साझा लोकसाहित्य पुरस्कार
साझा लोकसाहित्य पुरस्कार साझा प्रकाशनले स्थापना गरेको पुरस्कार हो ।
साझा प्रकाशनबाट प्रकाशित स्व. बोधविक्रम अधिकारीको नेपाली दन्त्यकथा नामक पुस्तकको लेखकले पाउने लेखकस्वको रकमबाट उहाँकै इच्छाअनुसार २०३२ सालमा यसको स्थापना भएको हो । यो पुरस्कार नेपाली भाषामा लेखिएको नेपाली लोकजीवन, लोकसंस्कृति, लोककथा, लोकगीत, लोकभाषा आदि विषयका कृतिहरूमध्येबाट प्रत्येक वर्ष एक कृतिलाई प्रदान गरिन्छ । हाल यस पुरस्कारको राशि १५ हजार छ ।