घेराबन्दी र खोजी अभियान चलाएका थिए। पहलगाममा अस्थायी लकडाउन लागू गरिएको थियो र पीर पञ्जाल हिमशृङ्खला माथिल्लो क्षेत्रमा भागेका लडाकूहरूको खोजीका लागि हेलिकप्टरहरू तैनाथ गरिएको थियो। उक्त समूहले कश्मीरमा कसरी घुसपैठ गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको भएको थियो।

उक्त आक्रमणमा भारतका विभिन्न स्थानबाट आएका २५ भारतीय पर्यटक, जम्मु र काश्मीरका दुई स्थानीय र नेपालसंयुक्त अरब इमिरेट्सका दुई विदेशी पर्यटकसहित २८ जना सर्वसाधारणको मृत्यु भएको थियो।[३१][३२]

अन्य २० जना घाइते भएका थिए। मृत्यु हुनेमा अरुणाचल प्रदेश, कर्नाटक, केरल, महाराष्ट्र, उडिसा, गुजरात, हरियाणा, पश्चिम बङ्गाल र उत्तर प्रदेशका साथै गुजरात, तमिलनाडु र महाराष्ट्रका घाइतेहरू रहेका छन्।[३३][३४] हताहत हुनेमा एक २६ वर्षीय भारतीय नौसेना अधिकारी र एक गुप्तचर ब्यूरो अधिकारी थिए। [३५][३६]

पहलगाम आतङ्कवादी नरसंहारमा मारिएका व्यक्तिहरूको सूची[३७]

[सम्पादन गर्नुहोस्]
क्रम संख्या मृतकको नाम पिता/अभिभावकको नाम बसोबास स्थान लिङ्ग
1 सुशील नाथ्याल जैराइद नाथ्याल इन्दौर, मध्य प्रदेश पुरुष
2 सैयद आदिल हुसैन शाह सैयद हैदर शाह हापतनार, तहसील पहलगाम, जम्मू र कश्मीर पुरुष
3 हेमंत सुहास जोशी दूरव जोशी मुम्बई (तमी मुम्बई), महाराष्ट्र पुरुष
4 विनय नरवाल[३८] राजेश नरवाल करनाल, हरियाणा पुरुष
5 अतुल श्रीकांत मोनी श्री राम आचल डोम्बिवली, महाराष्ट्र पुरुष
6 नीरज उधवानी प्रदीप कुमार उत्तराखण्ड पुरुष
7 बिटन अधिकारी ब्रेवर अधिकारी कोलकाता, पश्चिम बंगाल पुरुष
8 सुदीप न्यौपाने[३९] कुशल राज न्यौपाने बुटवल, नेपाल पुरुष
9 शुभम द्विवेदी[४०] मनोज द्विवेदी कानपुर, उत्तर प्रदेश पुरुष
10 प्रशांत कुमार सतपथी बालेश्वर बालेश्वर, ओडिशा पुरुष
11 मनीष रंजन (आबकारी निरीक्षक) मंगलेश के.आर. मिश्रा बिहार पुरुष
12 एन. रामचंद्रन नारायण मेमन कोच्चि, केरल पुरुष
13 संजय लक्ष्मण लाली लक्ष्मण लाली ठाणे, मुम्बई पुरुष
14 दिनेश अग्रवाल पी.सी. अग्रवाल चण्डीगढ़ पुरुष
15 समीर गुहार शाही गुहार कोलकाता, पश्चिम बंगाल पुरुष
16 दिलीप दासली पनवेल, मुम्बई पुरुष
17 जे. सच्चंद्रा मोली विशाखपटनम, आन्ध्र प्रदेश पुरुष
18 मधुसूदन सोमिसेट्टी त्रिलुपला सोमिसेट्टी बेंगलुरु, कर्नाटक पुरुष
19 संतोष जगधा एकनाथ जगधा पुणे, महाराष्ट्र पुरुष
20 मंजू नाथ राव महाबल्ला राव कर्नाटक पुरुष
21 कस्तूबा गनवोटाय पुणे, महाराष्ट्र पुरुष
22 भरत भूषण चाना विरपा बेंगलुरु, कर्नाटक पुरुष
23 सुमित परमार यतेश परमार भावनगर, गुजरात पुरुष
24 यतेश परमार (सुमित परमारका पिता) भावनगर, गुजरात पुरुष
25 तागेहायिंग (वायुसेना कर्मचारी) ज़ीरो, अरुणाचल प्रदेश पुरुष
26 शैलेषभाई एच. हिम्मतभाई कालाथिया सूरत, गुजरात पुरुष

घाइते व्यक्तिहरूको सूची

[सम्पादन गर्नुहोस्]
घाइते व्यक्तिहरूको सूची[४१]
क्र.सं. नाम सम्बन्ध उमेर बसोबास स्थान अवस्था उपचार स्थल / अवस्था
1 डोभी विनोबा अज्ञात उपलब्ध छैन गुजरात गोली लाग्ने चोट पहलगाम अस्पताल
2 डॉ. ए. परमेश्वर अज्ञात ३१ वर्ष तमिलनाडु पेटमा चोट
3 शशि कुमारी नाइक पति: कुमार ६५ वर्ष कर्नाटक लड्दा हाड भाँचिएको
4 सांतानो पुत्र: संग्राम ८३ वर्ष तमिलनाडु बेहोश अनन्तनाग स्थित जीएमसी
5 सोबेदे पाटिल अज्ञात उपलब्ध छैन मुम्बई घाँटीमा जलन चोट एसकेआईएमएस मा रेफर
6 विनय बाई अज्ञात उपलब्ध छैन गुजरात दायाँ हातमा छर्राको चोट जीएमसी अनन्तनाग मा रेफर
7 मनीक पटेल पनवेल अज्ञात उपलब्ध छैन महाराष्ट्र सामान्य चोट स्थिर
8 रेनू पाण्डे अज्ञात उपलब्ध छैन नेपाल सामान्य चोट स्थिर
9 बालाचंद्रु अज्ञात उपलब्ध छैन महाराष्ट्र सामान्य चोट स्थिर
10 अभिजया एम. राव अज्ञात उपलब्ध छैन कर्नाटक सामान्य चोट स्थिर
11 आकांक्षा अज्ञात उपलब्ध छैन इन्दौर, मध्य प्रदेश सामान्य चोट स्थिर
12 लक्षिता दास अज्ञात उपलब्ध छैन रायपुर, छत्तीसगढ़ सामान्य चोट स्थिर
13 जेनिफर अज्ञात उपलब्ध छैन इन्दौर, मध्य प्रदेश मानसिक तनाव स्थिर
14 जया मिश्र अज्ञात उपलब्ध छैन हैदराबाद सामान्य चोट स्थिर
15 शबारिगुहा अज्ञात उपलब्ध छैन कोलकाता बायाँ खुट्टाको टेको मोचिएको स्थिर
16 हर्षा जैन अज्ञात उपलब्ध छैन महाराष्ट्र सामान्य चोट स्थिर
17 निकिता जैन अज्ञात उपलब्ध छैन महाराष्ट्र सामान्य चोट स्थिर

पाकिस्तानस्थित लस्करे तैयबा र हिज्बुल मुजाहिद्दीनको सहयोगी प्रतिरोध मोर्चाले घटनाको जिम्मेवारी लिएको थियो।[४२][४३] यसले ८५,००० भन्दा बढी गैर कश्मीरीहरूको बसोबासलाई जनसाङ्ख्यिकीय परिवर्तनको लागि प्रेरित गरेको दाबी गरेको थियो। [४४]

घरेलु प्रतिक्रिया

[सम्पादन गर्नुहोस्]

सरकारी प्रतिक्रिया

[सम्पादन गर्नुहोस्]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरबको भ्रमण छोट्याएर यस विषयमा एक बैठकको अध्यक्षता गर्न भारत फर्केका थिए[४५]। केन्द्रीय गृहमन्त्री अमित शाहले स्थितिको आकलन गर्न र सुरक्षा प्रतिक्रियाको समन्वय गर्न श्रीनगरको यात्रा गरेका थिए र पछि आक्रमण भएको स्थानको यात्रा गरेका थिए।[४६] २३ अप्रिलमा, भारतीय सेनाले आतङ्कवाद विरोधी अभियानका लागि ग्राउन्डेड विमान एचएएल ध्रुवको सञ्चालनको लागि सीमित अनुमति दिएको थियो।[४७]

२३ अप्रिलको राति, भारतीय विदेश सचिव विक्रम मिस्रीले सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकपछि विशेष प्रेस ब्रिफिङ गरेका थिए। पाकिस्तानले सीमापार आतङ्कवादलाई समर्थन गर्न बन्द नगरेसम्म पाकिस्तानसँगको सिन्धु जल सन्धिलाई तत्काल स्थगन गर्ने भारतको निर्णयको घोषणा गरेका थिए।[४८] उनले अटारी–वाघा सीमामा एकीकृत जाँच चौकी बन्द गर्ने, सार्क भिसा छूट योजना अन्तर्गत सबै पाकिस्तानी नागरिकहरूको लागि भारत यात्रा प्रतिबन्ध र पहिले जारी गरिएका सबै भिसाहरू रद्द गर्ने घोषणा गरेका थिए। नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका पाकिस्तानी सैन्य सल्लाहकारहरूलाई निष्कासित गरिएको थियो भने इस्लामाबादमा रहेका उनीहरूका भारतीय समकक्षीहरूलाई फिर्ता बोलाइएको थियो। इस्लामाबाद स्थित भारतीय उच्चायोगको कर्मचारी सङ्ख्या ५५ बाट घटाएर न्यूनतम ३० मा झारिएको थियो।[४९][५०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Terrorists were wearing camouflage outfits, carried M4 carbine, AK-47s, fired 70 rounds: Initial probe", The Indian Express, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  2. "Taliban condemns Pahalgam massacre, calls attack a blow to regional security" (अङ्ग्रेजीमा), The Times of India, अप्रिल २३, २०२५, अन्तिम पहुँच अप्रिल २३, २०२५ 
  3. "What is The Resistance Front? Hafiz Saeed's TRF claims responsibility for Pahalgam attack on tourists", Times of India, अन्तिम पहुँच २२ अप्रिल २०२५ 
  4. "What is TRF, LeT terror group offshoot that has taken responsibility for Pahalgam attack?", Firstpost, अन्तिम पहुँच २२ अप्रिल २०२५ 
  5. "Probe indicates 7 terrorists, including 4-5 from Pakistan, behind Pahalgam attack", The Indian Express, २३ अप्रिल २०२५। 
  6. "Pahalgam: What's 'The Resistance Front', LeT 'proxy' behind the deadliest terror attack on tourists in Kashmir?", Mint, HT Media Ltd., २२ अप्रिल २०२५, अन्तिम पहुँच २२ अप्रिल २०२५ 
  7. "US-based techie, IAF official among 26 killed in attack. Who were the victims?" 
  8. "Dozens killed as gunmen massacre tourists in Kashmir beauty spot", Esha Mitra, Mukhtar Ahmad, Aishwarya S Iyer, Kara Fox and Jessie Yeung, CNN, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  9. "Kashmir Horror: Tourists Targeted Based on Religion in Pahalgam Attack", Deccan Herald (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०४-२४ 
  10. "कश्मीर हमलामा परेर आमासँग घुम्न गएका एक नेपाली पर्यटकको पनि मृत्यु" (नेपालीमा), बीबीसी नेपाली, ८ वैशाख २०८२, अन्तिम पहुँच ११ वैशाख २०८२ 
  11. "UP: नेपाल के सुदीप न्यूपाने की भी हो आतंकी हमले में गई थी मौत, महराजगंज सीमा पर परिजनों को सौंपा गया शव", Amar Ujala (हिन्दीमा), २४ अप्रिल २०२५, अन्तिम पहुँच २४ अप्रिल २०२५ 
  12. "What is The Resistance Front, the militant group linked to Pahalgam attack?", Shilpa Jamkhandikar, Reuters, अन्तिम पहुँच २४ अप्रिल २०२५ 
  13. "Rights Abuses Behind Kashmir Fighting – Human Rights Watch", hrw.org, १६ जुलाई १९९९, मूलबाट १९ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१५ 
  14. "Kashmir", BBC News, ४ जनवरी २०१२, मूलबाट १६ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २०२४ 
  15. "Article 370: India Supreme Court upholds repeal of Kashmir's special status", BBC News, ११ डिसेम्बर २०२३, अन्तिम पहुँच १ जुन २०२४ 
  16. Singh, Rani (१२ जुलाई २०१६), "Kashmir: The World's Most Militarized Zone, Violence After Years Of Comparative Calm", फोर्ब्स, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  17. "At least 20 feared killed in militant attack on tourists in Indian Kashmir, security sources say", Reuters, २३ अप्रिल २०२५, अन्तिम पहुँच १ जुन २०२४ 
  18. Raj, Suhasini; Mashal, Mujib (२३ अप्रिल २०२५), "Killing of Civilians Near Pahalgam in Kashmir Shatters Illusion of Calm", The New York Times, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  19. "Probe indicates 5 terrorists, including 3 from Pakistan, behind Pahalgam attack", The Indian Express, २३ अप्रिल २०२५, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  20. "Rough terrain, no security: Why attackers chose Pahalgam's Baisaran", India Today, २३ अप्रिल २०२५, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  21. "Terrorists were wearing camouflage outfits, carried M4 carbine, AK-47s, fired 70 rounds: Initial probe", The Indian Express, २३ अप्रिल २०२५, मूलबाट २३ अप्रिल २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  22. "Gunmen kill at least 26 in Indian-administered Kashmir: Police", Al Jazeera, २२ अप्रिल २०२५, अन्तिम पहुँच २२ अप्रिल २०२५ 
  23. Singh, Vijaita (२३ अप्रिल २०२५), "Terrorists kept firing for 25–30 minutes, recalls Pahalgam eyewitness", The Hindu, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  24. Bukhari, Fayaz (२३ अप्रिल २०२५), "Militants in Indian Kashmir segregate men from women and children before opening fire", Reuters, अन्तिम पहुँच २४ अप्रिल २०२५ 
  25. Arora, Mansi (२२ अप्रिल २०२५), "'Asked to recite Islamic verse': Tourists recall horror after Pahalgam terror attack", Wion, मूलबाट २२ अप्रिल २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२५ 
  26. "Pahalgam attack: New images show execution-style killings of tourists", The Hindustan Times, २४ अप्रिल २०२५, अन्तिम पहुँच २४ अप्रिल २०२५ 
  27. "Pahalgam Terror Attack: Chilling Video Shows Moment Tourists Attacked By Terrorists", Zee News, २३ अप्रिल २०२५, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  28. "Pahalgam attack: Terrorists checked IDs, pulled down pants to verify religion, eyewitnesses recount horror", India TV News (अङ्ग्रेजीमा), २०२५-०४-२३, अन्तिम पहुँच २०२५-०४-२४ 
  29. "Terrorists cursed Modi, asked my father to recite Islamic verse before shooting him: Daughter", The Hindu, २३ अप्रिल २०२५, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  30. "Syed Adil Hussain: Hero Pahalgam pony ride operator who tried to stop terrorist", India Today, २३ अप्रिल २०२५, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  31. "5 Killers, 3 Spots, 10 Minutes Of Heavy Fire: How Pahalgam Attack Unfolded" 
  32. Hari, Ravi (२२ अप्रिल २०२५), "'Brutal crime has no justification': Vladimir Putin on terror attack in Jammu and Kashmir's Pahalgam", Mint (HT Media), मूलबाट २२ अप्रिल २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२५ 
  33. "Many feared dead in gun attack on tourists in Indian-controlled Kashmir", AP News, २२ अप्रिल २०२५, मूलबाट २२ अप्रिल २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२५ 
  34. "Kashmir Terror Attack Updates: 28 Killed In J&K's Worst Terror Attack In Recent Times, Say Sources", NDTV, २२ अप्रिल २०२५, अन्तिम पहुँच २२ अप्रिल २०२५ 
  35. "Intelligence Bureau Officer Shot In Front Of Wife, Children In J&K Attack", NDTV, २२ अप्रिल २०२५, अन्तिम पहुँच २२ अप्रिल २०२५ 
  36. "Indian Navy Officer among 26 killed in Pahalgam terror attack", Mathrubhumi, २२ अप्रिल २०२५, अन्तिम पहुँच २२ अप्रिल २०२५ 
  37. "They went for vacation, returned in coffins: Full list of victims of the Pahalgam terror attack", The Indian Express, २४ अप्रिल २०२५, अन्तिम पहुँच २४ अप्रिल २०२५ 
  38. "पहलगाम हमलाः शादी के महज़ छह दिन बाद हमले में मारे गए लेफ़्टिनेंट विनय नरवाल", BBC News हिन्दी (हिन्दीमा), २३ अप्रिल २०२५, अन्तिम पहुँच २४ अप्रिल २०२५ 
  39. "पहलगाम में मौत के बाद बॉर्डर पर पहुंचा नेपाल के युवक का शव, कोहराम", Hindustan (हिन्दीमा), २४ अप्रिल २०२५, अन्तिम पहुँच २४ अप्रिल २०२५ 
  40. "आतंकियों ने पहली गोली कानपुर के शुभम को मारी: गन लगाकर पूछा- हिंदू या मुसलमान, कलमा सुनाओ; पत्नी ने सुनाई आंखों देखी", दैनिक भास्कर (हिन्दीमा), २४ अप्रिल २०२५, अन्तिम पहुँच २४ अप्रिल २०२५ 
  41. शैलेश, वरुण (२३ अप्रिल २०२५), "पहलगाम के आतंकी हमले में किन-किन की गई जान, कौन-कौन घायल, देखें पूरी लिस्ट", Navbharat Times (हिन्दीमा), अन्तिम पहुँच २४ अप्रिल २०२५ 
  42. "What is TRF, LeT terror group offshoot that has taken responsibility for Pahalgam attack?", Firstpost, २२ अप्रिल २०२५, अन्तिम पहुँच २४ अप्रिल २०२५ 
  43. "Pahalgam terror attack: Government to hold all-party meet today", The Hindu, २४ अप्रिल २०२५, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २४ अप्रिल २०२५ 
  44. "Pahalgam: What's 'The Resistance Front', LeT 'proxy' behind the deadliest terror attack on tourists in Kashmir?", Live Mint, २२ अप्रिल २०२२, मूलबाट २२ अप्रिल २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२५ 
  45. Mitra, Esha; Ahmad, Mukhtar; Iyer, Aishwarya S; Fox, Kara; Yeung, Jessie (२२ अप्रिल २०२५), "Dozens killed as gunmen massacre tourists in Kashmir beauty spot", CNN, मूलबाट २३ अप्रिल २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  46. "Union Home Minister Amit Shah Visits Baisaran Meadow, Site Of Attack", NDTV, २३ अप्रिल २०२५, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  47. "Army gives limited permission for grounded ALH Dhruv choppers for counter-terror ops in Srinagar, adjoining areas", The Economic Times, २३ अप्रिल २०२५, आइएसएसएन 0013-0389, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  48. "Indus Waters Treaty paused, no entry to Pakistanis: India responds to J&K attack", India Today, २३ अप्रिल २०२५, मूलबाट २४ अप्रिल २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २०२५ 
  49. "कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया : पाकिस्तानसँगको जल सम्झौता र कूटनीतिक सम्बन्ध स्थगित", नागरिक दैनिक, २४ अप्रिल २०२५, अन्तिम पहुँच २४ अप्रिल २०२५ 
  50. "India closes main border crossing with Pakistan after Kashmir attack", बीबीसी, २४ अप्रिल २०२५, अन्तिम पहुँच २४ अप्रिल २०२५