सामग्रीमा जानुहोस्

सही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेन्जामिन फ्र्याङ्कलिन सही (१७०६-१७९०)

सही, वा हस्ताक्षर, कुनै लिखित कागतपत्र, लेख आदिका कुरामा स्वीकृति वा सहमति जनाउन आफ्नो नाउँ लेख्ने वा दस्तखत गर्ने वा ल्याप्चे आदि लगाउने कार्य हो। सहीले कुनै लिखित कुरामा स्वीकृति वा मन्जुरी जनाउछ। सहीहरू प्रायः हस्तलिखित हुन्छन्।

प्रकार र थरी

[सम्पादन गर्नुहोस्]

परम्परागत रूपमा सहीको काम भनेको कुनै कागजातमा व्यक्तिको अद्वितीय र व्यक्तिगत पहिचानलाई स्थायी रूपमा अंकित गर्नु हो, जसले त्यस व्यक्तिले कागजातको सम्पूर्ण वा निर्दिष्ट अंशको सामग्रीको व्यक्तिगत रूपमा साक्षी दिएको र प्रमाणित गरेको भौतिक प्रमाण प्रदान गर्छ। उदाहरणका लागि, धेरै उपभोक्ता सम्झौताहरूमा सहीको भूमिका केवल सम्झौता गर्ने पक्षको पहिचानको प्रमाण दिनु मात्र होइन, तर विचारपूर्वक गरिएको निर्णय र सूचित सहमतिकाे प्रमाण पनि दिनु हो।

सहीको सट्टा छाप वा ल्याप्चे

[सम्पादन गर्नुहोस्]
徐永裕印, Xú Yǒngyù yìn को ल्याप्चे

चिन, जापानकोरियामा हस्तलिखित सहीको सट्टा टेन्शो लिपि मा कुँदिएको नामको ल्याप्चे प्रयोग गर्छन्।

भिजेको सही भनेको मसी सित आफ्नै हातमा लेखिएको व्यक्तिको नाम हो।

"https://ne.wikipedia.org/w/index.php?title=सही&oldid=1346838" बाट अनुप्रेषित