सादी कार्नोट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सादी कार्नोट

निकोलस लियोनार्ड सादी कार्नोट (१७९६-१८३२ ) फ्रान्सेली भौतिक विज्ञ र सैन्य इन्जिनियर थिए। उनले आफ्नो पुस्तक 'आगोको गतिशील शक्ति र यसलाई प्रयोग गर्ने इन्जिनहरूको (Réflexions sur la puissance motrice du feu et sur les machines propres à développer cette puissance) 6 मा पहिलो पटक एक सफल ताप ईन्जिनको सिद्धान्त दिइएको थियो। अब उक्त इन्जिन लााई ' कार्नोट चक्र (Carnot Cycle) को नाममा जानिन्छ'। यस पुस्तकमा उनले थर्मोडायनामिक्सको दोस्रो नियमको आधार जग बसाले । यी कारणहरूले गर्दा, उनलाई 'थर्मोडायनामिक्सको पिता' भनिन्छ। 'कार्नोट दक्षता', कार्नोट प्रमेय, कार्नोट ताप ईन्जिन इत्यादि उनका योगदानहरु हुन्।

परिचय[सम्पादन गर्ने]

कार्नोटको पेरिस मा जन्म भएको थियो। १८ १२ मा कार्नोट पलिटेक्निक शिक्षालय मा प्रवेश गरे तर अध्ययन छोडेेर ईन्जिनियरको पद ग्रहण गरे। १८१९ मा, उनले सेनाको परीक्षा उत्तीर्ण गरे र लेफ्टिनेन्टको दर्जा पाए। पछि उनले गणित, रसायन विज्ञान, इतिहास, प्रविधि, शासकीय सरकारी अर्थव्यवस्था आदि विषयहरूको अध्ययन गरे। उनले संगीत, ललित कला, व्यायाम खेल, पौडी, हतियार आदिको पनि राम्रो अभ्यास गरेका थिए। उनी १८२७ मा क्याप्टेन भए प १८२८ मा जागिर छोडे।

उनी एक आधारभूत र गम्भीर चिन्तक थिए। उनी केवल एउटा पुस्तक प्रकाशित गर्न पाए, जहाँ उनको वैज्ञानिक अनुसन्धानको बारेमा थोरै चर्चा छ। उनका लेखहरूको पाण्डुलिपि सुरक्षित गरिएको छ जसले त्यसले तापको वास्तविक प्रकृति उनले बुुुझेको भनेर देखाउँदछ। यसमा ती प्रयोगको पनि वर्णण जुन जेम्स प्रेस्कट जुल र अन्य वैज्ञानिकहरूले पछि तापको मेकानिकल बराबर लिन सक्ने परिक्षणहरूको गरेका थिए। थर्मोडायनामिक्सको मौलिक सिद्धान्त अनुसार, उल्ट्याउन सकिने इञ्जिनको दक्षता ती तापमानमा निर्भर हुन्छ जुन यो बीचमा इन्जिन काम गर्दछ। यो सिद्धान्त कार्नोटको नै देन हो, त्यसैले यसको नाम 'कार्नोट सिद्धान्त' भयो।

मृत्यु[सम्पादन गर्ने]

१८३२ मा आएको हैजाको महामारी मा उनको मृत्यु भयो। हैजाको सङ्क्रमणले गर्दा उनका सामान र लेखहरु उनी सँगै पुरियो। त्यसले गर्दा उनका केहि मात्र बैज्ञानिक रचनाहरु बाँकी रहेका छन्।

बाह्य लिंकहरू[सम्पादन गर्ने]