सम्मान मिडिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सम्मान मिडिया[सम्पादन गर्ने]

सम्मान मिडिया दलित, आदिवासी/जनजाती, महिला, मधेशी, अपाङ्ग, अल्पसंख्यक, सिमान्तकृत लगायत पछाडि पारिएका वर्ग तथा समुदायको सवालमा संचार अभियानमार्फत जनवकालत गर्ने उद्देश्यलेका साथै यी वर्ग र समुदायसँग सम्बन्धित सवालमा अध्ययन, अनुसन्धान, पुस्तक प्रकाशन, सेमीनार जस्ता कार्यक्रम गर्न स्थापना भएको हो
सम्मान मिडियाको विभेद विरुद्ध संचार अभियानद्वारा साचालित DalitMediaHome.com.np ले विगत ५ वर्ष देखि दलित समुदायमाथि हुने जातीय विभेद तथा छुवाछूतका विरुद्ध नियमित रूपमा अनलाईन पत्रकारिताबाट दलित समुदायको सवाललाई संचार माध्यमबाट जनवकालत गर्दै आईरहेको छ। जुन अहिलेसम्म स्वयम्सेवी रूपमा संचालन भैरहेको छ। यसको दिन प्रतिदिन महत्व र माग बढ्दै गईरहेको छ।
यि र यस्तै कुरालाई मध्यनजर राख्दै यसलाई अझ शसक्त प्रभावकारी गुणस्तरीय र धेरै भन्दा धेरै जानकारीमूलक बनाउनुका साथै दलित, आदिवासी/जनजाती, महिला, मधेशी, अपाङ्ग, अल्पसंख्यक, सिमान्तकृतको आवाजलाई साचारमाध्यमबाट शसक्त रूपमा उठान गर्नको लागि एक राष्ट्रिय स्तरको पत्रीका आउँदो नयाँ वर्ष २०६८ देखि साचालन गर्ने तयारी गरिरहेको छ।

SAMMAN Media
Putali Sadak, Kathmandu Nepal
Email: info@sammanmedia.com.np
Web: www.sammanmedia.com.np