सामग्रीमा जानुहोस्

सिजुओका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिजुओका प्रान्त (静岡県, सिजुओका केन) जापानको होन्शु टापूको चुबु क्षेत्रको एक प्रान्त हो। सन् २०२३ सेप्टेम्बर अनुसार, सिजुओका प्रान्तको जनसंख्या ३,५५५,८१८ थियो। यसको क्षेत्रफल ७,७७७.४२ वर्ग किलोमिटर छ। सिजुओका प्रान्तको सिमाना पूर्वमा कानागावा प्रान्त, उत्तर–पूर्वमा यामानासी प्रान्त, उत्तरमा नगानो प्रान्त, र पश्चिममा आइची प्रान्तसँग जोडिएको छ।[]

यो प्रान्तको राजधानी सिजुओका सहर हो र सबैभन्दा ठूलो सहर हामामात्सु हो। अरू प्रमुख शहरहरूमा फुजी, नुमाजु, इवाटा पर्छन्।

सिजुओका प्रान्त प्रशान्त महासागरको तटमा फैलिएको छ। प्रान्तको पश्चिम भाग जापान आल्प्स सम्म पुग्छ, र पूर्वमा फुजी हिमाल सम्म पुग्छ। प्रमुख बन्दरगाह क्षेत्र इजु प्रायद्वीपको सुरुगा बे हो। प्रान्तमा जापानका ठूलो तालहरू मध्य एक हामाना ताल पनि छ। फुजी हिमाल प्रान्तको उत्तर–पूर्व सीमा र यामानासी प्रान्तसँगको सिमानामा अवस्थित छ। []

सन् २०१२ अप्रिल अनुसार, प्रान्तको ११% भूमि प्राकृतिक पार्कको रूपमा सुरक्षित गरिएको छ। प्रमुख पार्कहरूमा फुजी–हाकोने–इजु राष्ट्रिय निकुञ्ज, मिनामी आल्प्स राष्ट्रिय निकुञ्ज, तेनर्यु–ओकुमिकावा अर्ध न्याशनल पार्क, र चार प्रान्तीय प्राकृतिक पार्क हुन्।

सिजुओका प्रान्त पुराना टोटोमी, सुरुगा, र इजु प्रान्तहरू एक गरेर स्थापना भएको हो। यो क्षेत्र पहिलो टोकुगावा सोगुनको निवासस्थान थियो। टोकुगावा ईयासुले टॉयोटोमी हिदेयोशीको निगरानीमा यो क्षेत्र राखेका थिए। शोगुन भएपछि, टोकुगावा परिवारले क्षेत्रलाई आफ्नै नियन्त्रणमा लिए र हालको सिजुओका सहरलाई सोगुनको प्रत्यक्ष निगरानीमा राखे। सन् १८६८ मा सनपु क्षेत्रबाट सिजुओकाहान बनाइयो र यसले टोकुगावा परिवारको निवासस्थानको रूपमा फेरि काम गरियो।[]

सिजुओका प्रान्त जापानको महत्वपूर्ण औद्योगिक केन्द्र हो। यहाँबाट विश्वभर परिचित मोटर कम्पनीहरू होन्डा, सुजुकी, यामाहा को स्थापना भएको थियो। [] जापानको मोटरसाइकल निर्यातमध्ये करिब २८% हिस्सा यसै प्रान्तले उत्पादन गर्छ।

संगीत उपकरण

[सम्पादन गर्नुहोस्]

सिजुओका प्रान्त यामाहा र कावाई जस्ता विश्वव्यापी पियानो ब्राण्डहरूको जन्मस्थल हो। यी कम्पनीहरूले इलेक्ट्रोनिक पियानो, सिंथेसाइजर, ड्रम मेसिन, गिटार र अन्य वाद्ययंत्र उत्पादन गर्छन्। प्रायः सबै उत्पादन हामामात्सु सहरमा केन्द्रित छ।

सिजुओका प्रान्तले जापानको सांस्कृतिक पहिचानमा महत्वपूर्ण स्थान राख्छ। यहाँको प्राकृतिक सम्पदा विशेषगरी फुजी हिमाल सांस्कृतिक प्रतीक र आध्यात्मिक केन्द्र दुवैका रूपमा मानिन्छ। सुरुगा तटीय क्षेत्र र सिजुओका सहरको ऐतिहासिक स्थलहरूले प्रान्तका सांस्कृतिक धरोहरलाई अझ समृद्ध बनाएका छन्। प्रान्तका स्थानीय उत्सव, चिया संस्कृतिको परम्परा, तथा संगीत तथा कला क्षेत्रमा भएको विकासले शिजुओका सांस्कृतिक विविधताको प्रतिमान बनेको छ।[]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Data sources - World Bank (सेप्टेम्बर १, २०२५), "Shizuoka, Japan Population", populationstat.com, Population Stat, 2017-2025, मूलबाट सेप्टेम्बर २५, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २५, २०२५
  2. "General overview of area figures for Natural Parks by prefecture", Ministry of the Environment (Japan), १ अप्रिल २०१२, अन्तिम पहुँच १० अगस्ट २०१४
  3. Nussbaum, Louis-Frédéric. (2005). "Shizuoka-ken" in Japan Encyclopedia, p. 876, पृ. 876, गुगल बुक्स मा; "Chūbu" in p. 126, पृ. 126, गुगल बुक्स मा
  4. "Shizuoka Prefecture official website, Industry in Shizuoka.", मूलबाट १० फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जनवरी २०२३ अभिलेखिकरण १० फेब्रुअरी २०२१ वेब्याक मेसिन
  5. (In Japanese) Kyoto University of Arts, Musical instruments industry in Hamamatsu, Shizuoka prefecture.