सरोज दत्त

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सरोज दत्त
সরোজ দত্ত
Kolkata Saroj Dutta statue.jpg
व्यक्तिगत विवरण
जन्म१३ मार्च १९१४
जशोर, पूर्वी बङ्गाल
मृत्यु५ अगष्ट १९७१ (५७ वर्ष)
दक्षिण कलकत्ता, पश्चिम बङ्गाल
राष्ट्रियताभारतीय
राजनीतिक पार्टीभारतीय कम्युनिष्ट पार्टी
जीवन साथी(हरू)बेला दत्त
मातृ शिक्षाप्रतिष्ठानकलकत्ता विश्वविद्यालय
पेशाराजनितीज्ञ, कवि, पत्रकार

सरोज दत्त (बङ्गाली: সরোজ দত্ত, जन्म: १३ मार्च १९१४, मृत्यु: ५ अगष्ट १९७१) एक बङ्गाली बामपन्थी राजनीतिज्ञ तथा बौद्धिक थिए। उनको पूरा नाम सरोजकुमार दत्त हो। सन् १९६० को दशकमा उनी पश्चिम बङ्गालको चरमपन्थी नक्सल आन्दोलनमा सक्रिय थियो।[१] उनी सन् १९४० को दशकमा अमृता बाजार पत्रिकाको सम्पादक पनि भएका थिए। सामान्यतया यो सोचिन्छ कि उनी ५ अगष्ट १९७१ का दिन मा भिडन्तमा मारिएका थिए तर हालसम्म पनि उनी प्रहरी तथा राज्य प्रतिवेदनबाट हराइरहेका छन्। सरोज दत्तको बुबाको नाम बुबाको हृदयकृष्ण दत्त थियो।[२]

शिक्षा[सम्पादन गर्ने]

सरोज दत्तको जन्म १३ मार्च १९१४ का दिन पूर्वी बङ्गालको जश‍ोरमा (हाल बङ्गलादेश) एक धनी परिवारमा भएको थियो। उनले नडाइलको भिक्टोरिया सैनिक विद्यालयबाट शिक्षा आरम्भ गरेका थिए भने उनले सन् १९३६ मा कलकत्तामा रहेको स्कटिस चर्च क्याम्पसबाट स्नातक गरेका थिए। उनले स्नातक उतिर्ण गरेको अर्को वर्ष कलकत्ता विश्वविद्यालय मार्फल अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका थिए।[३]

कार्यकाल[सम्पादन गर्ने]

उनी सन् १९४० को दशकमा अमृता बाजार पत्रिकाको सम्पादक रूपमा उक्त संस्थासँग सामेल भएका थिए। दत्तले आफ्नो पढाइ सिध्याए पछि उनलाई सन् १९४९ मा भारतीय कम्युनिष्ट पार्टीको सदस्यको रूपमा हिंसात्मक गतिविधिमा सामेल भएको कारण बर्खास्त गरिएको थियो।[४] सन् १९६२ मा चीन भारतीय युद्ध पछि उनलाई चीन समर्थक (माओवादी) सहानुभूति भएको कारण पक्राउमा परेका थिए। सन् १९६४ मा उनी भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी), माकपामा सम्मिलित भए र उनी तात्कालिक समयमा सुशील राय चौधरीसँगै स्वाधीनताका सम्पादक थिए। उनी धेरै कट्टरपन्थीहरूमध्ये थिए जो माकपाले सन् १९६७ को चुनावमा चुनावी राजनीतिमा भाग लिने निर्णय गरेपछि मोहभङ्ग भएको थियो। क्रान्तिकारी मार्क्सवादको कट्टरपन्थी रूपतिर आकर्षित भएर उनले सुशील राई चौधरी र केही अन्य कलकत्तामा रहेका बुद्धिजीवीहरूको साथमा मे १९६७ मा चारू मजुमदारको नेतृत्वमा नक्सलबारी विद्रोहलाई समर्थन गरेका थिए। सन् १९६९ अप्रिलमा उनी कम्युनिष्ट पार्टीको संस्थापक सदस्यहरू मध्ये एक पनि थिए। जग्गामालिकहरू र प्रहरीहरूलाई निशाना बनाएर सशस्त्र छापामार युद्धको लागि भारत (मार्क्सवादी – लेनिनवादी), माकपा सङ्गठनलाई एक पछि निषेधित गरिएको थियो। [५] चारू मजुमदार र सरोज दत्ता बङ्गालको फरार व्यक्तिको रूपमा गनिएका थिए।

सन् १९३८ देखि आधुनिक बङ्गाली कविताका लेखहरूले साहित्यिक संसारलाई हलचल मचाउन सुरु गरेको थियो। अग्रानी, ​​परिचय, स्वाधीनता, अरणी आदि पत्रपत्रिकामा उनका असङ्ख्य लेखहरू बङ्गाली प्रगतिशील साहित्यका स्रोत हुन्। कलकत्ताको आशुतोष हलले अखिल भारतीय प्रगति सङ्घको दोस्रो सम्मेलनले पढेको बङ्गाली साहित्य सम्बन्धी बौद्ध निबन्धको जवाफमा वामपन्थी बौद्धिक सरोज दत्तले 'छिन करो भेष' लेखे र बङ्गादी साहित्यमा मार्क्सवादी शैलीको भिन्न आयाम प्रस्तुत गरेका थिए।

मृत्यु[सम्पादन गर्ने]

प्रहरीले दत्तलाई उनका मित्र देबिप्रसाद चटपाध्यायको साथ सन् १९७१ अगष्ट ५ का रात पक्राउ गरेका थिए।[६] जानकारीका अनुसार उनलाई कोलकाता प्रहरीले सोही दिन बिहान आर्यन क्लब मैदानमा हत्या गरेका थिए। यो पनि भनिन्छ कि चलचित्र अभिनेता उत्तम कुमार बिहानको पैदल यात्रामा जाँदा खेरी त्यो घटना प्रत्यक्ष देखेका थिए।[७][८] बङ्गाली लेखक दिव्यन्दु पालिटले पनि उनको उपन्यास 'सहजोधा' मा यस घटनाको बारे वर्णन गरेका थिए।

सन् १९७७ मा माकपाले वाम मोर्चा बहुमतको साथ सत्तामा फर्केपछि धेरै नक्सली सहानुभूतिवादीहरूले सरोज दत्तको मृत्युको छानबिन गर्नका लागि निवेदनमा हस्ताक्षर गरे जुन प्रतिवेदन तात्कालिक समयका मुख्यमन्त्री ज्योति बासुलाई दिइएको थियो।[९] यद्यपि यसबारे कुनै अनुसन्धान गरिएको भने थिएन। उक्त घटनाको एक वर्ष पछि उनका सरोज दत्तका साथी कमरेड चारू मजुमदारको प्रहरी हिरासतमा मृत्यु भएको थियो।[१०]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Prakash Singh (२००६), The Naxalite Movement in India, Rupa Publications, आइएसबिएन 8171672949 Appendix B
  2. Shamanth Rao (मार्च १०, २०११), "The remains of Naxalbari", Livemint, अन्तिम पहुँच २०१४-०२-२६ 
  3. Tribute to Saroj Dutta
  4. Kohli, Atul (१९९८), "From breakdown to order: West Bengal", in Chatterjee, Partha, State and politics in India, OUP India, पृ: ३४८, आइएसबिएन 0195647653 
  5. "History of Naxalism", Hindustan Times, PTI, डिसेम्बर १५, २००५, मूलबाट २२ जुलाई २०१३-मा सङ्ग्रहित। 
  6. "Countering the Maoists", DNA, India, अन्तिम पहुँच २०१४-०२-२४ 
  7. Suniti Kumar Ghosh (१९९३), The Historic Turning-point: A Liberation Anthology, S.K. Ghosh, पृ: १३५। 
  8. "Sopan – Indiancine.ma Wiki", wiki.indiancine.ma, अन्तिम पहुँच २०१४-०२-२४ 
  9. "Come, let us take the country along a new road!", marxists.org, अन्तिम पहुँच २०१४-०२-२४ 
  10. "Frontier articles on Society & Politics", frontierweekly.com, अन्तिम पहुँच २०१४-०२-२४