भीटेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(समीर घिसिङबाट अनुप्रेषित)
भीटेन
वास्तविक नामसमीर घिसिङ तामाङ
उपनामभीटेन
जन्मचन्द्रनिगाहपुर, रौतहट जिल्ला, नेपाल
विधार्‍याप, हिपहप सङ्गीत, नेपहप
पेशागायक, र्‍याप, लेखक, कवि
सक्रिय वर्षसन् २०१५ - वर्तमान

समीर घिसिङ (उपनाम:भीटेन) एक नेपाली हिपहप क्षेत्रका गाएक हुन् र नेपाली र्‍यापर हुन्। उनी नेपाली हिपहप क्षेत्रमा भीटेन (V10/VTen/VTEN) नामबाट निकै चर्चित रहेका छन्। उनको जन्म रौतहट जिल्ला को चन्द्रनिगाहपुर भन्ने गाउँमा भएको थियोे। उनको समीर घिसिङ नाम सायद परिचयविहीन जस्तै रहेको छ। उनको परिवारले राखिदिएको समीर नामलाई उनका साथीले जुराएको ‘भीटेन’ नामले ओझेलमा पारिदिएको थिए। उनले एसएलसी पछि र्‍याप गाउन सुरु गरेका थिए।[१][२]


प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

भीटेनको पुर्खेउली घर रौतहट जिल्लामा रहेको छ। उनी घरको जेठो सन्तान वा जेठा छोरा हुन्। उनको उनी भन्दा साना दुई जना बहिनीहरू रहेको छ। पहिले उनका बाबाले उनलाई काम गर्नका लागि भनेर काठमाडौँ पठाएका थिए । त्यसपछि उनी काठमाडौँमा आफ्नो काकाको पेन्टिङ स्कुलमा पेन्टिङ सिकि त्यही काम गर्न लागेका थिए ।[स्रोत नखुलेको] पछि उनले त्यहाँ काम गर्दा-गर्दै र्याप गाउन थालेका थिए[३]

साङ्गीतिक जीवन[सम्पादन गर्नुहोस्]

पहिला हल्का नृत्य प्रति आकर्षित भीटेनले हिपहप नृत्यनै गर्न रूचाउथे। उनले त्यस समयमा र्‍यापहरूमै नृत्य सिक्दथे। त्यतिबेला भीटेनले गिरिश खतिवडा तथा एड्री लगाएतका नेपाली र्‍यापरहरूकै र्‍याप सुन्ने गर्दथे। उनी र्‍याप प्रति निकै आकर्षित भएकाले पनि उनी आफैँ कोसिस गर्न थालेका थिए। र्‍याप लेख्न कोसिस गर्दागर्दै उनी नेपहपमा प्रवेश गर्न सफल भएका थिए। सानै उमेर देखि हिपहप सङ्गीतमा रूचि राख्ने भीटेन हाल नेपाली हिपहप प्रेमी युवायुवतीहरूको ढुकढुकि हुन सफल भएका छन्।[स्रोत नखुलेको] उनले गरिबी नामक एल्बम वा गीतबाट नेपाली हिपहप तथा नेपहपको क्षेत्रमा प्रवेश गरेका थिए। त्यसपछि उनले खलासी नामक गीत सार्वजनिक गरेका थिए। हाल उनी नेपालका महँगा र्‍यापरहरूको सूचीमा समेत पर्दछन्। ‘सिमसिमे पानी...’ नामक गीतबाट उनी युट्युब समेत छाएका थिए। उनी र्‍याप गाउनकै लागि देशका विभिन्न ठाउँहरू तथा अनेक राष्ट्रहरूमा समेत पुगेका छन्।

यीनको आफ्नो पहिलो गीत ‘गरिबी...’ आफ्नो जीवनसँग पनि कहि हदसम्म नजिक रहेको बताउने गर्दछन्। उनको सामान्य किसिमको परिवार थियो, तर उनले काठमाडौँमा आज कमाउने, आजै खाने किसिमका धेरै मानिसहरू देखेँ पछि त्यहीँ हिसाबले उनले `गरिबी´ नामक गीत बनाएका थिए।[स्रोत नखुलेको] यस्तै भीटेनले आफ्नो दोस्रो गीत `खलाँसी…´ भन्ने र्‍याप  आफ्नो भीटेन नाम राखिदिने साथीलाई नै समर्पित गरेर गाएका थिए।[४]

गीत तथा एल्बमहरू[सम्पादन गर्नुहोस्]

भीटेनका केही गीत
एल्बम/गीत वर्ष
गरिबी… २०१५
खलासी… २०१५
हिम्मत २०१६
चुरोट… २०१६
म मान्छे खत्तम… २०१६
बहिनी… २०१६
र्‍यापको भूत… २०१६
हालखबर… २०१७
नमस्कार नेता ज्यू… २०१८
सिमसिमे पानी… २०१८
लाहुरेको फेसन… २०१८
कथा[५] २०१८
साइबर १… २०१९
यस्तै त होनी ब्रो… २०१९
यस्तै त होनी ब्रो २०१९

भीटेन नाम[सम्पादन गर्नुहोस्]

उनको नाम समीर भए पनि भीटेन नाम भने गाउँमा साथीहरूले उनलाई बोलाउने नाम थियो । सुरूसुरूमा उनलाई यो नाम प्रति केही असहजता महसुस भए पनि पछि बनी पर्दै गएसी भने सहज भएको थियो । तसर्थ उनी नेपहपमा प्रवेश गरिसकेपछि भने उनको नामै भीटेन हुन पुगेको हो ।[स्रोत नखुलेको] आज उनको नाम समीर भन्दा भीटेनकै रूपबाट कयौं गुणा हिपहपको क्षेत्रमा चर्चित तथा लोकप्रिय रहेको छ ।

आक्रमण काण्ड[सम्पादन गर्नुहोस्]

नेपालका चर्चित र्‍यापर भीटेनका असङ्ख्य समर्थकहरू भएपनि बेलाबेलामा उनका केहि साङ्गीतिक कार्यक्रममा उनी माथि विभिन्न प्रकारका दुर्ववहारहरू हुने गरेको छ। तनहुँ, चितवन तथा पोखरा केही साङ्गीतिक कार्यक्रमहरूमा उनी माथि आक्रमणको प्रयास भएको थियो। पोखरामा आयोजना भएको नव वर्ष २०१९ को एक कार्यक्रममा उनीलाइ ढुङ्गा तथा बत्तल प्रहार भएको थियो। तर उनी माथि ढुङ्गा प्रहार गर्न खोज्ने व्यक्तिलाई सीसी क्यामेरा फुटेजका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।[स्रोत नखुलेको]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sharma, Supriya, "Rapper VTEN: Good influence or bad?", My Republica 
  2. Adhikari, Rojita (१३ जनवरी २०२०), "'No debate, no democracy': journalists in Nepal fight new threat to press freedom" – www.theguardian.comद्वारा। 
  3. "Samir Ghising (VTEN) Full Biography, Age, Height, Girlfriend", nepalitrends.com, अन्तिम पहुँच मे १५, २०१८ 
  4. "र्‍यापर भीटेन :र्‍याप गाउँदा बहुला जस्तो के गरिरा’ भन्थे’", नागरिक नेटवर्क, अन्तिम पहुँच बुधबार, १२ मङि्सर २०७५, ०५ : ०३ 
  5. "कथा (Full Lyrics)" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]