सरला यादव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रौतहट, पिप्रा राजवाडमा स्थायी बसोबास गर्ने सरला यादव समानुपातिक तर्फ नेकपा (एमाले) का सभासद हुनुहुन्छ। पिप्रा गाविस अध्यक्ष रहेका आफ्ना ससुराको माओवादीले हत्या गरेपछि २०५८ सालबाट उहाँ राजनीतिमा सक्रिय हुनुभएको हो। हाल अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य रहेकी यादवले एमाले रौतहट-काठमाडौं सम्पर्क मञ्च इन्चार्जको जिम्मेदारी सम्हालिसक्नुभएको छ। मधेसी महिला र पिछडिएका वर्गको अधिकार सुनिश्चित गर्ने तथा महिलालाई विधवा भएकै मितिदेखि विशेष भत्ता उपलव्ध गराउन पहल गर्ने कार्यलाई संविधानसभामा आफूले प्राथमिकता साथ अघि बढाउने उहाँ बताउनुहुन्छ। एक छोरा, एक छोरीकी आमा ४३ वर्षीया यादव त्रिभुवन विश्वविद्यालय बाट शिक्षाशास्त्रमा स्नातक हुनुहुन्छ। बलम्वु मा. वि. काठमाडौंमा लामो समयसम्म शिक्षक रहेकी यादवले शिक्षण पेशामा १६ वर्ष विताइसक्नुभएको छ। हाल उहाँ पूरै समय राजनीतिमा संलग्न हुनुहुन्छ। अध्ययन उहाँको रुचिको विषय हो। महिला र पिछडिएका वर्गलाई न्याय दिने, समावेशी तथा अग्रगामी संविधान बन्न सकेमा देशको भविष्य सुनिश्चित हुने विश्वास राख्‍ने यादव सैद्धान्तिक निष्ठा र महिलाको हक हितमा गरेको कामले आफूलाई संविधानसभामा पुर्‍याएको ठान्नुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]