सामग्रीमा जानुहोस्

ससेक्सकी राजकुमारी लिलिबेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजकुमारी लिलिबेट
जन्मलिलिबेट डायना माउन्टब्याटन-विन्डसर
(2021-06-04) ४ जुन २०२१ (उमेर ५)
सान्ता बारबरा कटेज अस्पताल, सान्ता बारबरा, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
घरानाविन्डसर
बाबुराजकुमार ह्यारी, ससेक्सका ड्युक
आमामेगन मार्कल

ससेक्सकी राजकुमारी लिलिबेट (लिलिबेट डायना माउन्टब्याटन-विन्डसर, जन्म: ४ जुन २०२१) बेलायती शाही परिवारकी अमेरिकी मूलकी सदस्य हुन्। उनी राजकुमार ह्यारी, ससेक्सका ड्युकससेक्सकी डचेस मेगनकी छोरी हुन्। उनी राजा चार्ल्स तृतीयकी नातिनी हुन् भने उनी बेलायती राजगद्दीको उत्तराधिकार क्रममा सातौँ स्थानमा छिन्।[]

जन्म र परिवार

[सम्पादन गर्नुहोस्]

लिलिबेट डायना माउन्टब्याटन-विन्डसरको जन्म ४ जुन २०२१ का दिन बिहान ११:४० प्रशान्त समय क्षेत्र (१८:४० अप्रस) मा क्यालिफोर्नियाको सान्ता बारबरास्थित सान्ता बारबरा कटेज अस्पतालमा भएको थियो। उनी ससेक्सका ड्युक र डचेसकी दोस्रो सन्तान हुन् र उनका एक दाजु राजकुमार आर्ची छन्।[] उनको जन्म र नामको घोषणा उनको जन्म भएको दुई दिनपछि गरिएको थियो। उनको नाम उनकी बुढी हजुरआमा रानी एलिजाबेथ द्वितीयको सम्मानमा राखिएको हो, जसलाई परिवारमा "लिलिबेट" भनेर बोलाइन्थ्यो,[][] र उनको नामको दोस्रो भाग उनकी हजुरआमा वेल्सकी राजकुमारी डायनाको सम्झनामा राखिएको हो।[] उनको उपनाम "लिली" हो।[] उनको पुर्ख्यौली मिश्रित नश्लको छ, जसमा आमाको तर्फबाट अफ्रिकी र युरोपेली वंशजहरू रहेका छन्।[] साथै, उनीसँग संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य दुवै देशको बाल प्रमाणपत्र रहेको छ।[] सन् २०२१ डिसेम्बरमा, लिलिबेटको पहिलो तस्वीर उनका आमाबुवाको क्रिसमस कार्ड मार्फत सार्वजनिक गरिएको थियो।[][]

सन् २०२२ को जुन महिनामा महारानीको एलिजाबेथ द्वितीयको ७० वर्षको शासनकालको उपलक्ष्यमा मनाइएको एक ऐतिहासिक उत्सवको अवसरमा परिवारले लन्डन भ्रमण गर्दा लिलिबेटले आफ्नी बुढी हजुरआमा इलिजावेथ द्वितीय र हजुरबुवा चार्ल्ससँग पहिलोपटक व्यक्तिगत रूपमा भेट भएको थियो।[][] उनको बप्तिस्मा ३ मार्च २०२३ मा एङ्ग्लिकन कम्युनियनको एक प्रान्त, एपिस्कोपल चर्चको विधि अनुसार लस एन्जलसका विसप जोन एच टेलरद्वारा उनका आमाबुवाको घरमा एक निजी समारोहबीच गरिएको थियो।[१०] उनका धर्मपिता अमेरिकी अभिनेता तथा हास्य कलाकार टायलर पेरी हुन्।[११]

लिलिबेट र उनको परिवार मुख्यतया मोन्टेसिटो, क्यालिफोर्नियामा बसोबास गर्छन्।[१२]

पदवी र सम्बोधन

[सम्पादन गर्नुहोस्]

८ सेप्टेम्बर २०२२ मा एलिजाबेथ द्वितीयको मृत्युचार्ल्स तृतीयको राज्यारोहणपछि, सन् १९१७ मा राजा जर्ज पाँचौँद्वारा जारी गरिएको राजआज्ञा अनुसार, राजाको छोराको सन्तान भएको नाताले लिलिबेट "राजकुमारी" पदवी र "रोयल हाइनेस" सम्बोधन प्रयोग गर्न योग्य भएकी थिइन्।[१३] ८ मार्च २०२३ मा लिलिबेटका आमाबुवाका प्रवक्ताले उनको बप्तिस्माको पुष्टि गर्दै जारी गरेको विज्ञप्तिमा पहिलो पटक सार्वजनिक रूपमा उनलाई "राजकुमारी" पदवीले सम्बोधन गरिएको थियो जहाँ उनलाई "राजकुमारी लिलिबेट डायना" भनिएको थियो।[१४] शाही परिवारको आधिकारिक वेबसाइटलाई ९ मार्चमा अद्यावधिक गरी उनलाई "ससेक्सकी राजकुमारी लिलिबेट"को रूपमा उल्लेख गरिएको थियो।[१५][१६] लिलिबेटले औपचारिक कार्यक्रमहरूमा यी पदवीहरू प्रयोग गर्नेछिन् तर दैनिक कुराकानीमा भने प्रयोग गर्ने छैनन्।[१७]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "Prince Harry and Meghan announce birth of baby girl", BBC News, ६ जुन २०२१, अन्तिम पहुँच ६ जुन २०२१
  2. 1 2 "Harry and Meghan announce birth of baby daughter, saying: 'She is more than we could have ever imagined'", Sky News, ६ जुन २०२१, अन्तिम पहुँच २८ सेप्टेम्बर २०२१
  3. Shearing, Hazel (७ जुन २०२१), "Queen 'delighted' after Harry and Meghan announce birth of baby girl", BBC News, अन्तिम पहुँच २८ सेप्टेम्बर २०२१
  4. Said-Moorhouse, Lauren (७ जुन २०२१), "The meaning behind Lilibet 'Lili' Diana Mountbatten-Windsor", CNN, अन्तिम पहुँच ८ जुन २०२१
  5. Landler, Mark (६ जुन २०२१), "Harry and Meghan Announce Birth of Second Baby, Lilibet Diana", The New York Times, अन्तिम पहुँच ६ जुन २०२१, "...after a sensational interview with Oprah Winfrey in which Meghan, a 'biracial' American former actress, accused the royal family..."
  6. Foster, Max; Said-Moorhouse, Lauren (६ जुन २०२१), "Meghan and Harry welcome baby girl, Lilibet Diana", CNN, अन्तिम पहुँच ६ जुन २०२१, "Her birth in the United States makes her the most senior royal in the line of succession to have been born overseas. It also makes her a dual US-UK citizen, meaning that the youngest Sussex could potentially go on to become US President when she grows up."
  7. Ledbetter, Carly (२३ डिसेम्बर २०२१), "Prince Harry, Meghan Markle Release First Photo Of Baby Lili In Holiday Card", HuffPost, अन्तिम पहुँच २३ डिसेम्बर २०२१
  8. 1 2 Lee, Joseph (३० जुन २०२२), "Prince Charles had 'very emotional' first meeting with Lilibet, says royal source", BBC News (अङ्ग्रेजीमा), अन्तिम पहुँच ४ जुलाई २०२२
  9. Petter, Olivia (४ जुन २०२२), "Queen 'Meets Lilibet for the First Time' As Harry and Meghan Reunite with Monarch", The Independent, अन्तिम पहुँच ४ जुलाई २०२२
  10. Perry, Simon; Hill, Erin (८ मार्च २०२३), "Meghan and Harry's Daughter Princess Lilibet Christened in Intimate California Ceremony", People, अन्तिम पहुँच ८ मार्च २०२३
  11. Clark, Meredith (१५ डिसेम्बर २०२२), "Prince Harry and Meghan Markle reveal Tyler Perry is daughter Lilibet's godfather", The Independent, अन्तिम पहुँच १५ डिसेम्बर २०२२
  12. Furness, Hannah (१९ फेब्रुअरी २०२२), "Prince Harry will renew Frogmore Cottage lease to keep serving Queen", The Telegraph (en-GBमा), आइएसएसएन 0307-1235, अन्तिम पहुँच १३ सेप्टेम्बर २०२२
  13. Multiple sources: "Prince Harry and Meghan's children in line to get new royal titles after Queen Elizabeth II's death", ABC News "Prince Harry and Meghan's children Archie and Lillibet now a prince and princess, as a number of royal titles change", CBS News, ११ सेप्टेम्बर २०२२। "How the Queen's death changes royal titles including Archie and Lilibet", ९ सेप्टेम्बर २०२२। "Harry and Meghan's children become Prince Archie and Princess Lilibet", ९ सेप्टेम्बर २०२२। Quinn, Ben (८ सेप्टेम्बर २०२२), "Harry and Meghan's children become Prince Archie and Princess Lilibet", The Guardian (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ सेप्टेम्बर २०२२ Hughes, David (८ सेप्टेम्बर २०२२), "Why Prince William isn't automatically the Prince of Wales after Charles became King", inews.co.uk (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ सेप्टेम्बर २०२२
  14. Foster, Max (८ मार्च २०२३), "Harry and Meghan's daughter, Lilibet, christened in Los Angeles", CNN (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ मार्च २०२३
  15. "Harry and Meghan's children will use royal titles, Buckingham Palace confirms after Princess Lilibet christening", The Evening Standard, ८ मार्च २०२३, अन्तिम पहुँच ८ मार्च २०२३
  16. "Succession", The Royal Family, n.d., अन्तिम पहुँच २५ सेप्टेम्बर २०२२
  17. Elston, Laura (८ मार्च २०२३), "Harry and Meghan call daughter Princess Lilibet as they begin using titles", PA Media, अन्तिम पहुँच ८ मार्च २०२३ Yahoo! Newsद्वारा।