ससेक्सकी डचेस मेगन
| मेगन | |||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| ससेक्सको डचेस | |||||||||||||
सन् २०२४ मा मेगन | |||||||||||||
| जन्म | रेचल मेगन मार्कल ४ अगस्ट १९८१ क्यानोगा पार्क, लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका | ||||||||||||
| जीवनसाथीहरू | |||||||||||||
| सन्तान | |||||||||||||
| घराना | विन्डसर (विवाहद्वारा) | ||||||||||||
| बाबु | थमस मार्कल सिनियर | ||||||||||||
| आमा | डोरिया राल्यान्ड | ||||||||||||
| |||||||||||||
| संयुक्त अधिराज्य र अन्य राष्ट्रमण्डल क्षेत्रहरूको राजपरिवार |
|---|
|
|
ससेक्सकी डचेस मेगन (/ˈmɛɡən/; जन्म नाम: रेचल मेगन मार्कल, अगस्ट ४, १९८१), बेलायती शाही परिवारकी एक अमेरिकी सदस्य, सञ्चार माध्यम व्यक्तित्व, उद्यमी तथा अभिनेत्री हुन्। उनले राजा चार्ल्स तृतीयका कान्छा छोरा राजकुमार ह्यारी, ससेक्सका ड्युकसँग विवाह गरेकी छिन्।
मेगनको जन्म र हुर्काइ क्यालिफोर्नियाको लस एन्जलसमा भएको थियो। उनको अभिनय यात्रा नर्थवेस्टर्न विश्वविद्यालयबाट सुरु भएको र उनले कानुनी नाटक शृङ्खला सुट्स मा सात संस्करण (सन् २०११–२०१८) सम्म रेचल जेनको भूमिका निर्वाह गरेकी थिइन्। उनले सामाजिक सञ्जालमा पनि आफ्नो उपस्थिति बलियो बनाएकी थिइन् जसमा जीवनशैली ब्लग द टिग (सन् २०१४–२०१७) समावेश थियो। 'द टिग' को समयमा, मेगन मुख्यतया महिलाका मुद्दाहरू र सामाजिक न्यायमा केन्द्रित परोपकारी कार्यहरूमा संलग्न भएकी थिइन्। उनले सन् २०११ मा चलचित्र निर्माता ट्रेभर एङ्गेल्सनसँग विवाह गरेकी थिइन् जससँग सन् २०१४ मा सम्बन्ध विच्छेद भएको थियो।
मेगनले सन् २०१८ मा राजकुमार ह्यारीसँग विवाह गरेपछि ससेक्सकी डचेसको रूपमा परिचित भएकी थिइन्। उनीहरूका आर्ची र लिलिबेट गरि दुई सन्तान छन्। यस जोडीले जनवरी २०२० मा राजपरिवारको कार्यकारी सदस्यको पद त्याग गरेपछि मेगन जन्मथलो दक्षिणी क्यालिफोर्निया बसाइँसराइ गरि आफ्ना पतिको साथमा आर्चवेल निगम स्थापना गरेकी थिइन् जुन बेभर्ली हिल्समा आधारित नाफामूलक र गैर-नाफामूलक (परोपकारी) व्यावसायिक संस्थाहरूको मिश्रण हो। सन् २०२१ मार्चमा उनीहरूले ओप्रा विन्फ्रेद्वारा सञ्चालित बहुचर्चित अमेरिकी टेलिभिजन अन्तर्वार्ता ओप्रा विथ मेगन एन्ड ह्यारी मा भाग लिएका थिए। उनी बालबालिकाको पुस्तक द बेन्चकी लेखिका, आर्कटाइप्स (सन् २०२२) नामक पोडकास्टको आयोजक र नेटफ्लिक्स शृङ्खला ह्यारी एन्ड मेगन (सन् २०२२) तथा विथ लभ, मेगन (सन् २०२५) मा अभिनय गरेकी छिन्। उनको जीवनशैली र खानपान सम्बन्धि संस्था, एज एभर, आधिकारिक रूपमा सन् २०२५ को अप्रिलमा सुरु गरिएको थियो।
सार्वजनिक जीवन
[सम्पादन गर्नुहोस्]शाही कर्तव्यहरू
[सम्पादन गर्नुहोस्]
विवाह प्रतिज्ञापछि (मगनी) मार्कलको ह्यारीसँगको पहिलो आधिकारिक सार्वजनिक उपस्थिति डिसेम्बर १, २०१७ मा नटिङ्घममा आयोजित विश्व एड्स दिवसको पदयात्रामा भएको थियो।[१][२] मार्च १२ मा, वेस्टमिन्स्टर एबेमा आयोजित सन् २०१८ राष्ट्रमण्डल दिवस सेवामा महारानीसँग उनले भाग लिएको पहिलो शाही कार्यक्रम थियो।[३] मार्च २३ मा, ह्यारी र मेगनले उत्तर आयरल्यान्डको पूर्वसूचना बिना नै भ्रमण गरेका थिए।[४] विवाह हुनुभन्दा अघि मार्कलले कुल २६ वटा सार्वजनिक कार्यक्रमहरूमा सहभागिता जनाएकी थिइन्।[५] विवाहपछिको मेगनको पहिलो आधिकारिक संलग्नता मे २२ मा थियो, जब उनी र उनका पतिले राजा चार्ल्स तृतीय (तत्कालीन वेल्सका राजकुमार) को परोपकारी कार्यको उत्सव मनाउने एउटा गार्डेन पार्टीमा भाग लिएका थिए।[६]
जुलाई २०१८ मा, शाही सदस्यको रूपमा मेगनको पहिलो आधिकारिक विदेश भ्रमण ह्यारीसँगै आयरल्यान्डको डब्लिनमा भएको थियो।[७][८] अक्टोबर २०१८ मा, ड्युक र डचेस सन् २०१८ को इन्भिक्टस गेम्सका लागि सिड्नी प्रस्थान गरेका थिए।[९] यो प्रशान्त क्षेत्रको भ्रमणको एक अंश थियो जसमा अस्ट्रेलिया, फिजी, टोङ्गा र न्युजिल्यान्ड जस्ता देशहरू समावेश थिए।[१०][११] महारानीको प्रतिनिधिको रूपमा, यस जोडीलाई सिड्नीमा भीडले न्यानो स्वागत गरेको थियो र उनीहरूको आगमनको केही घण्टापछि मेगनको गर्भावस्थाको घोषणाले जनता र सञ्चार माध्यमलाई उत्साहित बनाएको थियो।[११][१२] फेब्रुअरी २०१९ मा मोरक्कोको भ्रमणको क्रममा, ड्युक र डचेसले "महिला सशक्तिकरण, बालिकाहरूको शिक्षा, समावेशीता र सामाजिक उद्यमशीलताको प्रोत्साहन" मा केन्द्रित परियोजनाहरूमा ध्यान दिएका थिए।[१३] मेगनले राष्ट्रमण्डलको युवा राजदूतको रूपमा आफ्ना श्रीमानको कार्यमा पनि सहभागिता जनाएकी थिइन् जसमा वैदेशिक भ्रमणहरू समावेश थिए।[१४][१५]
सन् २०१९ मा क्याम्ब्रिजका ड्युक र डचेसको कार्यालयबाट छुट्टै कार्यालय स्थापना गर्ने प्रक्रियाको हिस्साको रूपमा, ड्युक र डचेसले इन्स्टाग्रामको एक सामाजिक सञ्जाल खाता सिर्जना गरेका थिए जसले त्यस समयमा सबैभन्दा छिटो १० लाख अनुसरण प्राप्त गर्ने खाताको रूपमा कीर्तिमान बनाएको थियो।[१६] सन् २०१९ जुलाईमा, विम्बल्डनमा सेरेना विलियम्स र काजा जुभान बीचको खेल हेरिरहेकी डचेसको वरिपरि लगभग ४० वटा सिटहरू खाली गराएको भन्दै उनको सुरक्षा टोलीको आलोचना भएको थियो।[१७] सन् २०१९ अगस्टमा, मेगन र उनका श्रीमानलाई वातावरणीय अभियानकर्ताहरूले विदेशको व्यक्तिगत यात्रामा नियमित रूपमा निजी जेटहरू प्रयोग गरेकोमा आलोचना गरिएको थियो जसले व्यावसायिक विमानहरूको तुलनामा प्रति व्यक्ति बढी कार्बन फुटप्रिन्ट छोड्ने गर्दछ। यो आलोचना सन् २०१९ जुनमा शाही परिवारले व्यावसायिक यात्राबाट आफ्नो कार्बन फुटप्रिन्ट दोब्बर बनाएको दाबी गरिएपछि सामना गरेको उस्तै आलोचनासँग मिल्दोजुल्दो थियो।[१८][१९]

सन् २०१९ सेप्टेम्बर र अक्टोबरमा, मालावी, अङ्गोला, दक्षिण अफ्रिका र बोत्स्वाना समावेश गरी एक दक्षिणी अफ्रिकी भ्रमण गरिएको थियो। आर्चीले आफ्ना आमाबुवासँग यात्रा गरेका थिए, जसले यसलाई "एक परिवारको रूपमा उनीहरूको पहिलो आधिकारिक भ्रमण" बनाएको थियो।[२०] मेगनले सन् २०१८ र २०१९ मा जम्मा १७९ वटा आधिकारिक कार्यक्रमहरू सम्पन्न गरेकी थिइन्।[२१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Davies, Caroline (डिसेम्बर १, २०१७), "Meghan Markle begins royal induction with Nottingham walkabout", The Guardian, मूलबाट डिसेम्बर ३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ४, २०१७।
- ↑ "Prince Harry and Meghan Markle wow Nottingham crowds on first joint visit", BBC, डिसेम्बर १, २०१७, मूलबाट डिसेम्बर ३, २०१७-मा सङ्ग्रहित।
- ↑ Low, Valentine (मार्च १२, २०१८), "Meghan Markle joins Queen for first time at official royal event", The Times, London, मूलबाट मार्च १२, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १२, २०१८।
- ↑ "Prince Harry and Meghan Markle in Northern Ireland: Couple's rapturous welcome on unannounced visit", The Daily Telegraph, मार्च २३, २०१८, मूलबाट मार्च २३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २३, २०१८।
- ↑ "Royal wedding facts and figures: From how many people are invited, to the cost of Windsor parking", The Daily Telegraph, मे २१, २०१८, मूलबाट मे २१, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २१, २०१८।
- ↑ Furness, Hannah (मे २२, २०१८), "Duke and Duchess of Sussex make first appearance as a married couple at Prince Charles' 70th birthday party", The Daily Telegraph, मूलबाट मे २२, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २२, २०१८।
- ↑ "Britain's Prince Harry and Meghan Markle set for first trip abroad as newlyweds with Dublin tour", Independent.ie, जुन १९, २०१८, मूलबाट जुन १९, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १९, २०१८।
- ↑ "Prince Harry and Meghan Markle to visit Dublin", The Irish Times, जुन १९, २०१८, मूलबाट जुलाई २, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १९, २०१८।
- ↑ "Prince Harry and Meghan to visit Australia in October for Invictus Games", The Guardian, जुन ११, २०१८, मूलबाट नोभेम्बर ९, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १८, २०२०।
- ↑ "Royal tour: Harry and Meghan's overseas trip so far", BBC, अक्टोबर ३१, २०१८, मूलबाट डिसेम्बर १८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १९, २०१८।
- 1 2 Lyons, Kate (अक्टोबर १९, २०१८), "Bearing a baby and banana bread, Harry and Meghan enchant Australia", The Guardian, मूलबाट डिसेम्बर २१, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १९, २०१८।
- ↑ Furness, Hannah (अक्टोबर १६, २०१८), "Duchess of Sussex says 'we're ready and excited to join the club' after pregnancy announcement", The Daily Telegraph, मूलबाट डिसेम्बर २०, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १९, २०१८।
- ↑ Perry, Simon; Hill, Erin (फेब्रुअरी २३, २०१९), "Meghan Markle and Prince Harry Arrive Hand-in-Hand in Morocco for Last Royal Tour Before Baby", People, मूलबाट फेब्रुअरी २४, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २४, २०१९।
- ↑ Furness, Hannah (अप्रिल १६, २०१८), "Prince Harry reveals Meghan Markle will take on Commonwealth role", The Daily Telegraph।
- ↑ Foussianes, Chloe (जनवरी १९, २०२०), "What Will Prince Harry and Meghan Markle's New Roles in the British Commonwealth Look Like?", Town & Country।
- ↑ Puente, Maria (अप्रिल २, २०१९), "Harry and Meghan's new Instagram account is a record-breaking hit with millions", USA TODAY।
- ↑ Kindelan, Katie (जुलाई ९, २०१९), "Duchess Meghan faces backlash for Wimbledon security, empty seats", Good Morning America।
- ↑ Webster, Ben (अगस्ट १९, २०१९), "Prince Harry used private jet twice in a week after climate talks", The Times, London।
- ↑ Britton, Bianca (अगस्ट २०, २०१९), "Harry and Meghan branded hypocrites for using private jets", CNN।
- ↑ Gonzales, Erica (सेप्टेम्बर ६, २०१९), "Meghan Markle, Prince Harry, and Archie's Royal Tour of Southern Africa: Everything You Need to Know", Harper's Bazaar।
- ↑ "The royal clan: who's who, what do they do and how much money do they get?", The Guardian, अप्रिल ७, २०२३।