सामग्रीमा जानुहोस्

सार्वजनिक नीति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सार्वजनिक नीति संस्थागत रुपमा प्रस्तावीत उद्देश्य, लक्ष्य, रणनीतिक वा निश्चित निर्णय गरिएको तत्त्वहरूको समूहहरू हुन्। नीति - कानून, नियमावली, मार्गनिर्देशन र कार्यहरू बाट प्रस्तुत हुन सक्दछन् जसको उद्देश्य समाजमा विद्यमान चुनौतीपूर्ण वा समस्याजन्य सामाजिक मुद्दाहरू समाधान गर्नु वा सम्बोधन गर्नु हो। सार्वजनिक नीति प्रायः कुनै अवधारणा वा दर्शनले निर्देशित हुन्छन् र कार्यान्वयन प्रायः कार्यक्रम मार्फत गरिन्छ। यसले शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, वित्त, अर्थतन्त्र, यातायात तथा समाजका अन्य सबै पक्षहरूलाई समेट्छ। सार्वजनिक नीतिको कार्यान्वयनलाई सार्वजनिक प्रशासन भनिन्छ। यस दृष्टिले सार्वजनिक नीतिलाई सरकारका प्रत्यक्ष वा अप्रत्यक्ष गतिविधिहरूको योगफलका रूपमा पनि बुझ्न सकिन्छ। यसलाई विभिन्न विद्वानहरूले विभिन्न तरिकाले अवधारणा गरेका छन्, तर यसको मूल उद्देश्य राज्य र समाजबीचको सम्बन्धलाई व्यवस्थित गर्दै सार्वजनिक हित र सामूहिक विकास सुनिश्चित गर्नु हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]