सामग्रीमा जानुहोस्

सम्मान हत्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सम्मान हत्या वा सम्मानको रक्षार्थका लागि गरिने हत्या कुनै पनि व्यक्तिले परिवारको मान, प्रतिष्ठा र इज्जत माथि दाग लगाएको ठानी गरिने एक किसिमको हत्या हो।[] तोकिएको व्यक्तिको हत्या पश्चात् परिवारमा गुमेको इज्जत र प्रतिष्ठा फिर्ता हुन कुरामा विश्वास राखिन्छ। प्रायः परिवारका महिला सदस्यहरू यसको सिकार बन्ने गरेको इतिहास छ।[][][]

कैयौँ मानवअधिकारवादी समूह तथा राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनहरूले यस्तो हत्यालाई गलत संज्ञा दिएको भएतापनि केही संस्कृति र समुदायमा यो अझै पनि कायम नै रहेको पाइन्छ। कतिपय अवस्थामा गाउँलेहरूको दबाब, प्रभाव र खिसीटिउरीका कारण परिवारले नचाहँदा नचाहँदै पनि यस्ता घटनामा संलग्न हुने गरेका छन्।

इज्जतका लागि गरिने हत्याका केही कारणहरू:

  • विवाह अघि नै कुनै केटा वा केटी आपसी सम्बन्धमा हुनु
  • पृथक धर्म, जात, जाति, समूदाय वा सम्प्रदायको व्यक्तिसँग प्रेमसम्बन्ध कायम गर्नु
  • मागी विवाह गर्न अस्वीकार गर्नु
  • सम्बन्ध विच्छेदको माग गर्नु
  • धर्म, प्रथा, परम्परा, संस्कृति र प्रचलनले स्वीकार नगर्ने किसिमका कपडाहरू लगाउनु,
  • तेस्रो लिङ्गी हुनु,
  • यौन उत्पिडनको सिकार बन्दा समेत।

उपर्युक्त सम्पूर्ण अवस्थामा परिवारले आफ्नो कुल, वंश, धर्म, संस्कृति आदिको अपमान भएको गलत ठहर गर्दै आफ्नो इज्जत जोगाउने नाममा आफ्नै परिवारको सदस्यको हत्या गर्ने गर्दछन्।[][][][][][१०][११][१२]

यद्यपि पुरूष र महिला दुवै यसको सिकार बन्न सक्छन् तर अधिकतर अवस्थामा महिला पीडित नै बढी पीडित हुने गर्दछन्। पुरूषहरूले महिलाहरूको स्वतन्त्रता र मानवअधिकार लाई निस्तेज पार्न “परिवारको प्रतिष्ठा”को पगरी गुँथ्ने गर्छन्।[१३]

सम्मान हत्या संसारका धेरै भागहरूमा हुने गरेका छन्। मध्यपूर्व, उत्तर अफ्रिका र दक्षिण एसियामा (विशेष गरी भारत, पाकिस्तान र नेपाल) यस्तो प्रकृतिको घटना बढी सुनिन्छन्। फिलिपिन्स, पूर्वी अफ्रिका र ल्याटिन अमेरिकामा पनि यसले जरा गाडेको छ भने विगतमा युरोप पनि यसबाट अछुतो भने थिएन। सम्मान हत्याका घटना अन्तराष्ट्रिय आप्रवासी परिवारमा समेत देखिएका छन्। गाउँ होस् वा सहर, यस्तो घटना दुवैतिर घटेको पाइन्छ।[१४][१५][१३][१६][१७][१८][१९][१३][१६] [२०][२१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Annan, Kofi (५ जुन २०००), ["Secretary-General. In Address to "Women 2000" Special Session, Says Future of Planet Depends Upon Women", United) Nations, [मूलबाट ६ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१७ ](https://web.archive.org/web/20170806101552/https://www.un.org/press/en/2000/20000605.sgsm7430.doc.html%7Curl-status=live}})
  2. ["Definition) of HONOR KILLING", www.merriam-webster.com 
  3. [[१](https://www.oxfordreference.com/display/10.1093/oi/authority.20110803095943840) "Honour killing"]। 
  4. ["Dictionary.com)", Dictionary.com  লেখা "Meanings & Definitions of English Words" উপেক্ষা করা হয়েছে (सहायता)[स्थायी मृत कडी]
  5. [[२](https://www.bbc.co.uk/ethics/honorcrimes/) "Ethics: Honour Crimes"], BBC, १ जनवरी १९७०, अन्तिम पहुँच २३ डिसेम्बर २०१३ 
  6. [[३](https://web.archive.org/web/20131222161404/http://www.merriam-webster.com/dictionary/honor%20killing) "Honor killing: Definition and More from the Free Merriam-Webster Dictionary"], merriam-webster.com, ३१ अगस्ट २०१२, [[४](http://www.merriam-webster.com/dictionary/honor%20killing) मूल]बाट २२ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०१३ 
  7. [[५](https://web.archive.org/web/20130929031542/http://edition.cnn.com/2012/01/13/world/europe/turkey-gay-killing) "Shocking gay honor killing inspires movie"], CNN, [[६](https://edition.cnn.com/2012/01/13/world/europe/turkey-gay-killing) मूल]बाट २९ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्ट २०१३ [स्थायी मृत कडी]
  8. [[७](https://web.archive.org/web/20130929031535/http://edition.cnn.com/2011/CRIME/02/23/arizona.iraqi.father/index.html) "Iraqi immigrant convicted in Arizona 'honor killing' awaits sentence"], CNN, २३ फेब्रुअरी २०११, [[८](http://edition.cnn.com/2011/CRIME/02/23/arizona.iraqi.father/index.html) मूल]बाट २९ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्ट २०१३ [स्थायी मृत कडी]
  9. ["Why) do families kill their daughters?", BBC News, २९ मे २०१४, [मूलबाट २३ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुन २०१८ [स्थायी मृत कडी]](https://web.archive.org/web/20180623004024/https://www.bbc.com/news/world-asia-27619669%7Curl-status%3Dlive%7D%7D)
  10. [[९](https://web.archive.org/web/20211026055609/https://www.unfpa.org/sites/default/files/pub-pdf/honourkillings.pdf) "Archived copy"], [[१०](https://www.unfpa.org/sites/default/files/pub-pdf/honourkillings.pdf) मूल]बाट २६ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०२१ [स्थायी मृत कडी]
  11. Team, Delhi City (१२ फेब्रुअरी २०१८), The Hindu [[https://web.archive.org/web/20210611131407/https://www.thehindu.com/news/cities/Delhi/love-in-the-time-of-honour-killings/article22725108.ece |archive-url= शीर्षक नै (सहायता), [मूलबाट ११ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०२१  লেখা "title](https://www.thehindu.com/news/cities/Delhi/love-in-the-time-of-honour-killings/article22725108.ece" উপেক্ষা করা হয়েছে (सहायता); লেখা "url-status](https://web.archive.org/web/20210611131407/https://www.thehindu.com/news/cities/Delhi/love-in-the-time-of-honour-killings/article22725108.ece" উপেক্ষা করা হয়েছে (सहायता); |url-status)= प्यारामिटर ग्रहण गरेन (सहायता); |title)= प्यारामिटर ग्रहण गरेन (सहायता)
  12. [[११](https://www.torus.co.uk/news/post/HBA2024) "Torus - Honour Based Abuse – Day of Memory 2024"]। [स्थायी मृत कडी]
  13. १३.० १३.१ १३.२ [[१२](https://www.bbc.co.uk/ethics/honourcrimes/crimesofhonour_1.shtml) "BBC - Ethics - Honour crimes"]। 
  14. [[१३](https://www.bbc.com/news/world-asia-india-24170866) "India 'honour killings': Paying the price for falling in love"], BBC News, २० सेप्टेम्बर २०१३। [स्थायी मृत कडी]
  15. De Guzman, Joseph; Jamias, Janica Keiths (January 2016). [[१४](https://animorepository.dlsu.edu.ph/etd_bachelors/5655/) The daughter clause: A study of Article 247 of the Revised Penal Code of the Philippines] (Bachelor's thesis). De La Salle University. [१५](https://animorepository.dlsu.edu.ph/etd_bachelors/5655/). [स्थायी मृत कडी]
  16. १६.० १६.१ [[१६](https://web.archive.org/web/20131208172508/http://hbv-awareness.com/regions/) "Honour Killings by Region"], [[१७](http://hbv-awareness.com/regions/) मूल]बाट ८ डिसेम्बर २०१३-मा सङ्ग्रहित। [स्थायी मृत कडी]
  17. ["What) is honour-based abuse and how does it affect men?", Respect [स्थायी मृत कडी]
  18. [[१८](https://www.theguardian.com/society/2021/oct/31/honour-based-offences-soared-by-81-in-last-five-years) "'Honour-based' offences soared by 81% in last five years"], the Guardian (अङ्ग्रेजीमा), २०२१-१०-३१, अन्तिम पहुँच २०२२-०४-११ 
  19. Grzyb, Magdalena A. (२०१६), [[१९](https://web.archive.org/web/20210603075652/https://core.ac.uk/download/pdf/80127645.pdf) "An explanation of honour-related killings of women in Europe through Bourdieu's concept of symbolic violence and masculine domination"], Current Sociology 64 (7): 1036–1053, डिओआई:10.1177/0011392115627479, [[२०](https://journals.sagepub.com/doi/10.1177/0011392115627479) मूल]बाट ३ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०२१ 
  20. ["'Honour) killings increasing in urban areas'", २२ डिसेम्बर २०१६, [मूलबाट २३ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०२१ ](https://web.archive.org/web/20210523020152/https://www.dawn.com/news/1303729%7Curl-status=live}})
  21. ["Urban) honour killings: Backlash against change - Times of India", \[\[The Times of India]], २३ अगस्ट २०१५, [मूलबाट २३ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०२१ ](https://web.archive.org/web/20210523020152/https://timesofindia.indiatimes.com/home/sunday-times/deep-focus/urban-honour-killings-backlash-against-change/articleshow/48638618.cms%7Curl-status=live}})

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]