सिट्ज बाथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिट्ज बाथ
विशेषताrehabilitative medicine

सिट्ज बाथ वा हिप बाथ भन्नाले आफ्नो नितम्बलाई पानीमा राखेर बसिने एउटा चिकित्सा पद्दती हो। [१] यसलाई शरीरको तल्लो भागमा हुने बेचैनी र दुखाइ कम गर्नका लागि प्रयोग गरिन्छ। त्यस्तो दुखाइ वा बेचैनीका कारण बवासीर (पाइल्स), गुदा (फिसर), फिस्टुला, मलाशयको शल्यक्रिया, भगछेदन, गर्भाशयमा दबाब आदि जे पनि हुन सक्छन्। सिट्ज बाथले प्रभावित क्षेत्रलाई सफा राखेर रगतको प्रवाह बढाउँने काम गर्दछ।

हिप बाथको चलन मूलतः यूरोपबाट भएको हो। [२] यद्यपि आधुनिक सिट्ज बाथ मुख्यतय चिकित्सीय उद्देश्यहरूको लागि प्रयोग गरिन्छ। सिट्ज शब्द जर्मन शब्द सिट्जब्याड (Sitzbad) बाट लिइएको हो जसको अर्थ हुन्छ बसेर गरिने स्नान। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "sitz bath", अक्सफोर्ड अङ्ग्रेजी शब्दकोश (तेस्रो संस्करण), अक्सफोर्ड विश्वविद्यालय प्रेस, सेप्टेम्बर २००५।  (Subscription or UK public library membership required.) उद्दरण त्रुटी: Invalid <ref> tag; name "OED" defined multiple times with different content
  2. The Gale Encyclopedia of Medicine (reproduced on TheFreeDictionary.com), २००८। .