सांसद
स्वरूप
सांसद भनेको संसदमा आफ्नो निर्वाचन क्षेत्रका जनतालाई प्रतिनिधित्व गर्ने व्यक्तिलाई भनिन्छ। सांसदहरूले प्रायः एउटै राजनीतिक दलका सदस्यहरूसँग मिलेर संसदीय दल गठन गर्छन्। धेरैजसो द्विसदनीय संसद भएका देशहरूमा "सांसद" भन्ने शब्द विशेष रूपमा तल्लो सदन (Lower House) का सदस्यहरूका लागि प्रयोग गरिन्छ, किनकि माथिल्लो सदन (Upper House) का सदस्यहरूलाई प्रायः फरक उपाधि दिइने गरिन्छ।