सामग्रीमा जानुहोस्

सब्रिना कार्पेन्टर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सबरिना कार्पेन्टरबाट अनुप्रेषित)
सब्रिना कार्पेन्टर
सन् २०२५ मा कार्पेन्टर
जन्मसब्रिना एनलिन कार्पेन्टर
(1999-05-11) मे ११, १९९९ (उमेर २६)
क्वेकरटाउन, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका
पेशा
  • गायिका
  • गीतकार
  • अभिनेत्री
कार्यकालसन् २००८–हाल
साङ्गीतिक जीवन
विधा
लेबल
हस्ताक्षर
वेबसाइटsabrinacarpenter.com

सब्रिना एनलिन कार्पेन्टर[] (अङ्ग्रेजी: Sabrina Annlynn Carpenter; जन्म: सन् १९९९ मे ११) एक अमेरिकी गायिका, गीतकार तथा अभिनेत्री हुन्। अमेरिकाको पेन्सिलभेनियामा जन्मिएकी सब्रिनाले निकै कम उमेरमा नै कलाकारिता क्षेत्रमा बलियो पकड बनाइसकेकी छिन्।[] सर्वप्रथम उनले डिज्नी च्यानलको शृङ्खला गर्ल मिट्स वर्ल्ड (सन् २०१४–२०१७) मा माया हार्टको भूमिका अभिनय गरेर ख्याति कमाएकी थिइन् भने यसअघि उनले आफ्नो कलाकारिता कार्यजीवनको सुरुवात १० वर्षको उमेरमा 'ल एन्ड अर्डर: स्पेसल भिक्टिम्स युनिट' मार्फत गरेकी थिइन्।[] उनले डिज्नीको स्वामित्वमा रहेको हलिवुड रेकर्ड्ससँग सम्झौता गर्दै पहिलो एल्बम आइज वाइड ओपन (सन् २०१५), इभोलुसन (सन् २०१६), सिङ्गुलर: एक्ट प्रथम (सन् २०१८) र सिङ्गुलर: एक्ट द्वितीय (सन् २०१९) मार्फत साङ्गीतिक क्षेत्रमा पनि सफलतालाई प्राप्त गरेकी थिइन्।

कारपेन्टरले सन् २०२१ मा आइल्यान्ड रेकर्ड्ससँग सम्झौता गरी "ननसेन्स" र "फिदर" नामक दुई बहुचर्चित गीत समावेश भएको उनको पाँचौँ एल्बम, इमेल्स आइ कान्ट सन्ड (सन् २०२२) सार्वजनिक गरेकी थिइन्। सर्ट एन स्विट (सन् २०२४) नामक उनको छेठौँ एल्बमले अमेरिकी बिलबोर्ड २०० मा शीर्ष स्थान हासिल गरी दुईवटा ग्रामी पुरस्कार जित्न सफल भएको थियो। यस एल्बमका "एस्प्रेसो" र "प्लिज प्लिज प्लिज" जस्ता गीतहरूले अमेरिकी बिलबोर्ड हट १०० मा शीर्ष स्थान प्राप्त गर्दा उक्त सङ्गीत तालिकामा शीर्ष स्थानमा पुग्ने उनका प्रथम गीतहरू थिए। मेन्स बेस्ट फ्रेन्ड (सन् २०२५) नामक उनको सातौँ एल्बलले पनि बिलबोर्ड २०० मा शीर्ष स्थान प्राप्त गरेको थियो भने "म्यानचाइल्ड" यस एल्बमको सर्वाधिक सफल गीत हो।

कारपेन्टरले अभिनय गरेका चलचित्रहरूमा; एड्भेन्चर्स इन बेबिसिटिङ (सन् २०१६), द हेट यु गिभ (सन् २०१८), द सर्ट हिस्ट्री अफ द लङ रोड (सन् २०१९), क्लाउड्स (सन् २०२०) र इमर्जेन्सी (सन् २०२२) सामेल छन्। उनले नेटफ्लिक्सका चलचित्रहरू; टल गर्ल (सन् २०१९), टल गर्ल २ (सन् २०२२) र वर्क इट (सन् २०२०) मा पनि अभिनय गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Sabrina Carpenter", ट्विटर, अन्तिम पहुँच मे २२, २०१४ 
  2. Nuzhat, Naoreen, "‘Girl Meets World’ Star Sabrina Carpenter Talks Working With Meghan Trainor and Beyoncé’S Decision to Pass on ‘All About That Bass’", People's Choice, मूलबाट १ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १७, २०१६ 
  3. Hibberd, James (जनवरी ३१, २०१३), "'Boy Meets World' spin-off casts Riley's best friend", Entertainment Weekly, मूलबाट २०१३ जनवरी ३१ ২০১৩-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १, २०१३  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २६, २०१३ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]