सामुदायिक रेडियो वालिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सामुदायिक रेडियो वालिङ
सहर: वालिङ
प्रशारण क्षेत्र: नेपाल
संस्थाको प्रकार सामुदायिक
नारा: सामुदायिक रेडियो वालिङ
आवृति (फ्रिक्वेन्सी): ८९.२ मेगाहर्ज
प्रथम प्रशारण मिति २०६७ माघ १४
प्रकार: समाचार, सूचना, मनोरञ्जन
भाषा: नेपाली
ERP ५०० वाट
स्वामित्व: एजिको नेपाल
वेबप्रशारण अनलाईन सुन्नुहोस
वेबसाइट रेडियो वालिङ

विश्वमा बृद्धि हुँदै गएको जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यावरण र वातावरणको संरक्षण र संवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले एजिको नेपाल गैरसरकारी संस्थाद्धारा सामुदायिक रेडियो वालिङ सञ्चालनमा ल्याइएको हो । अधिकांश मानिस कृषि पेशामा संलग्न रहेको स्याङ्जा जिल्लामा स्वच्छ वातावरण स्थापनाको लागि जैविक कृषि प्रणाली लागु गर्न रेडियोले महत्वपूर्ण भूमिका खेलेको छ । रेडियोले विशेष गरेर स्थानीय स्तरको सरसफाई र कृषिलाई ध्यान दिनुका अतिरिक्त विभिन्न शिक्षा, स्वास्थ्य चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्नेछ । स्याङ्जामा पर्यावरणीय संरक्षणको उद्देश्यले सञ्चालन गरिएको रेडियो वालिङ पहिलो हो भने रेडियो वालिङ स्थापना पछि स्याङ्जामा रेडियोको संख्या तीन पुगेको छ । रेडियो वालिङको स्थापना पछि स्याङ्जामा रेडियोको संख्या ३ भएपनि सन्तुलित पर्यावरण र जैविक कृषिको क्षेत्रमा कार्य गर्ने उद्देश्यले सञ्चालन गरिएको रेडियो भने पहिलो हो ।[१]

पहुँच[सम्पादन गर्ने]

स्थापनाको छोटो समयमा नै सामुदायिक रेडियो वालिङले यसको आसपासका पाल्पा, पर्वत, तनहुँ, गुल्मी, अर्घाखाँची, कास्की, बाग्लुङ, मुस्ताङ, मनाङ सहितका १५ वटा जिल्लाका जनताहरूमा विहान ०५:३० देखि राती १०:०० बजे सम्म आफ्ना सूचना तथा समाचारमूलक, लोकसांस्कृतिकचेतनामूलक कार्यक्रमहरू मार्फत लोकप्रिय बन्न पुगिसकेको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "सामुदायिक रेडियो वालिङले आजबाट प्रसारण सुभारम्भ", मेरोस्याङ्जा, २०६७ माघ १४. अन्तिम पहुँच मिति:२०६७ माघ १४.
  2. "नेपाली रेडियोका समाचार बुलेटिन र तिनको विश्वसनीयता", ०३ फाल्गुण २०६९. अन्तिम पहुँच मिति:०३ फाल्गुण २०६९.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]