सामुदायिक रेडियो रामपुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सामुदायिक रेडियो रामपुर
Radio Building
सहररामपुर नगरपालिका
प्रशारण क्षेत्र:पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी
नारा:"कालिगण्डकीको सुसेली समुदायको आवाज"
आवृति१०३.६ मेगाहर्ज
प्रथम प्रसारणविसं २०६५ कार्तिक २६
प्रकार:समाचार, मनोरञ्जन , सूचना
भाषानेपाली
प्रशारणयन्त्रको निर्देशांक:२७°५२′१५″N ८३°५३′११″E / २७.८७०९२८°N ८३.८८६५०२°E / 27.870928; 83.886502निर्देशाङ्कहरू: २७°५२′१५″N ८३°५३′११″E / २७.८७०९२८°N ८३.८८६५०२°E / 27.870928; 83.886502
स्वामित्व:कालिगण्डकी सामुदायिक विकास केन्द्र
वेब प्रसारणradiorampur.org.np
वेबसाइटradiorampur.org.np

परिचय[सम्पादन गर्ने]

सामुदायिक रेडियो रामपुर पुर्वि पाल्पाको रामपुर नगरपालिकामा कालिगण्डकी सामुदायिक विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो हो। रेडियो रामपुरको स्थापना का लागि श्रीमद् भागवत महापुराण कथा प्रवचन एवं धान्यान्‍चल महायज्ञ रामपुरको बेझाड बजारमा आयोजना गरिएको थियो।[१] सामुदायिक रेडियो रामपुर संचालनमा आए पछि एफ.एम.हरूको संख्या पाल्पामा मात्र ५ पुगेको छ भने सामुदायिक रेडियोको संख्या २ पुगेको छ। यस अघि २०५६ सालको चैत्र २३ गते दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो मदनपोखरा संचालनमा आएको थियो।[२] रेडियो रामपुरले २०७१ मा आफ्नो छैटौँ बार्षिक उत्सब मनायो।[३]

सक्षिप्त परिचय[सम्पादन गर्ने]

महाभारत पहाडको काखमा अवस्थित चारैतिर डाँडाकाँडाले घेरिएको पाल्पा जिल्लाको सदरमुकाम देखि ६५ कि.मी. पूर्व पाल्पा, स्याङ्जा, तनहुँनवलपरासी जिल्लाको संगमस्थल तर चारै वटा जिल्लाको सदरमुकामबाट पर रहेको मुक्तिनाथ, रिडी, राम्दी केलादीदेवघाट हुदै वग्ने विश्वमै एक मात्र शालिग्राम पाईने पवित्र नदी कृष्ण गण्डकीले बनाएको नेपालमै एक महत्त्वपूर्ण स्थान कालिगण्डकी बेशीमा अवस्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण रामपुर उपत्यका घना आवादी भएको जिल्लाकै दोस्रो प्रशासनिक क्षेत्रमा परिचित क्षेत्र हो।[४]

इतिहास[सम्पादन गर्ने]

सञ्चार परिवर्तन र विकासको बाहक मानिन्छ। त्यसैले सञ्चार शक्ति हो सदुपयोग गरौं भन्ने नारा सहित सञ्चारको क्षेत्रमा पछाडी परेको महसुस गरी २०६१ भाद्र २७ गते रामपुरको सहयोगमा दर्छाखालीवन लगायत नजिकका गाविसका प्रमुख बुद्धिजिवी, राजनीतिक दलहरुका प्रतिनिधी तथा क्रियाशिल पत्रकारहरूको भेलाले सामुदायिक रेडियो स्थापनाका लागि पहलो कदम अगाडि बढायो। तत्कालिन रामपुर गाविसका प्रमुख देवेन्द्रप्रसाद पोखरेलको संयोजत्वमा ५ सदस्यीय समिति गठन भयो। त्यस समितिले २०६१ साल मंसिर ७ गते यस क्षेत्रमा सामुदायिक रेडियोको आवश्यकता र यसको चुनौती विषयक बृहत अन्तरक्रिया गर्यो। त्यसमा कालिगण्डकी बेशीमा पर्ने पाल्पा, स्याङ्गजा, नवलपरासी र तनुहँका करिब ४५ गाविसका जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, विभिन्न सङ्घ-संस्थाहरु तथा पत्रकारहरूको भेलाले बासुदेब देबकोटाको अध्यक्षतामा १७ सदस्यीय कालिगण्डकी विकास केन्द्र स्थापना गरी उक्त केन्द्रले सामुदायिक रेडियो स्थापना गरी सञ्चालन गर्ने निणर्य गर्यो।[५]

विकास[सम्पादन गर्ने]

२०६३ साल असाढ २७ गते कालिगण्डकी सामुदायिक विकास केन्द्रको नाउमा नेपालमै पहिलो पटक सामुदायिक रेडियो रामपुर उल्लेख भएको इजाजत पत्र प्राप्त गर्यो र २०७३ चैत्र २४ गते स्टेशन प्रबन्धक नियुक्ति गरी गाविस कार्यालयको दराजबाट सुरु गर्यो। सामुदायिक रेडियो प्रशारक सङ्घसँग ट्रान्सिमिटर र एन्टेना मात्र गरी अन्य उपकरण तथा भवन निर्माण गर्नका लागि आजिवन विशिष्ट, आजिवन सदस्य र संस्थागत आजिवन सदस्यता वितरण, गाविस अनुदान तथा महायज्ञ सञ्चालन गरी प्राप्त सहयोग र दानबाट आवश्यक रकम सङ्कलन गर्यो। साथै परिषद निर्माण गरी रेडियोको नाममा यहि क्षेत्रमा १० रोपानी क्षेत्रफलका जग्गा प्राप्त गरी ६ कोठे एकतलाको पक्की भवन निर्माण गर्यो। आफनै भवनबाट २०६५ कार्तिक २६ गतेका दिनबाट परीक्षण प्रसारण गर्यो। २०६६ असौज २ देखि नियमित प्रसारण अनुमित प्राप्त गरी २०६६ पौष २८ गते विधिवत समुद्घाटन गर्यो। विगत ७ वर्ष देखि कालिगण्डकीको सुसेली समुदायको आवाजको रूपमा नियमित सञ्चालन गर्दै भौतिक पूर्वाधार निर्माण तथा आवश्यक उपकरण थप्दै संस्थागत विकास गर्दै सातौँ बार्षिकत्सव मनायो।[६]

प्रसारित कार्यक्रमहरू[सम्पादन गर्ने]

  1. रामपुर सन्दर्भ (रेडियो पत्रिका, रिपोट, प्रतिभा र जन आवाज)
  2. हाम्रो गाउँ राम्रो गाउँ
  3. सहकारी जागरण
  4. रामपुर क्वीज (विद्यार्थी, विजेतालाइइृ (सामान्यज्ञान, कलम डायरी)
  5. साताको चासो (सातामा घटेका समसामायिक घटना)
  6. बाल संसार (समानता (महिला) नालिवेली (बृद्ध)
  7. कृषि सरोकार (स्वास्थ्य सन्देश, शैक्षिक जागरण परिवर्तनका पाईला, ब्यापार ब्यवासय र रोजगार)
  8. जिविस आवाज (विकास निर्माण) हाम्रो आवाज (विभिन्न बुद्धिजीवि, महत्त्वपूर्ण सामाजिक ब्यक्तित्व)
  9. हामी पनि गर्न सक्छौं (अपाङ्ग), उत्साहित आवाज (दलित)
  10. सामुदायिक वन, घरदैलो
  11. समयमा छलहरू: साहित्यक (गजल, मुक्तक, कविता)
  12. संगितीक कार्यक्रम: (लोक लहरी, चलचित्रका कुरा, प्रगतिशिल गित, स्वदेशगान, अनुरोध संगित, हाम्रो भाका हाम्रो स्वर, आधुनिक गित, लोक पप, धार्मिक भवन आदी)
  13. शुभ प्रभात: (गण्डकी बेशीमा आज, महत्त्वपूर्ण टेलिफोन नं. शुभकामना सन्देश)
  14. बाहिरबाट आयातित कार्यक्रम: स्वस्थ्य जीवन, साथीसंग मनका कुरा, श्रृती संवेग, बहकिने मन, मिलीजुली कार्यक्रम साझा सवाल)
  15. निर्वाचन सरोकार
  16. सामाचार:
  • स्थानीय गतिविधीको संगालो रामपुर खवर
  • मगर भाषामा स्थानीय समाचार
  • हाईलाईट
  • साझा खबर
  • विविसी नेपाली सेवा
  • नेपाल दर्पण
  • नेपाल खबर
  • रेडियो नेपाल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]