सामग्रीमा जानुहोस्

समाजवादी मोर्चा (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
समाजवादी मोर्चा
सभापतिमाधवकुमार नेपाल
विचारधारासाम्यवाद
समाजवाद
अन्य विचारधारा:
मार्क्सवाद–लेनिनवाद
मार्क्सवाद–लेनिनवाद–माओवाद
प्रचण्डपथ
वामपन्थी राष्ट्रवाद
जनताको बहुदलीय जनवाद
सङ्घीयता
राजनीतिक स्थानवामपन्थी देखि चरम वामपन्थी
प्रतिनिधि सभा
४२ / २७५
राष्ट्रिय सभा
२८ / ५९
प्रदेश सभा
११० / ५५०
मुख्यमन्त्री
३ / ७
नगरप्रमुख/अध्यक्ष
१४१ / ७५३
वडाध्यक्ष
६,०३२ / ३५,०११

समाजवादी मोर्चा नेपालका वामपन्थी राजनीतिक दलहरूको राजनीतिक गठबन्धन हो। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपालविप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर ४ असार २०८० मा यसको गठन भएको थियो।[][] मोर्चामा पछि महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी पनि जोडिएको थियो ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी (विप्लव) सम्मिलित चार दलीय मोर्चाका रूपमा ४ असार २०८० गते समाजवादी मोर्चाको घोषणा भएको थियो। भृकुटी मण्डपस्थित राष्ट्रिय सभाहलमा आयोजित एक कार्यक्रमका बीच सो घोषणा गरिएको थियो।[][]

मोर्चाको अध्यक्ष पदबाट आलोपालो नेतृत्व हुने र माधवकुमार नेपालले अन्तरिम समयका लागि मोर्चाको नेतृत्व गर्ने बताइएको थियो।[]

सदस्य दलहरू

[सम्पादन गर्नुहोस्]
दल राष्ट्रिय सभा प्रतिनिधि सभा प्रदेश सभा
नेकपा (माओवादी केन्द्र) १८ ३० ८५
नेकपा (एकीकृत समाजवादी) १० २४
नेपाल समाजवादी पार्टी (महिन्द्र राय यादव गुट)
नेपाल कम्युनिस्ट पार्टी
जम्मा २६ ४२ १०९

पूर्व सदस्यहरू

[सम्पादन गर्नुहोस्]


सङ्गठन र संरचना

[सम्पादन गर्नुहोस्]

असारको मध्यतिर समाजवादी मोर्चाको जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा पार्टी सरह सङ्गठन हुने घोषणा गरिएको थियो। केन्द्रीय समितिमा प्रत्येक पार्टीबाट अध्यक्ष र महासचिवसहित चार चार जना गरी १६ जना सदस्य रहने व्यवस्था गरिएको थियो। त्यसैगरी, प्रत्येक पार्टीबाट अध्यक्ष र महासचिव गरी तीन जना सदस्य रहने गरी १२ सदस्यीय प्रदेश कमिटी रहने र समान गठन हुने गरी आठ सदस्यीय जिल्ला कमिटी रहने घोषणा गरिएको थियो।[]

प्रादेशिक सरकारहरूको सूची

[सम्पादन गर्नुहोस्]
प्रदेश तस्वीर मुख्यमन्त्री

(दल)

कार्यकाल संसद मन्त्रिपरिषद् निर्वाचन क्षेत्र
सुरु अन्त्य अवधि
बागमती
शालिकराम जमकट्टेल
नेकपा (माओवादी केन्द्र)
२०७९ पुस २६[] २०८१ साउन ८ १ वर्ष, १९५ दिन दोस्रो बागमती प्रदेश सभा जमकट्टेल, २०७९ धादिङ १(ख)
लुम्बिनी
जोखबहादुर महरा
नेकपा (माओवादी केन्द्र)
२०८० चैत २३ २०८१ साउन ७ १०८ दिन दोस्रो लुम्बिनी प्रदेश सभा महरा, २०८० रोल्पा १(क)
सुदूरपश्चिम दीर्घबहादुर सोडारी
नेकपा (एकीकृत समाजवादी)
२०८१ वैशाख ६[] २०८१ साउन २१ १०९ दिन दोस्रो सुदूरपश्चिम प्रदेश सभा सोडारी, २०८० कैलाली ४(ख)

प्रदेश सभाहरूमा उपस्थिति

[सम्पादन गर्नुहोस्]
प्रदेश सिट दलगत रूपमा सभामा स्थिति
कोशी
१७ / ९३
१३ नेकपा (माओवादी केन्द्र) प्रतिपक्ष
नेकपा (एकीकृत समाजवादी)
मधेश
१६ / १०७
नेकपा (माओवादी केन्द्र) प्रतिपक्ष
7 नेकपा (एकीकृत समाजवादी)
बागमती
२८ / ११०
२१ नेकपा (माओवादी केन्द्र) प्रतिपक्ष
नेकपा (एकीकृत समाजवादी)
गण्डकी
८ / ६०
नेकपा (माओवादी केन्द्र) प्रतिपक्ष
लुम्बिनी
१२ / ८७
११ नेकपा (माओवादी केन्द्र) प्रतिपक्ष
नेकपा (एकीकृत समाजवादी)
कर्णाली
१४ / ४०
१३ नेकपा (माओवादी केन्द्र) प्रतिपक्ष
नेकपा (एकीकृत समाजवादी)
सुदूरपश्चिम
१५ / ५४
११ नेकपा (माओवादी केन्द्र) प्रतिपक्ष
नेकपा (एकीकृत समाजवादी)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "चार पार्टीको समाजवादी मोर्चा घोषणा", हिमाल खबर (नेपालीमा), ४ असार २०८०, अन्तिम पहुँच १७ चैत २०८१  वेब्याक मेसिन अभिलेखिकरण २०२५-०३-३० मिति
  2. "५४ ‍ सीटसहितको समाजवादी मोर्चा घोषणामा 'वाम एकता'को चर्चा", बीबीसी नेपाली (नेपालीमा), ४ असार २०८०, अन्तिम पहुँच १७ चैत २०८१ 
  3. "4 parties announce Samajbadi Morcha (Socialist Front) - OnlineKhabar English News" (en-GBमा), २०२३-०६-१९, अन्तिम पहुँच २०२३-०७-१७ 
  4. "Four parties announce Socialist Front", GorakhaPatra, अन्तिम पहुँच २०२३-०७-१७ 
  5. Republica, "Parties affiliated to Socialist Front agree on six-month rotational leadership", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-१७ 
  6. "पार्टी संरचनाको अभ्यास गर्दै समाजवादी मोर्चा", नेपाल खबर (नेपालीमा), २०१९-०६-०३, अन्तिम पहुँच २०२३-०७-१७ 
  7. "बागमती प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए सपथ", नयाँ पत्रिका (नेपालीमा), १० जनवरी २०२३, अन्तिम पहुँच २०२३-०१-१० 
  8. "Unified Socialist’s Sodari appointed Sudurpaschim chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-२९ 
  9. "Biplav appointed Socialist Front coordinator", The Annapurna Express (नेपालीमा), अन्तिम पहुँच २०२४-०७-१६