सामग्रीमा जानुहोस्

साइक्लोनाइट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साइक्लोनाइट वा आरडीएक्स (RDX), "रिसर्च डिपार्टमेन्ट एक्सप्लोसिभ" (Research Department Explosive) वा "रायल डिमोलिशन एक्सप्लोसिभ" (Royal Demolition Explosive) एक प्रकारको कार्बनिक यौगिक (Organic Compound) हो, जसको रासायनिक सूत्र (CH₂N₂O₂)₃ हो। यसलाई हेक्सोजेन (Hexogen) लगायतका अन्य नामले पनि चिनिन्छ। यो सेतो रङको, गन्धरहित र स्वादविहीन पदार्थ हो, जुन विस्फोटकको रूपमा व्यापक रूपमा प्रयोग गरिन्छ। रासायनिक दृष्टिकोणले, यो नाइट्रोएमिन (Nitroamine) वर्गमा पर्दछ, जसमा HMX पनि पर्दछ जुन TNT भन्दा अझ शक्तिशाली विस्फोटक मानिन्छ।


आरडीएक्सलाई दोस्रो विश्वयुद्धको समयमा व्यापक रूपमा प्रयोग गरिएको थियो र यो अझै पनि यो सैनिक प्रयोजनहरूमा अत्यधिक प्रचलित छ। आरडीएक्स प्रायः अन्य विस्फोटक र प्लास्टिसाइजर (plasticizer) वा फ्लेग्मेटाइजर (phlegmatizer/desensitizer) सँग मिलाएर प्रयोग गरिन्छ। यो C-4 प्लास्टिक विस्फोटक मा मुख्य विस्फोटक तत्वको रूपमा प्रयोग हुन्छ र सेमटेक्स (Semtex) मा पनि महत्त्वपूर्ण संघटक हो।


यो पदार्थ भण्डारणमा स्थिर हुन्छ र सैनिक उच्च शक्ति विस्फोटकहरूमध्ये सबैभन्दा शक्तिशाली र तीव्र प्रभाव पार्ने मानिन्छ। यसको Relative Effectiveness Factor (REF) 1.60 छ, जसले यसलाई अत्यधिक प्रभावकारी विस्फोटक बनाउँछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]