समकालीन समालोचना सिद्धान्त र प्रयोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समकालीन समालोचना : सिद्धान्त र प्रयोग नामक पुस्तक प्रसिद्ध समालोचक मोहनराज शर्माद्वारा लेखिएको हो । प्रस्तुत पुस्तक वस्तुवादी, भाषाकेन्द्री, र अन्तर्विषयक रहेको पाइन्छ । यसमा कविता, निबन्ध, कथा, उपन्यास, नाटक, हास्यव्यङ्ग्य, जस्ता विधाको शैलीवैज्ञानिक बान्कीमा समालोचना प्रस्तुत गरिएको छ । यस पुस्तकका बारेमा डा.ध्रुवचन्द्र गौतम भन्छन्- प्रस्तुत समकालीन समालोचना : सिद्धान्त र प्रयोग नामक पुस्तक नेपाली समालोचनाका फाँटमा एउटा कीर्तिमानका रूपमा देखापरेको छ ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा विक्रम सम्वत२०५५ मा प्रकाशित यस पुस्तकको पृष्ठ सङ्ख्या १२+६४९ रहेको छ ।[१][२]

सन्दर्भस्रोत

  1. शर्मा, मोहनराज (२०५५), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
  2. भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान