सिएमएचके

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिएमएचके
中國移動香港有限公司
व्यवसाय प्रकार
निजी कम्पनी
उद्योगमोबाइल सञ्चार/दूरसञ्चार
स्थापित२८ जुन १९९४; २९ वर्ष पहिले (१९९४-०६-28)
(पिपुल्सको रूपमा)
केन्द्रीय कार्यालय हङकङ
सेवा क्षेत्र
हङकङ
मूल सङ्गठनजुङ्गो हिदो थोङ्सिन जिथ्वान गोङ्स
वेबसाइटwww.hk.chinamobile.com/zh/

सिएमएचके (आधिकारिक रूपमा चीन मोबाइल हङकङ कम्पनी लिमिटेड) (सरलीकृत चिनियाँ: 中國移動香港有限公司), पूर्व पिपुल्स टेलिफोन कम्पनी लिमिटेड, चीन मोबाइलको पूर्ण स्वामित्वमा रहेको हङकङको एक दूरसञ्चार कम्पनी हो। यस कम्पनी जनवरी १९९७ मा स्थपना गरिएको थियो र यो हङकङमा व्यक्तिगत सञ्चार सेवा प्रदान गर्ने पहिलो दूरसञ्चार कम्पनी हो। चीन मोबाइल हङकङ कम्पनी लिमिटेड वा सिएमएचके हङकङमा हालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी पनि हो।

सिएमएचकेको कार्यालय (सन् २०१६)
सिएमएचकेको कार्यालय (सन् २००८)
सिएमएचकेको ग्राहक सेवा केन्द्र

इतिहास[सम्पादन गर्नुहोस्]

जुन १९९४ मा, यो कम्पनी पहिलोपटक प्रक्षेपण गरिएको थियो र हङकङमा पिपुल्स टेलिफोन कम्पनी लिमिटेडको रूपमा स्थापित गरिएको थियो।[१] यसले हङकङ सरकार मार्फत व्यक्तिगत सञ्चार सेवा प्रदान गर्न सेप्टेम्बर १९९६ मा इजाजतपत्र प्राप्त गरेको थियो।[२] मे २००० मा, हङकङमा खुला पोर्टल वाप सुरुवात गर्ने यो पहिलो कम्पनी बनेको थियो।[३]

२५ फेब्रुअरी २००४ मा, यसले आफ्नो नाम चाइना रिसोर्सेस पिपुल्स टेलिफोन कम्पनी लिमिटेड (चिनियाँ: 華潤萬眾香港有限公司) मा परिवर्तन गरेको थियो। यसको नाम त्यतिबेलाको सिएमएचकेको अभिभावक कम्पनी चाइना रिसोर्सेसबाट साभार गरिएको थियो।[४]

अक्टोबर २००५ मा, यसलाई चाइना मोबाइलले अधिग्रहण गरी अप्रिल २००६ मा, यसको नाम चाइना मोबाइल पिपुल्स टेलिफोन कम्पनी लिमिटेड (चिनियाँ: 中國移動萬眾電話有限公司) मा परिवर्तन गरेको थियो। मार्च २००६ मा, यो चाइना मोबाइलको पूर्णरूपमा सहायक कम्पनी बनेको थियो।[५]

डिसेम्बर २००८ मा, यसको नाम चाइना मोबाइल हङकङ कम्पनी लिमिटेडमा परिवर्तन गरी ब्राण्ड नाम पिपुल्स राखिएको थियो। [६] डिसेम्बर २०१२ मा, चाइना मोबाइल हङकङ कम्पनी लिमिटेडले संसारकै पहिलो चौथो पुस्ता रोमिङ सेवाको प्रक्षेपण गरेको थियो। [७] डिसेम्बर २०१३ मा,चाइना मोबाइल हङकङ कम्पनी लिमिटेडले आफ्नो नयाँ संयुक्त ब्राण्ड र यसको व्यावसायिक ब्रान्ड "एण्ड"को सुरूवात गरेको थियो।[८][९]

सेवा[सम्पादन गर्नुहोस्]

जुन २०१७ सम्म, चाइना मोबाइल हङकङ कम्पनी लिमिटेडका ८० लाख भन्दा बढी ग्राहकहरू रहेका छन् जसले गर्दा यो हङकङको सबैभन्दा ठूलो मोबाइल सञ्जाल सञ्चालक बनेको छ। मे २०१८ सम्म, चाइना मोबाइल हङकङ कम्पनी लिमिटेडले चौथो र साढे चौथो पुस्ता, जिपिआरएस, एज जस्ता सेवाहरू प्रदान गर्दछ।[१०][११]

चाइना मोबाइलको एक सहायकको रूपमा, चाइना मोबाइल हङकङ कम्पनी लिमिटेडले हङकङ, मुख्यभूमि चीन र विश्वभरको भ्रमण गर्ने ग्राहकहरूका लागि सिमाना क्षेत्र वरिपरि मोबाइल सेवाहरूको एक शृङ्खला सुरू गरेको छ।

गृह विस्तृत पट्टि[सम्पादन गर्नुहोस्]

सन् २०१७ मा, चाइना मोबाइल हङकङ लिमिटेडले इण्टरनेट गति चयनको लागि तीनवटा योजनाहरूसँग गृह विस्तृत पट्टि सेवाको शुभारम्भ गरेको थियो।[१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "存档副本", मूलबाट २०१०-०२-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०१-११  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०२-२५ मिति
  2. "中國移動香港 首間流動網絡供應商提供全港所有隧道4G網絡覆蓋" (चिनियाँमा), अन्तिम पहुँच २०१६-०५-३१  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-०८ मिति
  3. "中國移動香港進攻家居寬頻市場" (चिनियाँमा), अन्तिम पहुँच २०१७-०१-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-२९ मिति
  4. "信和集團與中國移動香港簽訂策略合作備忘錄 以NB-IoT物聯網及5G科技打造智慧城市" (चिनियाँमा), अन्तिम पहुँच २०१८-०५-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-३० मिति
  5. "中國移動香港率先完成5G網絡端到端測試 帶來高速互聯網瀏覽體驗" (चिनियाँमा), अन्तिम पहुँच २०१८-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०६ मिति
  6. "有線寬頻與中國移動香港成為策略夥伴" (चिनियाँमा), अन्तिम पहुँच २०१८-०९-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-३० मिति
  7. "中國移動5G聯合創新中心香港開放實驗室正式開幕 中國移動香港獲發5G技術測試許可證 啟動5G發展部署" (चिनियाँमा), अन्तिम पहुँच २०१८-०३-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-०९ मिति
  8. "中國移動香港成功投得900及1800兆赫無線電頻譜 擴展LTE網絡覆蓋 提供更完善服務" (चिनियाँमा), अन्तिम पहुँच २०१८-१२-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२९ मिति
  9. "順利完成900兆赫及1800兆赫頻帶的無線電頻譜拍賣" (चिनियाँमा), अन्तिम पहुँच २०१८-१२-२० 
  10. 再見3G計劃! 中國移動香港二月起4G升級
  11. "中移動料鯨吞港市場", 東方日報, २०१३年११月१६日। 
  12. "中國移動香港進攻家居寬頻市場", www.hk.chinamobile.com (चिनियाँमा), अन्तिम पहुँच २०१८-०५-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-२९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]