साइतामा
साइतामा प्रान्त (埼玉県, साइतामा केन) जापानको होन्शु टापूको कान्तो क्षेत्रकोमा रहेको एक प्रान्त हो। साइतामा प्रान्तको जनसंख्या ७,३३८,५३६ (जनवरी १, २०२०) र क्षेत्रफल ३,७९७ वर्ग किलोमिटर रहेको छ।[१]
साइतामा प्रान्तको उत्तरी सिमाना तोचिगी र गुन्मा प्रान्तसँग, पश्चिममा नगानो, दक्षिण–पश्चिममा यामानासी, दक्षिणमा टोकियो, दक्षिण–पूर्वमा चिबा, र उत्तर–पूर्वमा इबाराकी प्रान्तसँग जोडिएको छ।
यसको राजधानी साइतामा सहर हो। अन्य प्रमुख शहरहरूमा कावागुची, कावागोए, टोकोरोजावा पर्छन्।
इतिहास
[सम्पादन गर्नुहोस्]प्रारम्भिक इतिहास
[सम्पादन गर्नुहोस्]सेन्डाइ कुइ हङ्गी (कुजिकि) अनुसार, चिचिबु प्रान्त सुइजिन सम्राटको शासनकालमा १३७ प्रान्तहरूमध्ये एक थियो। चिचिबु प्रान्त साइतामा प्रान्तको पश्चिमी भागमा अवस्थित थियो। १९औं शताब्दीमा साइतामा रित्सुर्यो प्रणाली अन्तर्गत मुसाशी प्रान्तको भाग थियो। साइतामा मुसाशी प्रान्तको २१ जिल्लामध्ये एक थियो। केइउन युगको पाँचौं वर्ष (७०८) मा, वर्तमान साइतामा प्रान्तको चिचिबु जिल्लामा तामा खानी फेला परेको थियो।[२]
साइतामा ऐतिहासिक रूपमा उपजाऊ कृषि क्षेत्रको रूपमा चिनिन्थ्यो र कान्टो क्षेत्रको धेरै अन्न उत्पादन गर्थ्यो।
मेइजी पुनर्स्थापना
[सम्पादन गर्नुहोस्]मेइजी पुनर्स्थापना पछि, मुसाशी प्रान्तको उत्तर–पश्चिमी क्षेत्रमा रहेका शोगुन/हातामोटो क्षेत्रहरू ओमिया प्रान्त (大宮県) बन्यो र पछि जुन १८६८/६९ मा उरावा प्रान्त (浦和県)मा नाम परिवर्तन भयो। १८७१/७२ मा हान प्रणालीको स्थानमा लागू गर्दै, ओशी र इवात्सुकी प्रान्तहरू उरावा प्रान्तमा एकीकृत भए र यसलाई साइतामा नाम दिइयो।
साइतामा प्रान्तका आधुनिक सहरहरू र गाउँहरू १८८९ मा स्थापना भएका हुन्। साइतामा प्रान्तको पहिलो शहर १९२२ मा कावागोए सिटी स्थापना भयो। उरावा, उत्तर अडाची, राजधानीको रूपमा १९३४ सम्म सहरको रूपमा रह्यो। १९५० को दशकमा शोवा एकिकरण पछि, प्रान्तीय नगरपालिका संख्या ९५ पुगे र २००० को दशकको हेइसेई मर्जर पछि ७० भन्दा कम भयो।
२००१ मा, उरावा सहर, ओमिया सहर, र योनो सहर मिलेर साइतामा सहर बन्यो।
भौगोलिक अवस्था
[सम्पादन गर्नुहोस्]साइतामा प्रान्तको उत्तर सिमाना टोने नदी द्वारा चिनिन्छ। आराकावा र एडो नदीहरूले प्रान्तको ठूलो हिस्सा जल निकास गर्दछन्।[३]
साइतामा प्रान्त पूर्व–पश्चिममा १०३ किलोमिटर र उत्तर–दक्षिणमा ५२ किलोमिटर फैलिएको छ। ३,७९७.७५ वर्ग किलोमिटर क्षेत्रफलको साइतामा जापानको नवौं सानो प्रान्त हो।
उच्च भूभाग पश्चिममा पर्छ र हाचीओजी टेक्टोनिक लाइनद्वारा विभाजित छ। यसले कोदामा, ओगावा, र हान्नो क्षेत्रमा पश्चिमी पर्वतीय क्षेत्र र पूर्वी मैदान क्षेत्रको छुट्याउँछ। पूर्वी मैदान र पठारहरू क्षेत्रले ६७.३% ओगट्छ।
पूर्वी क्षेत्रमा नौ पहाडी क्षेत्र पर्छ। पश्चिमी क्षेत्रमा चिचिबु र उच्च शिखरहरू जस्तै सान्पो (२४८३ मि) र कोबुशी (२४७५ मि) पर्वत छन्। पश्चिमी क्षेत्रमा धेरै भूभाग चिचिबु–तामा–काई राष्ट्रिय पार्कमा पर्दछ।
राजनीति र प्रशासन
[सम्पादन गर्नुहोस्]सवै प्रान्तीय प्रशासनको जस्तै, साइतामाको प्रशासनको प्रमुख गभर्नर हो, जसलाई सिधै चार वर्षको अवधिको लागि निर्वाचित गरिन्छ। साइतामामा प्रान्तीय सभा चार वर्षको लागि निर्वाचित हुन्छ र यसले नियम, बजेट, उप–गभर्नर र सार्वजनिक सुरक्षा आयोग सदस्यहरूका नियुक्ति अनुमोदन गर्छ।[४]
राष्ट्रिय परिषदमा साइतामाको प्रतिनिधित्व १५ सदस्यहरूले गर्छन्।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "2020年度国民経済計算(2015年基準・2008SNA) : 経済社会総合研究所 - 内閣府", 内閣府ホームページ (जापानीमा), अन्तिम पहुँच २०२३-०५-१८।
- ↑ Nussbaum, "Provinces and prefectures" at p. 780, पृ. 780, गुगल बुक्स मा.
- ↑ "Statistics Bureau Home Page", www.stat.go.jp, मूलबाट २०२२-०५-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०५-१२।
- ↑ NHK SenkyoWeb, August 26, 2019: 2019 Saitama gubernatorial election result and summary coverage अभिलेखिकरण २०२०-१०-०२ वेब्याक मेसिन (Japanese), retrieved June 27, 2020.