सारातोभ वायुसेवा विमान दुर्घटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साराटोव एयरलाइन्स एन्टोनोव उडान ७०३
Photograph of the accident aircraft
दुर्घटनाग्रस्त विमान (आरए-६१७०४)
दुर्घटना
मिति११ फरवरी २०१८
सारांशवायुमा ठक्कर खाएर
स्थलस्टेपानोव्स्कोये, मास्को ओब्लास्ट
५५°२४′३१″उ॰ ४५°५४′२२″पू॰ / ५५.४०८६१°N ४५.९०६११°E / 55.40861; 45.90611निर्देशाङ्कहरू: ५५°२४′३१″उ॰ ४५°५४′२२″पू॰ / ५५.४०८६१°N ४५.९०६११°E / 55.40861; 45.90611
पहिलो विमान
Typeएन्टोनोव एएन-१४८-१००बी
सञ्चालकसाराटोव एयरलाइन्स
दर्ता नम्बरआरए-६१७०४
विमान उडानडोमोडेदेवो विमानक्षेत्र, मस्को, रूस
गन्तव्यओर्स्क विमानक्षेत्र, रूस
यात्रुहरू६५
चालक दल
मृत्यु७२ (सबै)
दोस्रो विमान
प्रकारअज्ञात, संभवतः हेलिकप्टर
Operatorअज्ञात

साराटोव एयरलाइन्स ७०३ (६डब्लू७०३/एसओवी७०३) एउटा एन्टोनोव एएन-१४८-१००बी विमान थियो, जो ११ फरवरी २०१८ मा रूस मा मस्को को डोमोडेदेवो विमानक्षेत्रबाट ओर्स्क विमानक्षेत्रका लागि उडान भर्ने समय अर्को विमानसँग ठक्कर खाएको कारण दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाको समय विमानमा ६५ यात्री र चालक दलको ६ वटा सदस्य उपस्थित थिए।

कुनै यात्री जेट विमानको यो दुर्घटना लगभग एक वर्षको शान्ति पछि घटेको बताएका छन्। यो भन्दा पहिले घातक दुर्घटना नोभेम्बर २०१६ मा लामीआ फ्लाइट २९३३ को थियो,[१][२] जसमा त्यो विमानमा सवार ७७ मध्ये ७१ मानिसको मृत्यु भएको थियो।

विमान[सम्पादन गर्नुहोस्]

दुर्घटनाग्रस्त विमान एउटा एन्टोनोव एएन-१४८-१००बी थियो, जसको पञ्जीकरण संख्या "आरए-६१७०४", र एमएसएन २७०१५०४०००४ थियो। विमानमा दो प्रोग्रेस डी-४३६ इन्जन लागेको थियो। यो विमान आफ्नो पहिलो उडान मई २०१० मा भरेको थियो, र त्यसको एक महिनापछी २३ जून २०१० मा यसलाई रोसिया एयरलाइन्सद्वारा पञ्जीकृत गराईएको थियो। पहिले पनि यो विमानमा दुइटा साधारण घटनाहरू घटेको थियो; २८ जुलाई २०१३ मा उडान भर्ने बेला नै यसको एउटा इन्जन बन्द भएको थियो, र २३ अगस्त २०१३ मा यसको नाकको चक्का खराब भएको थियो। ८ फरवरी २०१७ मा साराटोव एयरलाइन्स यो विमान ठेक्कापट्टामा लिएको थियो। [३]

दुर्घटना[सम्पादन गर्नुहोस्]

यो मस्को को डोमोडेदेवो विमानक्षेत्रबाट ओरेनबर्गको ओर्स्क विमानक्षेत्र तर्फ गइरहेको थियो। विमानमा कुल ६५ यात्री र चालक दलको ६ वटा सदस्य थिए,[४] जसमा ६० भन्दा अधिक यात्री ओरेनबर्ग ओब्लास्टका निवासी थिए।[५] मस्कोबाट विमानको प्रस्थानको निर्धारित समय १४:०० थियो,[६] तर यो मस्कोबाट लगभग १४:२२ मा उडान भरेको थियो।[३][७] मस्कोबाट उडान भर्नु भन्दा केही मिनेट पछि नै विमानको गति र ऊचाईमा उतार चढाव आउन प्रारम्भ भएको थियो। दुर्घटनाबाट मात्र केही समय पहिले नै यो विमान १,८०० मिटरको ऊचाईमा ६०० किमी प्रति घण्टाको गतिबाट उडिरहेको थियो। फेरी यो अचानक तल झर्न थाल्यो, र ९०० मिटरको ऊचाई सम्म झरेपछी रडारबाट गायब भयो।[६]

विमानको ऊचाई र गति

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. शेपर्ड्सन, डेविड (१ जनवरी २०१८), "2017 safest year on record for commercial passenger air travel: groups" [२०१७ वाणिज्यिक यात्री हवाई यात्राको लागि रेकर्डमा सबभन्दा सुरक्षित वर्ष], रॉयटर्स, अन्तिम पहुँच ११ फरवरी २०१८  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. रीड, डेविड (३ जनवरी २०१८), "Nobody Died In Commercial Jet Crashes In 2017: Good News, But Not As Good As You Might Think" [२०१७ मा व्यावसायिक जेट दुर्घटनाहरूमा कसैको पनि मृत्यु नहुनु: राम्रो खबर हो, तर त्यति राम्रो पनि होइन, जति तपाई सोच्दै हुनुहुन्छ], फोर्ब्स, अन्तिम पहुँच ११ फरवरी २०१८  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. ३.० ३.१ "RA-61704 Accident description" [दुर्घटनाको विवरण] (अङ्ग्रेजीमा), एविएशन सेफ्टी नेटवर्क, अन्तिम पहुँच ११ फरवरी २०१८  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "Plane with 71 on board goes missing after taking off from Moscow" [७१ यात्रीहरूको साथ मस्कोबाट उडान भरेपछी विमान अलपत्र] (अङ्ग्रेजीमा), रसिया टुडे, अन्तिम पहुँच ११ फ़रवरी २०१८  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. "Interfax news - Interfax" [इन्टरफ्रयाक्स समाचार], इन्टरफ्रयाक्सडटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच ११ फरवरी २०१८  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. ६.० ६.१ "«Коммерсантъ» назвал возможные причины крушения Ан-148" [ए-१४८ को दुर्घटनाको संभावित कारण] (Russianमा), टीवीरेन, अन्तिम पहुँच १२ फरवरी २०१८  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. "Saratov Airlines Flight 703 Crashed Outside of Moscow" [साराटोव एयरलाइन्स उडान ७०३ मस्को को बाहिर दुर्घटनाग्रस्त भएको थियो], फ्लाइटरडार२४, ११ फरवरी २०१८, अन्तिम पहुँच १२ फरवरी २०१८  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]