सल्लेधारा, पाल्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


परिचय[सम्पादन गर्नुहोस्]

सल्लेधारा छहरा गाविसको एउटा सुन्दर गाँउ हो। छहरा गाविसको पश्चिमि भु-भागमा यो गाउँ रहेको छ। पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट पणेना,दुर्गाफाँट सन्धिखर्क चल्ने गाडि यहि गाउँ अर्थात सल्लेधारा हुदैं चल्ने गर्दछन्। छहरा बजारबाट करिव ३ किलोमिटरको दुरि पार गरिसकेपछि मेहलढाब बजार आउँदछ, मेहलढाब बजारबाट २ वटा बाटो सुरू हुने गर्दछ्न् एउटा उपल्लो अनि एउटा तल्लो, यहि तल्लो बाटोबाट करिव १ किलोमिटर जतिको मोटरबाटो पार गरिसकेपछि सल्लेधारा गाऊँ सुरू हुनेगर्दछ। केहि समय अगाडि मात्र संचालनमा आएको मेहलढाब, सल्लेधारा, पणेना सडक खण्ड छोटो समयमै सफल भएको सडक पनि हो। सुन्दर हरियालिका बिचमा रहेको सल्लेधारा गाउँ निकै नै मनमोहक रहेको छ। करिब ५० वटा जति घरबस्ति भएको यो गाऊँमा सम्पुर्ण सेवा तथा सुबिधाहरू पनि पुगिसकेका छन्। विकासका पुर्बाधारमध्ये प्रायजसो सबै पुगिसकेको यो सल्लेधारा भौगोलिक रूपमा पनि निकै नै ठुलो रहेको छ। खानेपानी, यातयात, बिजुलिबत्तिजस्ता महत्त्वपुर्ण सेवा तथा सुबिधाहरू पनि यहाँ पुगिसकेका छन्।