सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दीपक राज गिरी, सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र छक्का पञ्जा (चलचित्र)का अभिनेता, निर्माता तथा लेखक

नेपाली चलचित्र क्षेत्रमा व्यापारिक रूपमा चर्चित मानिएको एक चलचित्र सन् २००१ को दर्पण छायाँ (चलचित्र) थियो । यस चलचित्रले ७ करोडको हाराहारीमा कमाएको थियो जसको मूल्यह्रास समायोजन गरिएको छैन । त्यसपछि सन् २०१४ मा कोहिनुर (चलचित्र) पहिलो पटक किर्तिमानी १० करोड भन्दा बढी (जम्मा १२ करोड) कमाउन सफल भएको थियो । हालको सर्वाधिक विश्वव्यापी कमाइ गर्ने नेपाली चलचित्र छक्का पञ्जा (चलचित्र) हो ।

पहिलो दिनमा नेपाली रुपैयाँ १ करोड भन्दा बढी कमाएको किर्तिमान लुट-२(चलचित्र)ले बनाएको छ । उक्त चलचित्रले पहिलो दिनमा १.५३ करोड कमाएको थियो ।[१]

विश्वव्यापी सर्वाधिक कमाइ गर्ने नेपाली भाषाका चलचित्रहरू[सम्पादन गर्ने]

* अर्थ चलचित्र अझै सिनेमाघरमा चलिरहेको छ
स्थान चलचित्र वर्ष स्टुडियो(हरू) / निर्माताहरू भाषा विश्वव्यापी कमाई
छक्का पञ्जा (चलचित्र) २०१६ आमा सरस्वती गीता देवी फिल्म्स नेपाली भाषा २० करोड (नेपालभर १५.६३ करोड)[२]
कोहिनुर (चलचित्र) २०१४ नेपा मुभिज् नेपाली भाषा १२ करोड (नेपालभर ११ करोड)[३]
कालो पोथी (चलचित्र) २०१६ पपकर्न कम्पनी नेपाली भाषा १० करोड[४]
*लुट-२(चलचित्र) २०१७ प्रिनसेस् मुभिज् एण्ड ब्लायक हर्स पिक्चर्स नेपाली भाषा ७ करोड
दर्पण छायाँ (चलचित्र) २००१ सिद्धान्त फिल्म्स नेपाली भाषा ७ करोड [५]
परदेशी (चलचित्र) २०१५ पपकर्न कम्पनी नेपाली भाषा ६ करोड[६]
लूट (चलचित्र) २०१२ प्रिनसेस् मुभिज् एण्ड ब्लायक हर्स पिक्चर्स नेपाली भाषा ५.५ करोड [७]
पशुपति प्रसाद २०१६ टुकी आर्टस् नेपाली भाषा ५.५ करोड
ड्रिम्स (चलचित्र) २०१६ काजल फिल्म्स नेपाली भाषा ५ करोड[४]
१० कबड्डी कबड्डी (चलचित्र) २०१५ ब्लायक हर्स पिक्चर्स नेपाली भाषा ५.१७ करोड[८]

स्रोत[सम्पादन गर्ने]

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]