सामग्रीमा जानुहोस्

सर्वाधिक मनपराइएका युट्युब भिडियोहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनवरी २०२५ अनुसार, मिस्टरबिस्ट (माथि) को "उड यु फ्लाई टु पेरिस फर अ बगेट?" नामक छोटो भिडियो ५ करोड ४० लाख सहित सर्वाधिक मनपराइएको युट्युब भिडियो हो।

सर्वाधिक मनपराइएको युट्युब भिडियोहरूको यो सूचीमा सबै समयको सबैभन्दा धेरै लाइक पाएका शीर्ष ३० भिडियोहरू समावेश छन्, जसलाई भिडियो पृष्ठबाट सिधै लिइएको छ। अमेरिकी भिडियो साझेदारी सेवा युट्युबले मार्च २०१० मा यी पृष्ठहरूमा लाइक र डिसलाइक बटन लागू गरेको थियो, जुन वेबसाइटको एक प्रमुख पुनर्गठनको एक भाग थियो। यसले उनीहरूको पाँच-तारा मूल्याङ्कन प्रणालीको प्रतिस्थापनको रूपमा सेवा गरेको थियो।[] युट्युबका डिजाइनरहरूले अघिल्लो प्रणालीलाई निष्प्रभावी पाएका थिए जहाँ दुई देखि चार तारा बीचको भिडियो मूल्याङ्कन गर्ने विकल्पहरू विरलै चयन गरिएको थियो।[]

लाम्फोको गीत "पार्टी रक एन्थम" को लागि सङ्गीत भिडियो सन् २०११ मा १५.६ लाख लाइकको साथ युट्युबमा सबैभन्दा बढी रुचाइएको भिडियोको रूपमा खडा भएको थियो। कोरियाली गायक साईको "गङ्नम स्टाइल"को भिडियो २०१२ सेप्टेम्बरमा १५.७ लाख भन्दा बढी लाइकको साथ अगाडि आएको थियो।यस उपलब्धिपछि, "गङ्नम स्टाइल" सन् २०१२ मा युट्युब र इन्टरनेटमा सबैभन्दा धेरै रुचाइएको भिडियोको रूपमा गिनिज वर्ल्ड रेकर्ड्समा प्रवेश गरेको थियो। २७ अगस्ट २०१६ सम्म लगभग चार वर्षसम्म युट्युबमा सबैभन्दा बढी रुचाइएको भिडियोको रूपमा रहन सफल भएको थियो। विज खलिफाचार्ली पुथ अभिनीत "सि यु अगेन" ले यसलाई १.२१ करोड लाइकको साथ गङ्नम स्टाइललाई उछिनेको थियो। एक वर्ष नबित्दै, २५ जुलाई २०१७ मा, लुइस फोन्सीड्याडी याङ्कीको "देस्पासितो"को सङ्गीत भिडियोले १.६ करोड लाइकका साथ शीर्ष स्थान हासिल गरेको थियो। २३ अक्टोबर २०२२ मा ५ करोड लाइक पुग्ने देस्पासितो पहिलो युट्युब भिडियो बनेको थियो। सन् २०२५ को जनवरी २७ सम्म 'देस्पासितो' सात वर्षसम्म सर्वाधिक रुचाइएको भिडियो बनेको थियो। मिस्टरबिस्टको 'विल यु फ्लाई टु पेरिस फर अ बागुइट?' भिडियोले यसलाई ५ करोड ४३ लाख ९० हजार लाइकको उछिनेको थियो। यो युट्युब सर्ट्सको ब्यानरमा अपलोड गरिएको सबैभन्दा धेरै रुचाइएको भिडियो पनि हो।

सबैभन्दा धेरै रुचाइएको गैर-सङ्गीत र गैर-छोटो भिडियो पनि मिस्टरबिस्टकै नाममा दर्ता छ। उनको भिडियो "मेक दिस भिडियो द मोस्ट लाइकेड भिडियो अन युट्युब" हो जुन जनवरी २०२५ सम्ममा ३ करोड भन्दा बढी लाइकहरू छन्। उनले मे २०१९ देखि यो कीर्तिमानी राख्दै, प्युडिपाईको सबैभन्दा धेरै रुचाइएको गैर-म्युजिक भिडियोलाई पछि पारेका छन्।


शीर्ष भिडियोहरू

[सम्पादन गर्नुहोस्]

निम्न तालिकाले युट्युबमा सबैभन्दा धेरै रुचाइएका शीर्ष ३० भिडियोहरू सूचीबद्ध गर्दछ। []

  पहेँलो पृष्ठभूमि रङका प्रविष्टिहरूले प्रकाशित सामग्रीहरू सङ्गीत भिडियो होइन भनेर सङ्केत गर्दछ।
सर्वाधिक मनपराइएका भिडियोहरू
क्रम सङ्खया भिडियोको नाम प्रकाशक / कलाकार लाइक (करोड) प्रकाशित मिति टिप्पणी
"उड यु फ्लाई टु पेरिस फर अ बगेट?"[]मिस्टरबिस्ट५.४४१९ डिसेम्बर २०२२[]
"देस्पासितो"[]लुइस फोन्सी र ड्याडी याङ्की५.४३९१२ जनवरी २०१७[]
"बेबी सार्क"[]पिङ्कफोङ४.४८९१७ जुन २०१६[]
"सि यु अगेन"[]विज खलिफा र चार्ली पुथ४.४४३६ अप्रिल २०१५[]
"आवर मस्ट इन्टेन्स बेलुन पुपिङ रेस"[]हाउ रेडिकुलस४.३४६१९ अप्रिल २०२२
"छोटी बहन के लिए बबल्स ~ मिनि उड टोय"[]ह्वाट्स आइडिया४.२८८३० मे २०२३
"इफ क्लिनिङ वाज ब टाइम्ड स्पोर्ट. पार्ट टु"[१०]डेलियललाबेल३.९३०१८ अक्टोबर २०२२
"गिभिङ आइफोन्स इन्स्टेड अफ क्यान्डी अन हलोविन"[११]मिस्टरबिस्ट३.९१४२ नोभेम्बर २०२२
"डाइनामाइट"[१२]बिटिएस३.८०२२१ अगस्ट २०२०[]
१०"काताना भर्सेज बुलेट"[१५]मिस्टरबिस्ट३.५५१ ७ सेप्टेम्बर २०२३
११"ओइमजी बेस्ट टिचर"[१६]डेड्नाहाइप३.४९३२१ डिसेम्बर २०२१
१२"द रक भर्सेज मिस्टरबिस्ट फर $१,००,००० "[१७]मिस्टरबिस्ट३.४७१ २१ अक्टोरब २०२२
१३"सेप अफ यु"[१८]एड सिरन३.३९४३० जनवरी २०१७[]
१४"होम अलोन इन अ रस"[१९]ड्यानियललाबेल३.३०२७ डिसेम्बर २०२१
१५"रिभेन्ज"[२०]लुकास र मार्कस32.42१६ जुलाई २०२२
१६"रेटिङ स्ट्रेन्जर्स सट्स (क्रेजी फेल कम्पिलेसन)"[२१]टुभोक३.२१२११ मार्च २०२३
१७"रियल लाइफ ट्रान्सफर्मिङ सिन्ड्रेला ड्रेस" [२२]जस्टिन फ्लोम३.१८०८ नोभेम्बर २०२२
१८"आई ड्रु खाबी लामे एन्ड बेला पोर्च एन्ड गेभ यट टु देम (क्रेजी रियाक्सन!)"[२३]देभोन रोद्रिगेस३.१४९१८ अगस्ट २०२२
१९"पावर टुल्स रेसिङ यज इन्टेन्स"[२४]हाउ रेडिकुलस३.११८१२ अप्रिल २०२२
२०"हाउ ज्याक किङ गेट्स अवे विथ डुइङ ग्राफिटी"[२५]डलरबिल (पुन:प्रकाशक), ज्याक किङ (सर्जक)३.०७०२३ जुलाई २०१९[]
२१"मेक दिस भिडियो द मस्ट लाइक्ड भिडियो अन युट्युब"[२६]मिस्टरबिस्ट३.०३७१६ जनवरी २०१९
२२"गङ्नम स्टाइल"[२७]साई२.९८६१५ जुलाई २०१२[]
२३"ब्वाई विथ लभ"[३०]बिटिएसहल्जी२.८९०१२ अप्रिल २०१९[]
२४ "फेडेड"[३१]एलान वाकर२.८८४३ डिसेम्बर २०१५[]
२५"लभ्ली"[३२]बिली आइलिसखलिद२.७६४१९ अप्रिल २०१८[]
२६"द ग्रेटेस्ट हाई फाइभ इन स्पोर्ट्स हिस्ट्री"[३३]ओमार इएसपिएन२.७४२२२ फेब्रुअरी २०२२
२७"बेबी"[३४]जस्टिन बिबरलुडाक्रिस२.६२८१९ फेब्रुअरी २०१०[]
२८ "एलोन"[३७]मार्समेलो२.६०६२ जुलाई २०१६[]
२९"किल दिस लभ"[३८]ब्ल्याकपिङ्क२.५९१४ अप्रिल २०१९[]
३०"फेभरेट साउन्ड एफेक्टिङ मम् क्लिप्स" [३९]पिट मोन्टजिङ्गो२.५४६२४ नोभेम्बर २०२१
२७ जनवरी २०२५ सम्म
  1. केही देशहरूमा युट्युबको क्षेत्रीय प्रतिबन्धका कारण केही भिडियोहरू विश्वव्यापी रूपमा उपलब्ध नहुन सक्छन्।
  2. २७ जनवरी २०२५ मा, "उड यु फ्लाई टु पेरिस फर अ बगेट?"ले "देस्पासितो"लाई उछिन्दै सर्वाधिक मनपराइएको भिडियो बन्न सफल भएको थियो।
  3. "देस्पासितो"ले २५ जुलाई २०१७ मा, सर्वाधिक मनपराइएको भिडियोको रूपमा "सि यु अगेन"लाई उछिनेको थियो; ३० अगस्ट २०१७ मा २ करोड लाइक पुग्ने पहिलो भिडियो बनेको थियो;[] २९ सेप्टेम्बर २०१८ मा ३ करोड लाइक पुग्ने पहिलो भिडियो; २४ सेप्टेम्बर २०२० मा ४ करोड लाइक पुग्ने पहिलो भिडियो; र २३ अक्टोबर २०२२ मा ५ करोड लाइक पुग्ने पहिलो भिडियो बनेको थियो।
  4. "बेबी सार्क" ३१ अगस्ट २०२० मा २ करोड लाइक पुग्ने पाँचौँ भिडियो बनेको थियो। २१ अगस्ट २०२१ मा, ३ करोड लाइक सम्म पुग्ने चौथो भिडियो; १९ अप्रिल २०२३ मा, ४ करोड लाइक पुग्ने तेस्रो भिडियो बनेको थियो।
  5. "सि यु अगेन" ले २७ अगस्ट २०१६ मा, "गङ्नम स्टाइल"लाई उछिन्दै सर्वाधिक मनराइएको भिडियो बनेको थियो; सेप्टेम्बर १२, २०२० मा ३ करोड लाइक पुग्ने दोस्रो भिडियो बनेको थियो।
  6. "डाइनामाइट" सबैभन्दा छिटो २ करोड लाइक पुग्ने छैटौँ भिडियो हो भने यसले २३ अक्टोबर, २०२० मा जारी भएको दुई महिना पछि सो पार गरेको थियो;[१३] सबैभन्दा छिटो ३ करोड लाइक पुग्ने तेस्रो भिडियो हो भने यसले ११ अगस्ट २०२१ मा जारी भएको एक वर्ष पछि सो पार गरेको थियो [१४]
  7. "सेप अफ यु" १२ जुन २०१९ मा, २ करोड लाइक पुग्ने तेस्रो भिडियो बनेको थियो।
  8. "हाउ ज्याक किङ गेट्स अवे विथ डुइङ ग्राफिटी" २४ अक्टोबर २०२१ मा, २ करोड लाइक पुग्ने चौथो भिडियो बनेको थियो।
  9. "गङ्नम स्टाइल"ले १३ सेप्टेम्बर २०१२ मा, "पार्टी रक एन्थम"लाई उछिन्दै सर्वाधिक मनपराइएको भिडियो बनेको थियो;[२८]३ नोभेम्बर २०१५ मा, १ करोड लायक पुग्ने पहिलो भिडियो बनेको थियो;[२९] ७ डिसेम्बर २०२० मा, २ करोड लाइक पुग्ने सातौँ भिडियो बनेको थियो।
  10. "ब्वाई विथ लभ" ७ डिसेम्बर २०२० मा, २ करोड लाइक पुग्ने आठौँ भिडियो बनेको थियो।
  11. "फेडेड" ३ जुलाई २०२० मा, २ करोड लाइक पुग्ने चौथो भिडियो बनेको थियो।
  12. "लभ्ली" २५ अक्टोबर २०२१ मा, २ करोड लाइक पुग्ने पन्ध्रौँ भिडियो बनेको थियो।
  13. ६ जुलाई २०११ मा, "बेबी"ले "एभोलुसन अफ डान्स"लाई उछिन्दै सर्वाधिक मनपराइएका भिडियो बनेको थियो।[३५][३६] २३ डिसेम्बर २०२१ मा, २ करोड लाइक पुग्ने सोह्रौँ भिडियो बनेको थियो।
  14. "अलोन" ३१ मार्च २०२१ मा, २ करोड लाइक पुग्ने नवौँ भिडियो बनेको थियो।
  15. "किल दिस लभ" २५ जुलाई २०२१ मा, २ करोड लाइक पुग्ने एघारौँ भिडियो बनेको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Lowensohn, Josh (मार्च ३१, २०१०), "YouTube's big redesign goes live to everyone", CNET, CBS Interactive, मूलबाट मे १२, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ९, २०१६
  2. Siegler, M. G. (सेप्टेम्बर २२, २००९), "YouTube Comes To a 5-Star Realization: Its Ratings Are Useless", TechCrunch, AOL, मूलबाट जुन ३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ९, २०१६
  3. "MrBeast - Would You Fly To Paris For A Baguette?", युट्युब, अन्तिम पहुँच डिसेम्बर २७, २०२२
  4. "Luis Fonsi - Despacito ft. Daddy Yankee", युट्युब, जनवरी १२, २०१७, अन्तिम पहुँच जुलाई २८, २०२२
  5. "Despacito on YouTube on the Wayback Machine on August 30, 2017 17:35:50 (UTC)", वेब्याक मेसिन, अगस्ट ३०, २०१७, मूलबाट अगस्ट ३०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३०, २०१७
  6. "Baby Shark Dance | #babyshark Most Viewed Video | Animal Songs | PINKFONG Songs for Children", युट्युब, १७ जुन २०१६, अन्तिम पहुँच जुलाई २८, २०२२
  7. "Wiz Khalifa - See You Again ft. Charlie Puth [Official Video] Furious 7 Soundtrack", युट्युब, अप्रिल ६, २०१५, अन्तिम पहुँच जुलाई २८, २०२२
  8. "howridiculous - Our MOST INTENSE Balloon Popping Race", युट्युब, अन्तिम पहुँच जनवरी ३१, २०२२
  9. "छोटी बहन के लिए Bubbles Gun ~ mini wood toy - woodworking art skill /wood / hand crafts", युट्युब, अन्तिम पहुँच जुन २६, २०२४
  10. "If Cleaning Was a Timed Sport. Part 2", युट्युब, अन्तिम पहुँच जनवरी ११, २०२३
  11. "Giving iPhones Instead Of Candy on Halloween", Youtube.com, मिस्टरबिस्ट, नोभेम्बर २, २०२२, अन्तिम पहुँच १० अप्रिल २०२३
  12. "BTS (방탄소년단) 'Dynamite' Official MV", युट्युब, अगस्ट २०, २०२०, अन्तिम पहुँच जुलाई २८, २०२२
  13. "Dynamite on YouTube on the Wayback Machine on October 23, 2020, 15:07:39 (UTC)", वेब्याक मेसिन, अक्टोबर २३, २०२०, मूलबाट अक्टोबर २३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १४, २०२१
  14. "Dynamite on YouTube on the Wayback Machine on August 11, 2021, 10:54:30 (UTC)", वेब्याक मेसिन, अगस्ट ११, २०२१, मूलबाट अगस्ट ११, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १३, २०२१
  15. "Katana Vs Bullet", युट्युब, अन्तिम पहुँच जुन १, २०२३
  16. "Dednahype - OMG Best Teacher", युट्युब, अन्तिम पहुँच जनवरी १, २०२३
  17. "The Rock Vs MrBeast For $100,000", युट्युब, अन्तिम पहुँच जुन १, २०२३
  18. "Ed Sheeran - Shape of You [Official Video]", युट्युब, जनवरी ३०, २०१७, अन्तिम पहुँच जुलाई २८, २०२२
  19. "DanielLaBelle - Home Alone in a Rush", युट्युब, अन्तिम पहुँच जनवरी ११, २०२३
  20. "Revenge", युट्युब, अन्तिम पहुँच जुन १, २०२३
  21. "Rating Strangers Shots (Crazy Fail Compilation)", युट्युब, अन्तिम पहुँच डिसेम्बर २९, २०२३
  22. "Real Life Transforming Cinderella Dress", युट्युब, अन्तिम पहुँच डिसेम्बर २९, २०२३
  23. "I drew Khaby Lame and Bella Poarch and gave it to them (crazy reaction!)", युट्युब, अन्तिम पहुँच मे १३, २०२३
  24. "Power Tools Racing is INTENSE", युट्युब, अन्तिम पहुँच मार्च १७, २०२३
  25. "How Zach King Gets Away With Doing Graffiti", युट्युब, जुलाई २३, २०१९, अन्तिम पहुँच जुलाई २८, २०२२
  26. "Make This Video The Most Liked Video On Youtube", युट्युब, जनवरी १६, २०१९, अन्तिम पहुँच जुलाई २८, २०२२
  27. "Psy - Gangnam Style", युट्युब, जुलाई १५, २०१२, अन्तिम पहुँच जुलाई २८, २०२२
  28. "Gangnam Style on YouTube on the Wayback Machine on November 3, 2015, 14:23:39 (UTC)", वेब्याक मेसिन, नोभेम्बर ३, २०१५, मूलबाट नोभेम्बर ३, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ९, २०१६
  29. "BTS (방탄소년단) '작은 것들을 위한 시 (Boy With Luv) feat. Halsey' Official MV", युट्युब, अप्रिल १२, २०१९, अन्तिम पहुँच जुलाई २८, २०२२
  30. "Alan Walker - Faded", युट्युब, डिसेम्बर ३, २०१५, अन्तिम पहुँच जुलाई २८, २०२२
  31. "Billie Eilish, Khalid - lovely", युट्युब, अप्रिल २६, २०१८, अन्तिम पहुँच जुलाई २८, २०२२
  32. "The Greatest High Five in Sports History", युट्युब, अन्तिम पहुँच डिसेम्बर २९, २०२३
  33. "Justin Bieber - Baby", युट्युब, फेब्रुअरी १९, २०१०, अन्तिम पहुँच जुलाई २८, २०२२
  34. "Evolution of Dance on YouTube on the Wayback Machine on July 18, 2011 14:20:26 (UTC)", वेब्याक मेसिन, जुलाई १८, २०११, मूलबाट जुलाई १८, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ९, २०१६
  35. "Baby on YouTube on the Wayback Machine on July 17, 2011 4:35:04 (UTC)", वेब्याक मेसिन, जुलाई १७, २०११, मूलबाट जुलाई १७, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ९, २०१६
  36. "Marshmello - Alone (Official Music Video)", युट्युब, जुलाई २, २०१६, अन्तिम पहुँच जुलाई २८, २०२२
  37. "BLACKPINK - 'Kill This Love' M/V", युट्युब, अप्रिल ४, २०१९, अन्तिम पहुँच जुलाई २८, २०२२
  38. "Favorite Sound Effecting Mom Clips", युट्युब, अन्तिम पहुँच डिसेम्बर २९, २०२३