सरस्वती चौधरी
Saraswati Chaudhary | |
---|---|
सरस्वती चौधरी | |
![]() चौधरीको एक तस्विर २०१९मा | |
पद बहाली २०६४ | |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक पार्टी | नेपाली कांग्रेस |
सन्तान(हरू) | १ छोरी ३ छोराहरू |
निवास | धनुषा, जनकपुर |
पेशा | राजनीतिज्ञ |
सरस्वती चौधरी जनकपुर निवासी समानुपातिकतर्फ नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ।[१][२][३][४][५][६] संविधानसभामा महिला र पिछडिएको वर्गको मुद्दा उठाउन कटिवद्ध चौधरी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। २०३० सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेकी ४८ वर्षीया चौधरीले धनुषा महिला संघको अध्यक्ष, तरुण दलको सदस्य तथा जनकपुर उद्योग वाणिज्य संघको निर्वाचित सदस्यको जिम्मेदारी सम्हालिसक्नु भएको छ। प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँ पटक-पटक पकाउ पर्नुभएको छ। तीन छोरा र एक छोरीकी आमा सरस्वती चौधरी राजनीति बाहेक पत्रकारितामा समेत संलग्न हुनुहुन्छ।[७] उहाँ नेपाल पत्रकार महासंघको पार्षद रहिसक्नुभएको छ। अध्ययन र समाजसेवामा रुचि भएकी चौधरीका लेखरचना विभिन्न पत्रपत्रिकामा छापिदै आएका छन्। उहाँ नेपाल रेडक्रस,परिवार नियोजन सङ्घ र महिला सेवा आश्रम सँग समेत आवद्ध हुनुहुन्छ। सभासद चौधरीले धनुषामा स्थानीय स्कूलबाट माध्यमिक तहसम्मको शिक्षा हासिल गर्नुभएको छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "नेपाली कांग्रेस – provincialassembly", provincialassembly.p2.gov.np।
- ↑ शर्मा, शोभा, "प्रदेश सभाको समानुपातिकमा कांग्रेसका ७२ मध्ये ३७ महिला सांसद", Setopati।
- ↑ "समानुपातिकमा कांग्रेसका को-को छन् ?", Dainik Nepal।
- ↑ "कांग्रेसबाट प्रदेशसभा समानुपातिक सांसदमा को–को ? (नामावली)", ImageKhabar।
- ↑ "कांग्रेसबाट समानुपातिकमा को-को बन्दैछन् प्रदेश सांसद ?", SajhaOnline.com (अङ्ग्रेजीमा)।
- ↑ "कांग्रेस प्रदेशसभाका समानुपातिक सांसद (नामसहित)", बाह्रखरी (npमा)।
- ↑ "सरस्वती चौधरी", parliamentwatch.org.np।
![]() |
विकिमिडिया कमन्समा सरस्वती चौधरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |