समुद्र मन्थन
समुन्द्र मन्थन(संस्कृत: समुद्रमन्थन, ) एक प्राचीन हिन्दु कथा हो । यसको कथा श्रीमद्भागवत् पुराण, महाभारत र विष्णु पुराणमा बर्णन पाइन्छ ।
अन्य नाम
[सम्पादन गर्नुहोस्]- सागरमन्थन
- क्षीरसागरमन्थन
किंवदन्ती
[सम्पादन गर्नुहोस्]
देवराज इन्द्र ऐरावत हात्तीमा चढी दुर्वाषा ऋषिको छेउमा आइपुगे। दुर्बषाले उनलाई भगवान शिवले दिएको विशेष माला अर्पित गरे। इन्द्रले त्यो माला ऐरावतको सुढमा राखी दिए, र ऐरावतले त्यो माला भुइँमा फ्याकिदियो। यसले दुर्बासाको रिसको पारो तात्यो र उनले इन्द्र र सम्पूर्ण देवहरुलाई आफ्नो सम्पूर्ण सामर्थ्य, शक्ति र सौभाग्य गुमाउने श्राप दिए ।[१]
त्यो घटना पछि, देव र दानव वीच युद्ध भयो। राजा बलि नेतृत्वको असुर (दानव) शक्तिले देव फौजलाई पराजित गर्यो र सम्पूर्ण ब्रह्माण्डमा कब्जा जमायो। देवगण सहयोगको याचना गर्दै भगवान विष्णुकहाँ गए। भगवान विष्णुले दानवहरूसँग कुटनीतिक ढङ्गले जानुपर्ने सुझाव दिए। देव र दानव मिलेर समुन्द्र मन्थन गर्ने र प्राप्त गर्ने अमृत मिलेर भोग गर्ने भन्नेमा सहमति भयो। तथापी विष्णुले अमृत देवहरूलाई मात्र प्रदान गर्ने कुरा बताएका थिए।
समुन्द्र मन्थनको लागि मन्दरा पर्वतको मदानी र बासुकी नागको नेती बनाइएको थियो। दानवहरूले नागको टाउको पट्टिको भाग समाउन माग गरे, भगवान विष्णुको सुझाबले देवहरु पुच्छर तिरको भाग समाउन राजी भए । जसको कारण बासुकीबाट उत्सर्जन भएको बिषालु वाष्पबाट दैत्यहरु संक्रमित भए। जब पर्वतलाई समुन्द्रमा राखियो, पर्वत डुब्न लाग्यो। भगवान विष्णु कूर्म अवतार धारण गरे र मन्दरा पर्वतलाई आफ्नो पछाडी राखे ।
समुन्द्र मन्थनबाट धेरै चिजहरु बाहिर निस्किए। अमृत पाउने इच्छाले देवता र दानवहरु मिलेर समुन्द्र मन्थन गर्दा सबैभन्दा पहिला सर्वाधिक बिषालु कालकूट बिष निस्कियो। बिषालु कालकूट बिषले समुन्द्र मन्थनमा लागेका देव-दानवहरु लाई जलाउन लाग्यो र त्यतिमात्रै होइन ब्रम्हाद्धारा सृष्टि भएको सारा संसार नै ध्वस्त पार्ने खतरा बढ्यो। कालकूट बिष- फैलदै गएपछि देव- दानव आत्तिन हुन थाले र उनीहरूले यसको समाधान गर्न सकेनन्। अरु केहि उपाय नदेखेपछि देव-दानवले शिव भगवानको आरधना गर्न थाले र नारदमुनी कैलाशमा गएर कालकूट बिषको असरबारे भगवान शिवलाई विन्ती गर्दै कालकूट बिषको असरले सारा सृष्टि समाप्त पार्न लागेकोले केहि गर्न विन्ती गरे। माता पार्वतिले पनि आफ्ना पति शिवलाई यस विपत्तीबाट छुटकारा दिलाएर सृष्टिको रक्षा गर्न अनुरोध गरिन्। पार्वती र नारदमुनी लगायत सम्पूर्ण देव र दानवहरु लगायत भक्तहरूको पुकार सुनेर शिव भगवानले जगत कल्याणको लागि कालकुटि बिष आफैले पिएर सारा जगतलाई बचाए। कालकूट बिष पिएपछि भगवान शिवको कण्ठ निलो हुन गयो। त्यसै बेला देखी शिवलाई ‘निलकण्ठ’ पनि भनिन थालेको हो।
रत्न
[सम्पादन गर्नुहोस्]
समुन्द्रबाट १४ रत्नको उत्पत्ति भयो , जुन देव र असुरहरु मिलेर आपसमा बाडे । १४ रत्न हरूमा :[२]
- लक्ष्मी, धनकी देवी-उनले विष्णुलाई पति मानिन् ।
- अप्सरा, रम्भा, मेनका,पुन्जिस्थाला
- वारुणी - मदिराकी देवी - दानवद्वारा स्वीकार ।
त्यसै गरी तीन अलौकिक प्राणीहरु उत्पत्ति भए;
- कामधेनु वा सुरभी, विष्णुद्वारा ऋषि मुनिलाई प्रदान, जसको दुधबाट भनेको घ्यु यज्ञमा हवन गरिन्छ ।
- ऐरावत, हात्ती, इन्द्र, देवराजलाई प्राप्त
- उच्चैःश्रवा, ७ शिर भएको घोडा, दानवलाई प्राप्त ।
तीन मुल्यवान वस्तु
- कौस्तुभ, संसारको सबैभन्दा बहुमुल्य रत्न, बिष्णुलाई प्राप्त ।
- पारिजात , देव लाई प्राप्त ।
- शारंग धनुष,
थप
- चन्द्र, शिवद्वारा धारण
- धन्वन्तरी, देवताको वैद्य अमृतको घडा सहित प्रकट भए ।
- हलाहल/कालकूट विष, भगवान शिवद्वारा शेवन ।
अमृत
[सम्पादन गर्नुहोस्]
अन्त्यमा, धन्वन्तरी देवताको वैद्य अमृतको घडालिएर प्रकट भए । अमृत हातमा लिन देव र दानव बीच भयङ्कर युद्ध भयो । असुरबाट अमृत जोगाउन गरुडले अमृतको घडा लिएर युद्ध भुमिबाट उड्यो ।
दानवहरूले अमृत हातमा लिँदा देवताहरु भगवान विष्णुको मा याचना गर्न गए । विष्णुले मोहिनी अवतार धारण गरेर असुरहरूलाई ध्यान खिचिन् र अमृतको घडा लिएर देवताहरूलाई बाडिन् । असुर राहु केतुले देवताको रुप धारण गरेर अमृत पान गरे । सूर्य (देवता) र चन्द्र देवताले यो देखेर मोहिनीलाई खबर गरे । मोहिनिले राहुकेतुको घाँटीबाट अमृत जानु भन्दा अगाडि नै सुदर्शन चक्रले शिर छेदन गरे ।तर अमृत उनको घाँटी सम्म पुगेको हुनाले उनीहरूको मृत्यु भने भएन । त्यो दिन देखि टाउकोलाई राहु र शरीरलाइ केतु भन्न थालियो । पछि राहु र केतु ग्रह बने ।
कुम्भ मेलाको उत्पत्ति
[सम्पादन गर्नुहोस्]असुरबाट अमृत जोगाएर लाने क्रममा अमृत चार ठाउमा चुहियो । कुनै संस्करणमा धन्वन्तरीले लैजादा चुहिएको थियो भन्ने छ भने कुनै संस्करणमा गरुड, इन्द्र वा मोहिनी उल्लेख छ । यी चार ठाउहरु हरिद्वार, इलाहाबाद , त्रिम्बक नाशिक जिल्ला र उज्जैन ।
त्यसकारण यी स्थानमा बाह्र वर्षमा कुम्भ मेला लाग्ने गर्छ । कुम्भ मेलामा स्नान गर्दा मोक्ष हासिल हुने विश्वास छ ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Story of Maha Kumbh Mela from Srimad Bhagvatam वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-१२ मिति
- ↑ Wilson, Horace Hayman (१८४०), The Vishnu Purana।