सानुमाया
| सानुमाया | |
|---|---|
| मुमिन पात्र | |
मुमिन वर्ल्ड थेम पार्कमा सानुमाया पात्रको पहिरन लगाएकी एक महिला, फिनल्यान्ड | |
| पहिलो उपस्थिति | मुमिन बाबाको संस्मरण |
| रचनाकार | तुभे यानसन |
| प्राप्त जानकारी | |
| लिङ्ग | महिफा |
| परिवार | मुमिन बाबा (धर्मबुबा) मुमिन आमा(धर्म आमा) मुमिन (धर्म भाइ) स्निफ (धर्म भाइ) |
| आफन्त | मेम्बल (आमा) अज्ञात बुबा मेम्बलकी छोरी (दिदी) स्नुफकिङ (सौतेनी दाजु) र अन्य दाजुभाइ तथा दिदीबहिनीहरू |
सानुमाया (मूलरूपमा: स्विडेनी: Lilla My, लिला मे) फिनल्यान्डकी स्विडेनी भाषी लेखिका तुभे यानसनको मुमिन पुस्तक सङ्ग्रहहरूमा देखा पर्ने एक महिला पात्र हुन्।[१] मुमिन बाबाको संस्मरण (सन् १९५०) नामक लेखिकाको चौथो पुस्तकमा यस पात्र पहिलोपटक भित्रिएकी थिइन्। आकारमा निकै सानो कदकी सानुमाया दृढसङ्कल्पी र स्वतन्त्र पात्र हुन्।[२] सानुमायाको स्वभाव उग्र, आक्रामक, चञ्चले र उनका बोली आपत्तिजनक भएतापनि उनी तर चाहेको बेला राम्रो साथी पनि बन्न सक्छिन्। मुमिन परिवारले सानुमायालाई धर्म सन्तानको रूपमा पाल्ने गर्दछ।
मुमिन पुस्तक सङ्ग्रहहरूमा सानुमायालाई आकारमा निकै सानो र कठोर स्वभाव भएको पात्रको रूपमा वर्णन गरिएको छ।[३] उनी मिम्बल परिवारको सदस्य र सानुमाया भन्दा थोरै अग्लो र कोमल पात्र मिम्बलकी छोरीको कान्छी बहिनीका साथै स्नुफकिङ्की सौतेनी बहिनी पनि हुन्।[४] उनी आफ्ना तर्कहरूले सधै ठीक हुन्छन् र ती कुराहरू सबैले स्वीकार गर्नुपर्छ भनी अन्य व्यक्तिहरूलाई मनाउने कोशिश गर्दछिन्। उनी वार्तालाप गर्न सधैँ अग्रसर हुन्छिन्। एक कुशल वक्ता भएको नाताले उनले आफ्ना ठम्याइहरू सही भएको पुष्टि गर्न भावनात्मकता र तर्क सहितका भनाइहरू प्रयोग गर्ने गर्दछिन्।[५] उनले प्रायः छलफलमा सहभागी व्यक्तिहरूलाई व्यक्तिगत आक्रमण गरी आफ्ना अप्रमाणित निष्कर्षहरू राख्ने गर्छिन्।
उमेरको बाबजुद (उनको उमेर अस्पष्ट भएतापनि सामान्यतया मुमिन भन्दा जेठी) उनी दूध राख्ने भाँडो वा तरकारीहरू राख्ने टोकरी भित्र सजिलै अटाउन सक्छिन्। उनले सुन्तला रङ्गको कपाललाई प्याज जस्तो आकारमा कसिलो गरि गाँठो पार्ने गर्दछिन् भने उनले प्रायः रातो रङ्गको कपडा लगाउने गर्दछिन्।[६]
उपस्थिति
[सम्पादन गर्नुहोस्]सर्वप्रथम सन् १९५० मा प्रकाशित र त्यसपछि सन् १९६८ मा मुमिनबाबाको संस्मरण नामक सोही पुस्तकको संशोधित संस्करणमा सानुमायालाई पहिलोपटक एक पात्रको रूपमा उपस्थित गराइएको छ।[७] उक्त पुस्तकका अनुसार, मुमिनबुबा अर्धवैँश अवस्थाको हुँदा र ग्रीष्मऋतु चलिरहँदा सानुमायाको जन्म हुन्छ भने उनी मेम्बल परिवारका सन्तानहरूमध्ये सबैभन्दा सानो र कान्छो सदस्य बन्छिन्। सानुमाया पात्रको भूमिका उक्त पुस्तकमा थोरै भएतापनि कहिलेकाहीँ उनले आफ्नो चञ्चले मनोभाव कारण विनाशप्रति रुचि देखाउने गर्दछिन्।[८] सानुमायालाई नोभेम्बरमा मुमिन उपत्यका नामक पुस्तकमा धेरै पटक उल्लेख गरिएको छ भने यसबाहेक मुमिनसँग सम्बन्धित अधिकांश मिडिया, कमिक्स, चलचित्र र टेलिभिजन शृङ्खलाहरूमा उनको उपस्थिति मुख्य पात्रको रूपमा हुने गर्दछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Lempiäinen, Pentti (१९९९), Suuri etunimikirja (फिनिसमा), WSOY, पृ: १६६, आइएसबिएन 951-0-23323-4।
- ↑ Mikkonen 2007, पृष्ठ. 97–.
- ↑ Mikkonen 2007, पृष्ठ 99.
- ↑ Mikkonen 2007, पृष्ठ 100.
- ↑ Mikkonen 2007, पृष्ठ. 101–102.
- ↑ Mikkonen 2007, पृष्ठ. 105–106.
- ↑ "Introduction to Moomin books: The Exploits of Moominpappa, 1950", २१ डिसेम्बर २०१५।
- ↑ Pääkkönen, Eija, "HYVÄÄ ELÄMÄÄ MUUMILAAKSOSSA", अन्तिम पहुँच २०२५-०७-२५।