साना किसान विकास बैंक लिमिटेड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
साना किसान विकास बैंक लिमिटेड
नामसाना किसान विकास बैंक लिमिटेड
स्थापित वर्षबि सं २०५८
संस्थापकसुबिधानगर, तिनकुने काठमाण्डौ
सेवा क्षेत्रलघु वित्त क्षेत्र
वेबसाईटhttp://www.skbbl.com.np

साना किसान विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकको वर्गिकरण अनुसार "घ वर्ग"मा पर्ने एक लघु वित्त वित्तीय संस्था हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

परिचय[सम्पादन गर्ने]

नामः साना किसान विकास बैंक लिमिटेड संस्थाको प्रकारः नेपाल राष्ट्र बैंकबाट [१] “घ” बर्गको ईजाजत प्रप्त गरी लघु वित्त क्षेत्रमा अग्रणी भूमिका निभाई रहेको लघु बित्त बैंक हो । स्थापनाः बि सं २०५८ आषाढ २२ । नेपाल राष्ट्र बैंकबाट शैद्धान्तिक सहमती २०५८ साल फागुन २७ गते । ठेगानाः सुबिधानगर, तिनकुने काठमाण्डौ । सम्पर्कः ४१११८२८, ४१११९०२ फ्याक्सः ४१११९२३ । ईमेलः info@skbbl.com.np । वेब ठेगानाः http://www.skbbl.com.np

पुँजी संरचना[सम्पादन गर्ने]

बैङ्कको अधिकृत पुँजी रु. ६४ करोड, जारी पुँजी रु. ६४ करोड र चुक्ता पुँजी रु. ५० करोड रहेको छ । वि.सं. २०७५ असारसम्ममा बैंकको चुक्ता पुजि रु. ६३ करोड पुर्‍याउने योजना रहेको छ । हाल चुक्ता पुँजीमा कृषि विकास बैङ्कको २२%, नेपाल बैङक लि. को ६%, नबिल बैङ्क लि.को ३% र २३१ वटा साना किसान कृषि सहकारी संस्थाहरूको ३९% हिस्सा रहेको छ भने सर्वसाधारणको ३०% सेयर स्वामित्व रहेको छ ।

सङ्गठनात्मक संरचना:

साधारण सभा बैङ्कको सर्वोच्च साङ्गठनिक निकाय हो । सञ्चालक समितिमा कार्यकारी अधिकार रहेको हुन्छ । बैङ्कको सञ्चालन व्यवस्थाका लागि सञ्चालक समिति अन्तरगत प्रमुख कार्यकारी अधिकृत रहने र त्यस अन्तरगत विभिन्न विभाग, फाँट तथा इलाका कार्यालयहरू रहने व्यवस्था छ । सञ्चालक समिति अन्तरगत लेखा परीक्षण समिति रहने तथा बैङ्कका व्यवस्थापन तहका कर्मचारीले कम्पनी सचिवको समेत कार्य गर्ने व्यवस्था मिलाईएको छ । प्रत्येक इलाका कार्यालयहरूमा समेत विभिन्न फाँटहरू रहने र सोसम्बन्धी जिम्मेवार कर्मचारी तोक्ने व्यवस्था रहेको छ ।

बैङ्कको उद्देश्य

थोक कर्जा लगानी गर्ने केन्द्रीय स्तरको लघुवित्त विकास बैङ्कको मान्यता अनुरूप यस बैङ्कको उद्देश्य निम्नानुसार रहेको छ– १ नेपालको ग्रामीण क्षेत्रका साना किसान सहकारी संस्थाहरू र गरिबी निवारणमा संलग्न समान प्रकृतिका अन्य लघुवित्त संस्थाहरूलाई थोक कर्जा र पटके कर्जा प्रदान गर्ने । २ नेपाल राष्ट्र बैङ्कको मार्गदर्शन अनुरूप सहकारी संस्था तथा लघुवित्त संस्थाहरूको कारोबारको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गर्ने र आवश्यक निर्देशन दिने । ३ लघु व्यवसाय एवं ग्रामीण वित्त बजारको विकास, विस्तार, प्रवद्र्धन र सुदृढीकरण गर्ने तथा वित्तीय एवं प्राविधिक सहयोग उपलब्ध गराउने र आवश्यक तालिम उपलब्ध गराउन सहयोग पुर्‍याउने । ४ संस्थाहरूको संस्थागत एवं मानव संसाधन विकास गर्न आवश्यक सहयोग गर्ने । ५ संस्थाहरू मार्फत ग्रामीण जनताको आम्दानी एवं रोजगारीका अवसरमा अभिवृद्धि गरी गरिबी निवारण सम्बन्धी कार्यमा सघाउ पुर्‍याउने । ६ मुलुकमा छरिएर रहेको पुँजीलाई एकिकृत गरी संस्थागत लगानी तथा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट वित्तीय मध्यस्थताको सेवा उपलब्ध गराउने ।

बैङ्कको कार्यक्षेत्र[सम्पादन गर्ने]

• साना किसान सहकारी संस्था लगायत अन्य यस्तै प्रकृतिका लघुवित्त संस्थाहरूलाई छोटो र मध्यम अवधिको थोक कर्जा र पुनरकर्जा प्रदान गर्ने । • नेपाल सरकार तथा दातृ सङ्घ÷संस्थाहरूबाट प्राप्त स्रोत परिचालन गरी संस्थाहरूमार्फत सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालनमा सहयोग पु¥याउने । • आबद्ध संस्थाहरूको साङ्गठनिक तथा वित्तीय सक्षमता विकासका लागि आवश्यक वित्तीय सहयोग पु¥याउने । • संस्थाहरूको सबलीकरणका लागि नियमित परामर्श सेवा तथा अन्य प्राविधिक सहयोग पु¥याउने । • आबद्ध संस्थाहरूको वित्तीय कारोबार लगायत समग्र क्रियाकलापको निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने÷गराउने । • विद्यमान साना किसान सहकारी संस्थाहरूलाई सेवा नपुगेका अन्य स्थानमा समान प्रकृतिका संस्थाहरू निर्माण गर्न अनुसरण (Replication) कार्यक्रम सञ्चालन गर्ने कार्यमा अभिप्रेरित, प्रोत्साहन र सहयोग गर्ने । • संस्थाहरूको वित्तीय स्व–सक्षमता र दिगोपनालाई निरन्तर अभिवृद्धि गर्न आवश्यक रणनीति अवलम्वन गर्ने÷गराउने । • ग्रामीण विकास वित्तको सफल अवधारणा तथा प्रारूपलाई अरू संस्थामा समेत लागू गराउने। • नेपाल राष्ट्र बैङ्कबाट निर्धारित सर्तको अधिनमा निक्षेप सङ्कलन गरी बाहय स्रोतको निर्भरता कम गर्दै लैजाने । • नेपाल राष्ट्र बैङ्कको मार्गदर्शनअनुरूप बैङ्कको वित्तीय सूचकाङ्क कायम गर्दै संस्थागत सुशासनमा रहने ।