सरकारी लेखा
स्वरूप
सरकारी लेखा वा सार्वजनिक क्षेत्रको लेखा भन्नाले सरकारद्वारा हुने सबै वित्तीय कारोबारहरूको आय र खर्चको लेखांकन र व्यवस्थापन गर्ने प्रक्रियाहरू हुन्। यो सरकारी निकायहरू र सार्वजनिक रूपमा वित्त पोषित संस्थाहरूको वित्तीय व्यवस्थापनमा केन्द्रित हुन्छ। यसको मुख्य उद्देश्य नाफा कमाउनु नभइ व्यवसायमा जस्तै पारदर्शिता, जवाफदेहिता, र सार्वजनिक स्रोतहरूको संरक्षण सुनिश्चित गर्नु हो। यसले करदाताहरूको रकम प्रभावकारी र कानुनी तरिकाले प्रयोग भइरहेको छ कि छैन भन्ने सुनिश्चित गर्छ।