साँसनली
स्वरूप

मान्छे, जनावर र चराहरूमा, साँसनली भनेको घाँटीको स्वरतन्त्रलाई फोक्सोसँग जोड्ने नली हो र यो मुखबाट फोक्सोसम्मको वायुमार्गको एउटा महत्त्वपूर्ण भाग हो। साँसनली भित्र सतह विशेष कोषहरूले घेरिएको हुन्छ जसले खकार बनाउने गर्छ। धेरैजसो कीटाणु, धुलो र अन्य हानिकारक कणहरू जुन सासबाट शरीरमा छिरछन्, खकारमा टाँसिएर अड्किन्छन, जसले गर्दा तिनीहरू फोक्सोमा पुग्न सक्दैनन्। अशुद्धतासँग मिसिएको यो खकार कि त निलेर पेटमा पाचन रसायनहरूद्वारा नष्ट हुन्छ, कि त खोकीबाट मुखमा पुगिन्छ, जहाँ यसलाई थुक्न वा निल्न सकिन्छ।