सातौं राष्ट्रिय खेलकुद २०७३

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सातौं राष्ट्रिय खेलकुद २०७३
सातौं राष्ट्रिय खेलकुद.png
सातौं राष्ट्रिय खेलकुद २०७३ आधिकारिक लोगो
आयोजक सहरसात सहरहरू पुर्वाञ्चल विकास क्षेत्र
राष्ट्र नेपाल
सहभागी खेलाडी संख्या४ हजार (लगभग)
प्रतियोगिताहरू३५ खेलहरू
उद्घाटन समारोह०८ पुस २०७३
समापन समारोह१५ पुस २०७३
आधिकारिक उद्घाटन गर्ने व्यक्तितत्कालीन राष्ट्रपति
विध्या देवी भण्डारी
मुख्य आयोजना स्थलविराटनगर रंगशाला
२०६८ २०७५  >

सातौं राष्ट्रिय खेलकुद २०७३ (Seventh National Games(NEPAL) 2073) नेपाल राष्ट्रिय खेलकुदको सातौं संस्करण हो ।जुन ३५ वर्ष पछि पूर्वाञ्चल विकास क्षेत्रले आयोजना गरेको थियो ।नेपाली खेल जगतको महाकुम्भ मेलाका रूपमा परिचित यस बृहत खेलकुदमा जम्मा ३५ खेलहरू समावेश गरिएको थियो । यस्तै यस राष्ट्रिय खेलकुदको मुख्य नारा ``पूर्वाञ्चलमा खेलकुद सातौं, विविधतामा रमाएर बाचौं´´ थियो।

उद्घाटन समारोह[सम्पादन गर्ने]

राष्ट्रपति विद्यादेवी भणडरीले विराटनगरको सहिद रंगशालामा भव्य समारोहबीच सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन गरेकी थिइन् ।उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले राज्यको सीमित साधन स्रोतले मात्र खेलकुद क्षेत्रको समग्र विकास सम्भव नहुने भएकोले सार्वजनिक निजी साझेदारी लगाउनी बढाउनु पर्ने बताइन् । भण्डारीले भनिन्, ``राज्यको प्रयास खेलकुदमा आफ्नै लगानी अभिवृद्धि गर्ने भए पनि त्यसले मात्र समग्र खेल क्षेत्रको विकासमा अपुग हुने भएकोले साझेदारी बढाइनु पर्छ ।´´

सातौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने नेपालकी दोस्रो राष्ट्रपति(पहिलो महिला) विद्यादेवी भण्डारी

खेलकुदका माध्यमबाट नेपाली खेलाडीको निष्ठा र समर्पणले अन्तर्राष्ट्रियस्तरमा इज्जत तथा प्रतिष्ठा बढेको बताउदै राष्ट्रपतिले गत वर्षको भूकम्पको नाकारात्मक प्रभावका बाबजुत पूर्वाञ्चलमा राष्ट्रिय खेलकुद हुनु सुखद पक्ष भएको बताइन् । भण्डारीले क्रिकेट र फुटबलमा नेपाली खेलाडीले गरेको प्रगति प्रशंसायोग्य भएको चर्चा गरिन् ।

उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले सातौं खेलकुद खेलको विकासमा कोसेढुंगा सावित हुने बताए । खेलकुद सचिव महेशप्रसाद पौडेलले काठमाडौं, विराटनगर र पोखरामा राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने लक्ष्यलाई यो प्रतियोगिताले थप बल मिल्ने बताए । उनले जाकर्तामा हुने एसियाली खेलकुद, नेपालमा सन् २०१९ मा हुने सागको तयारीका लागि पनि सातौं राष्ट्रिय खेलकुद सहयोगी हुने बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिताले पूर्वाञ्चलमा खेलकुदको विकास उत्साहजनक रुपमा बढ्ने बताए । प्रतियोगितामा ओलम्पीयन बैकुण्ड मानन्धर, दिपक विष्ट, संगीना वैध, चन्द्रकला थापा, डम्बर कुवँर, अर्जुन पण्डित, टिकाराम श्रेष्ठ, मेनुका रावत, पुष्पराज ओझालगायतले विराटनगरको सहिद रंगशालामा सातौं खेलकुदको ज्योति परिक्रमा गराएका थिए।

खेलाडी नगेन्द्र पोमुले सातौंको खेलकुद ज्योति प्रज्वलन गराए । यसअघि पाँच विकास क्षेत्रका पाँच टिम र तीनवटा विभागीय टिम नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिमले मैदानमा मार्चपास गरेका थिए ।

सातौं राष्ट्रिय खेलकुद २०७३ को तयारी अवस्थाको एक झलक

राष्ट्रिय तथा सांस्कृति पक्ष झल्कने नृत्यका साथै सातौंको मस्कट अर्नाको मास्क लगाएका खेलाडीले खेल मैदानको माहौल निकै रोमाञ्चक बनाएका थिए। कार्यक्रममा गायक सुमित खड्का र प्रश्ना शाक्यले खेलाडीकै लागि बनाइएको गीत गाए । तुलब्यानरका साथ बेहुली झैं सिँघारिएको सहिद मैदानको उद्घाटन कार्यक्रम हेर्ने सर्वसाधारणको बाक्लो उपस्थिति थियो । दुई घण्टा ३० मिनेटसम्म चलेको उद्घाटन कार्यक्रममा विद्यार्थीको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रमाइलो थियो। उद्घाटनमा जातीय पहिचान झल्कने झाँकीका साथै खेलाडीले मार्चपाससमेत गरेका थिए ।[१]

सहभागी टिमहरू[सम्पादन गर्ने]

सातौं राष्ट्रिय खेलकुदमा सहभागी नेपालका विकास क्षेत्रहरू:
  सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
  मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
  पश्चिमाञ्चल विकास क्षेत्र
  मध्यमाञ्चल विकास क्षेत्र
  पूर्वाञ्चल विकास क्षेत्र

सातौं राष्ट्रिय खेलकुदमा सहभागी टिमहरू :

खेलहरू[सम्पादन गर्ने]

प्रदर्शनी खेलहरू[सम्पादन गर्ने]

यस राष्ट्रिय खेलकुदमा केहि खेलहरूलाई मात्र प्रदर्शनीका रूपमा राखिएको थियो ।यस्ता खेलहरूका पदक भने पदक तालिकामा समावेश गरिएको थिएन।

सातौं राष्ट्रिय खेलकुदका प्रदर्शनीका खेलहरू
  • दोहोरी
  • रग्बी

खेल र स्पर्धा[सम्पादन गर्ने]

खेल स्पर्धा/(स्वर्ण)
महिला फुटबल
पुरुष फुटबल
एथलेटिक्स ३६
पुरुष बक्सिङ १०
महिला
तेक्वान्दो १६
कराँते १७
महिला र पुरुष भारोत्तोलन १९
महिला र पुरुष भलिबल
टेबलटेनिस
महिला–पुरुष कपर्दी
कुस्ती
ब्याडमिन्टन
उसु २३
जुडो २१
महिला र पुरुष बास्केटबल
चेस
महिला र पुरुष ह्यान्डबल
आइटिएफ २७
फुलकन्ट्याक कराँते १०
हकी
पुरुष स्क्वास
महिला स्क्वास
सुटिङ
जिम्न्यास्टिक १२
महिला र पुरुष लनटेनिस
सफ्टटेनिस
महिला र पुरुष क्रिकेट
साइक्लिङ
आर्चरी ११
सेपाकटाक्रो
महिला र पुरुष खो–खो
फेन्सिङ
जम्मा २९४

खेलाडीहरू[सम्पादन गर्ने]

खेल स्थान[सम्पादन गर्ने]

(नेपालको नक्शामा सातौं राष्ट्रिय खेलकुद २०७३को उद्घाटन भएको विराटनगरको सहिद रंगशाला)

पूर्वाञ्चलमा २०७३ पुस महिनाको ०८ गतेदेखि संचालन भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल र खेल तोकिए अनुसारको विवरण तल प्रस्तुत गरिएको छ। पूर्वाञ्चलका तीनअञ्चलका दुई–दुई जिल्लालाई स्थल तोकेरप्रतियोगिता संचालन भएको थियो। राष्ट्रिय खेलकुद परिषद(राखेप) का तत्कालिन सदस्यसचिव केशवकुमार विष्टले खेलकुद पुर्वनै इटहरीमा एक पत्रकार सम्मेलन गर्दै सुनसरी, मोरङ, झापा, इलाम, सिरहा र सप्तरी जिल्लालाई खेलस्थल तोकेका थिए। राष्ट्रिय खेलकुद विराटनगरमा उद्घाटन भएको थियो भने घरानमा समापन भएको थियो । प्रतियोगिताको उद्घाटन राष्ट्रपतिद्वारा र समापन उपराष्ट्रपतिद्वारा गरिएको थियो

विराटनगर
  • पुरुष फुटबल
  • पुरुष क्रिकेट
  • सुटिङ, आर्चरी,
  • टेबलटेनिस
  • लनटेनिस
  • हक्की
  • कबड्डी
  • आदि ।(कुल:११ विधाका खेल हुनेछ) ।

सुनसरी(इटहरी)
  • एथलेटिक्स
  • महिला भलिबल
  • पुरुष भलिबल
  • तेक्वान्दो
  • महिला क्रिकेट
धरान
  • ब्याडमिन्टन
  • कराते
  • महिला बास्केटबल
  • पुरुष बास्केटबल
  • साइकिलिङ
  • गल्फ

इनरुवा
  • खो खो
झापा
  • बक्सिङ
  • जुडो
  • उसुका
इलाममा
  • बुद्धिचाल
सप्तरी(राजविराज)
  • भारोत्तोलन
  • सिरहाको
सिरहा बजार
  • कुस्ती

साथै कुनै-कुनै खेलहरू पूर्वाञ्चलको कमजोर भौतिक संरचनाको कारण काठमाडौ र पोखरा लगाएतका अन्य पूर्वाञ्चल बाहिरका जिल्लाहरूमा समेत संचालन भएको थियो । त्यस्ता खेलहरू मध्ये लन टेनिस पोखरामा तथा पौडी काठमाडौंमा संचालन भएको थियो।

*नोट:-(माथि खेल विवरण खेलकुद पुर्व राखेपबाट सार्वजनिक भएको विवरण अनुसार रहेको छ।)

उपाधि/सम्मान[सम्पादन गर्ने]

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेलमा उच्च पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको नेपाली सेना, दोस्रो भएको नेपाल प्रहरी र तेस्रो स्थान प्राप्त गर्न सफल सशस्त्र प्रहरी टोलीलाई पहिलो, दोस्रो र तेस्रो स्थानको उपाधि पनि दिइएको थियो।

पदक तालिका[सम्पादन गर्ने]

नेपाली सेना शीर्ष स्थानमा रहेको थियो भने प्रतियोगितामा विभागीय टोलीको अत्यान्तै वर्चस्व रहेको थियो । अन्तिम खेल तालिकानुसार कुल दुई सय ९४ स्वर्ण दुई सय ९४ रजत र ४७१ कास्य गरी एक हजार ३५ पदकमध्ये सम्पन्न खेलमा बर्चस्व कायम राख्दै नेपाली सेनाले एक सय आठ स्वर्ण, ६१ रजत र ४३ कास्य गरी २१२ पदकमाथि कब्जा जमाई खेलको पदक तालिकामा शीर्ष स्थानमा राखेको थियो ।

यसैगरी सशस्त्र प्रहरीले ४७ स्वर्ण, ४३ रजत र ५६ कास्यसहित १४६ पदक प्राप्त गर्दै खेलको पदक तालिकामा दोस्रो तथा नेपाल प्रहरीले ४० स्वर्ण, ३७ रजत र ४० कास्य पदक सहित एक १७ पदक प्राप्त गर्दै खेल पदकमा तेस्रो स्थान प्राप्त गरेका थिए।

त्यसैगरी खेलको पदक तालिकामा मध्यमाञ्चल टोलीले ३१ स्वर्ण, ४९ रजत र ५७ कास्यसहित एक सय ३७ पदक जितेको थियो । मध्यपश्चिमाञ्चलले आठ स्वर्ण, ४२ रजत र १४ कास्यसहित ६४ पदक तथा पश्चिमाञ्चलले सात स्वर्ण, २१ रजत र ३४ कास्यसहित ६४ पदक हात पारेका थिए । पूर्वाञ्चलले छ स्वर्ण, १६ कास्य र ४७ रजतसहित ६९ पदक र सुदूरपश्चिमाञ्चलले चार स्वर्ण, ११ रजत र ५९ कास्यसहित ७४ पदक प्राप्त गरेका थिए ।जुन तलको पदक तालिकाले समेत प्रस्त पार्दछ।

सातौं राष्ट्रिय खेलकुद 
- २०७३ को अन्तिम पदक तालिका
स्थान टिम स्वर्ण रजत कांस्य कुल
१. नेपाली सेना १०८ ६१ ४३ २१२
२. नेपाल सशस्त्र प्रहरी बल ४७ ४३ ५६ १४६
३. नेपाल प्रहरी ४० ३७ ४० ११७
४. मध्यमाञ्चल ३१ ४९ ५७ १३७
५. मध्यपश्चिमाञ्चल ४२ १४ ६४
६. पश्चिमाञ्चलल २१ ३४ ६४
७. पूर्वाञ्चल १६ ४७ ६९
८. सुदूरपश्चिमाञ्चल ११ ५९ ७४
जम्मा २९४ २९४ ४७१ १०३५

आर्थिक विवरणहरू[सम्पादन गर्ने]

सातौं राष्ट्रिय खेलकुदको निम्ति नेपाल सरकारले करिब आठ करोड बजेट छुट्टाएको थियो ।भने उद्घाटन समारोहका निम्ति ८० लाख लागत लाग्ने अनुमान समेत गरिएको थियो ।

राष्ट्रिय खेलकुद गीत[सम्पादन गर्ने]

मस्कट तथा लोगो[सम्पादन गर्ने]

राष्ट्रिय खेलकुद परिषद(राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ मा प्रयोग हुने लोगो र मस्कट सार्वजनिक गरेको थियो। सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनाल संयोजक तथा प्रोफेसर राधेश्याम मुल्मी र रमेश खनाल सदस्य रहेको तीन सदस्यीय छनोट समितिले छनोट गरेको लोगो र मस्कट सार्वजनिक गरिएको हो । छनोट भएको लोगो खिमराज श्रेष्ठ तथा मस्कट सन्तोष विष्टले तयार गरेका हुन् । पारिश्रमिक स्वरुप श्रेष्ठलाई ४५ हजार र विष्टलाई ३५ हजार नगद पुरस्कार प्रदान गरियो ।

तत्कालीन राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको सेमी कभर्डहलमा आयोजित एक कार्यक्रमबीच लोगो र मस्कट सार्वजनिक गरेको।राखेपले लोगो र मस्कटको नाम -२०७२ राखेपनि विभिन्न कारण बस प्रतियोगिता २०७२ सालमानै हुन सकेन र तीन पटकको प्रतियोगिता संचालन मिति सारिए र हाल सम्मको अन्तिम मिति २०७३ मंसिरको चौथो हप्ता देखि तय गरेको छ।

लोगोको अर्थ
सातौं राष्ट्रिय खेलकुदको आधिकारिक लोगो

लोगोमा राष्ट्र र राष्ट्रियता झल्किने गरी चन्द्र सूर्य अंकित झण्डाको रातो पृष्ठभूमिलाई अर्ध गोलाकार रुपमा नीलो रंगले घेरिएको, पूर्वाञ्चलको झलक दिने गरी सगरमाथाको चुचुरो राखिएको, खेल भावनालाई समेट्न शान्तिको प्रतीक परेवा अंकित मसाल बोकेको एकता र सद्भावको सन्देश दिने ७ खेलाडीहरु दौडिरहेको र सात रंगको संयोजन गरिएको तथा खेलको संस्करण र क्षेत्रको परिचय दिने गरी सातौं राष्ट्रिय खेलकुद– २०७२ लेखिएको छ ।

मस्कटको अर्थ

नेपालको पूर्वी दक्षिण भेग, कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा पाइने अर्नालाई मस्कटको रुप दिइएको छ ।[२]

पहिलो स्वर्ण[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. http:// www.onlinekhabar.com/
  2. www.Onlinekhabar.com राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक